मुख्य खबर
मेचीनगरमा अर्को घुम्ने र रमाउने ठाउँ थपिदै ‘मागुरमाडी सिमसार’
झुलन रेग्मी मेचीनगर । पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको मेचीनगरमा अर्को घुम्ने र रमाउने ठाउँ थपिने भएको छ । मेचीनगर–९ मा रहेको मागुरमाडी सामुदायिक वन परिसरमा ‘मागुरमाडी सिमसार’ बन्दैछ । आउँदो मंसिर महिनादेखि सञ्चालनमा ल्याउने गरी द्रूतगतिमा काम भइरहेको मागुरमाडी सिमसार तथा पर्यापर्यटन क्षेत्र विकास समितिले जनाएको छ । लक डाउनकै बेला सुरु गरिदा पनि […]
पूरा पढ्नुहोस्संक्रमित ३३पुगेपछि कचनकवल गाउँपालिका सिल
झापा,८ जेठ । झापाको कचनकवलमा कोरोना संक्रमितको संख्या तीव्ररुपमा भेटिन थालेपछि गाउँपालिका सिल गरिएको छ । हाल सम्म सो गाउँपालिकामा ३३ जना कोरोना संक्रमित भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्ण कोइरालाले संक्रमितको संख्या बढ्दै जाँदा गाउँपालिका सिल गरिएको बताए । उनले भने, ‘अब स्वास्थ्य र सुरक्षाका अत्यवश्यक सवारीसाधन र व्यक्तिबाहेक अन्य […]
पूरा पढ्नुहोस्नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुग्यो , झापा,सुनसरी र धनकुटामा १७ जना थपिए
झापा,८ जेठ ।नेपालमा कोरोना संक्रमितहरुको संख्या ४ सय ४४ पुगेको छ । पछिल्लो समय झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परे संगै संक्रमितको संख्या ४सय ४४ पुगेको हो । झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार […]
पूरा पढ्नुहोस्बीमा कम्पनीले ऋणको ब्याजमा १५ प्रतिशत छुट दिने
झापा,७ जेठ । बीमा कम्पनीहरुबाट ऋण लिएका ऋणीहरुले ब्याजको १५ प्रतिशत छुट पाउने भएक छन् । कोरोनाको त्रासको कारण लकडाउन थपिदै गएपछि बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले बुधबार एक निर्देशन जारी गर्दै ऋणीलाई ब्याजको १५ प्रतिशतले हुन आउने रकम छुट दिन निर्देशन दिएको हो । बैंक तथा वित्तीइ संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले […]
पूरा पढ्नुहोस्सरकारले पारित गर्याे ,आगामी वर्षको नीति तथा कार्यक्रम
काठमाडौं,६ जेठ, ।सरकारले आर्थिक वर्ष २०७७र७८को नीति तथा कार्यक्रम मंगलबार प्रतिनिधि सभाबाट पारित गरेको छ । गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम दुई दिनको छलफलपछि पारित भएको हो । नीति तथा कार्यक्रममा विभिन्न सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका थिए । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको संसदमा […]
पूरा पढ्नुहोस्झापामा थप ९ जनामा कोराना संक्रमण
झापा । प्रदेश १ मा मंगलबार ११ जना कोभिड १९ संक्रमित थपिएका छन् । झापाका ९ जना र सुनसरीका दुई जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ। त्यसमध्ये १७ जना उपचारपछि घर फर्केका छन्। झापाको कचनकवल गाउँपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको कोशी अस्पतालले जनाएको छ। कोशी अस्पतालको प्रयोगशालामा उनीहरुको […]
पूरा पढ्नुहोस्अस्पतालको आइसोलेशनमा रहेका एक युवकको मृत्यु
रोल्पा,६जेठ । रोल्पा अस्पतालको आइसोलेशनमा रहेका एक युवकको ज्यान गएको छ । रोल्पा नगरपालिका–१ एका २२ वर्षका ती युवकको सोमबार दिउँसो ज्यान गएको रोल्पा अस्पतालका प्रमुख डा। धनमाया घर्तीले जानकारी दिनुभयो । काठमाण्डौमा मृगौलाको डायलसिस गराइरहेका उनी आइतबार बेलुकी मात्रै रोल्पा पुगेर आइसोलेशनमा बसेका थिए । ज्यान गुमाएका युवकको नमुना संकलन गरी परीक्षणका लागि राप्ती […]
पूरा पढ्नुहोस्नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुग्यो
झापा,५जेठ। नेपालमा सोमबार ५३ जना नयाँकोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । र, संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् । त्यस्तै […]
पूरा पढ्नुहोस्कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या दुई पुग्यो
झापा, ४ जेठ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको छ । उनी कोरोनाका कारण मृत्यु हुने दोस्रो व्यक्ति हुन् । मृतक युवक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । […]
पूरा पढ्नुहोस्नेपालमा थप ९जनामा कोरोना, संक्रमितको संख्या २७६ पुग्यो
झापा । नेपालमा कोरोना संक्रमितको संख्या हरेकदिन बढ्दै गएको छ । शनिवार ९जनाका कोरोना पुष्टि भएपछि कोरोना संक्रमितको संख्या २७६ पुगेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कपिलबस्तुमा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जनाएका छन् । संक्रमण […]
पूरा पढ्नुहोस्