मुख्य खबर

बौद्ध मोड  इङलिस बोर्डिंग स्कुलमा सांस्कृतिक कार्यक्रम

बाहुनडाँगी । मेचीनगर २ स्थित बौद्ध मोड  इङलिस बोर्डिंग स्कुलले मंगलबार सरस्ती पुजाको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । आफ्ना विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका संस्थापक सचिन निरौलाले बताए । पैसा कमाउने भन्दापनि समाज सेवाको उदेश्य राखेर आँफुले विद्यालय सञ्चालन गरेको बताउँदै उनले बौद्ध मोड  क्षेत्रका विपन्न परिवारका छोराछोरीलाई निशुक […]

पूरा पढ्नुहोस्

बालकल्याण मावि द्वारा पूर्व शिक्षक तथा कर्मचारीलाई सम्मान

डम्बर बराल मेचीनगर,४ फागुन । मेचीनगर ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले मंगलबार सरस्वती पुजाको अवसर पारेर ५ जना पूर्व शिक्षक र १ जना कर्मचारीलाई सम्मान तथा विदाई गरेको छ । विद्यालयले लामो समय सम्म शिक्षण पेशामा सक्रिय रहेर सेवा निवृत्त हुनुभएकी पूर्व साहयक प्रधानाध्यापक मञ्जु दाहाल , पूर्व प्रावि ईन्चार्ज कनक बहादुर कार्की , शिक्षक […]

पूरा पढ्नुहोस्

पत्रकार दवाडीलाई पत्नीशोक

दुधे, ४ फागुन । झापाका अग्रज पत्रकार छविलाल दवाडीलाई पत्नी शोक परेको छ ।शिवसताक्षी नगरपालिका–११ निवासी ५९ वर्षीया अनिता दवाडीको मंगलबार दिउँसो निधन भएको हो ।घरमै काम गरिरहेको अवस्थामा अकास्मात लढेपछि दवाडीलाई उपचारका लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पताल ल्याइएको थियो ।अस्पताल पुग्नासाथ चिकित्सकले दवाडीको निधन भएको बताएको थियो ।उनको बुधबार विहान १० बजे कनकाई माईमा […]

पूरा पढ्नुहोस्

ढुङ्गा प्रहारबाट उराउको मृत्यु

लक्ष्मी उप्रेती मेचीनगर, ४ फागुन ÷ झापाको भद्रपुरमा श्रीमानको ढुङ्गा प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार भद्रपुर— ७ बुथकरण चिया बगानको १० नम्बर क्वाटरमा बस्ने ५८ वर्षीय साहेबा उराउले ६० वर्षीया श्रीमती फिल्सिता उराउमाथि सोमबार साढे तीनबजेतिर ढुङ्गा प्रहार गरेका थिए । सोहि बगानका मजदुर साहेबाले सामान्य बिषयमा […]

पूरा पढ्नुहोस्

महिला हिंसाविरुद्ध नेविसंघको चारआलीमा प्रदर्शन

मेचीनगर ।नेपाल विद्यार्थी संघ त्रिदेव बहुमुखी क्याम्पस इकाइ समितिको आयोजनामा आइतबार महिला हिंसाविरुद्ध प्रदर्शन गरिएको छ । शान्तिपूणर् प्रदर्शनमा विद्यार्थीले संविधानमा टाँसिदे बलात्कारीलाई फाँसीदे, नारी सामान होइन सान हो, महिला हिंसा बन्द गर, भागरथी र निर्मलालाई न्याय दे, केपी ओलीको चमात्कार महिला हिंसा बलात्कार लगायतका नारा लगाएका थिए । त्रिदेव क्याम्पसबाट सुरु भएको र्‍याली मेची […]

पूरा पढ्नुहोस्

झापामा दोस्रो चरणको कोभिड खोप सुरु

झापा, २ फागुन । पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाउन छुटेकाहरुलाई आइतबारदेखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोप लगाउन शुरु गरिएको छ ।स्वास्थ्य कार्यालय झापाले आज खोप लगाउन अनुरोध गरेको छ ।स्वास्थ्य कार्यालयले फागुन २ गतेदेखि ८ गतेसम्म खोप कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।सरकारी कार्यालय, सरकार संस्थान, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, पत्रकार, जनप्रतिनिहरु, […]

पूरा पढ्नुहोस्

बाहुनडाँगीमा निशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर जारी , नगरका सवै वडामा शिविर सञ्चालन गर्ने नगर प्रमुख आचार्यको भनाई

बाहुनडाँगी, २९ माघ । मेचीनगरको बाहुनडाँगीमा जारी स्वास्थ्य शिविरमा एकै थलोबाट बिभिन्न किसिमका बिरामीहरुको स्थास्थ्य परिक्षण तथा परामर्श भइरहेको छ ।बिशेषगरी मृगौला , उच्च रक्तचाप , मधुमेह र मुटुरोग सम्बन्धी निशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविरमा सो क्षेत्रका बासिन्दामा उच्च रक्तचापको अवस्था भयावह रहेको एक तथ्याङ्कले देखाएको छ । ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गरेर मेचीनगरको […]

पूरा पढ्नुहोस्

सैनिक कूको विरोध गर्दै अमेरिकाले लगायो म्यानमारमाथि प्रतिबन्ध

काठमाडौं,२९ माघ। अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारका सैन्य नेताहरुमाथि प्रतिबन्धको घोषणा गरेका छन् ।म्यानमारको सैनिक कूको विरोध गर्दै बाइडनले सत्ता छाड्न सैन्य नेतृत्वलाई आग्रह गरे । अन्यथा अमेरिकाले कारबाही गर्ने उनले बताए ।बाइडनले भनेका छन्, ‘मैले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु, जो कू गर्ने सैन्य नेतृत्वमाथि तुरुन्त प्रतिबन्ध लागू हुन्छ ।’ उनीहरुको व्यापार र […]

पूरा पढ्नुहोस्

पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य बढ्यो

काठमाडौं,२८ माघ । सरकारले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टतिेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।अब काठमाडौंमा पेट्रोलको मूल्य ११२ र डिजेलरमटितेलको ९५ रुपैयाँ पुगेको छ । एलपी ग्यासको मूल्य पनि […]

पूरा पढ्नुहोस्

प्रचण्ड(माधव समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

काठमाडौं,२८ माघ । संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा ९प्रचण्ड(माधव समूह०ले आज काठमाडौंमा विरोधसभा गर्दैछ ।भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने छन् । ती जुलुसको शीर्ष नेताहरुले नेतृत्व गर्नेछन् । मुख्य र्‍याली भने सुनधाराबाट सुरु हुनेछ । भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने […]

पूरा पढ्नुहोस्