मुख्य खबर

प्याब्सन मेचीनगरको दुई दिवसीय साँस्कृतिक कार्यक्रम सम्पन्न

मेचीनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल मेचीनगरको दुई दिवसीय साँस्कृतिक कार्यक्रम मंगलबार सम्पन्न भएको छ । पासाङल्हामु जेसीज प्रतिष्ठानको सभाहलमा आयोजित प्रतियोगितामा प्याब्सनमा आवद्ध ३५ मध्ये ३३ वटा विद्यालयले उत्साहजनक सहभागिता जनाएका थिए । सो अवसरमा विद्यार्थीहरुले प्रतियोगितात्मक एकल तथा सामुहिक नृत्य, गायन, बिभिन्न जातजातिको जातीय नृत्य, प्रस्तुत गरेका थिए । प्रतियोगितामा सिनियर […]

पूरा पढ्नुहोस्

अनाथ र असहायको जीवन जिउने आधार बन्दै मानव सेवा आश्रम

डम्बर बराल मेचीनगर । उमेरले ८५ नाघेकी नरमाया बुढाथोकी बाहुण्डाँगी स्थित मानवसेवा आश्रममा आएको ६ महिना बित्यो । तेह्रथुमबाट झापा धरमपुर झरेकी नरमायाको बाल्यकाल अनि सिंगो जीवन पीडा अनि संघर्षमै बित्यो । विवाह के हो ? बुझ्न नपाउँदै सात वर्षकै उमेरमा बैबाहिक जीवनमा बाँधिएकी उनको विवाह भएको ६ वर्ष पनि वित्न नपाउँदै श्रीमानको निधन भएपछि […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीले गरे मानव सेवा आश्रमको भवन उद्घाटन

मेचीनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मावनताभन्दा ठूलो अर्को सिद्धान्त नभएको बताएका छन् । मेचीनगर नगरपालिका(४ बाहुनडाँगीमा रहेको मानव सेवा आश्रमको भवन उद्घाटन एबम् गुरुयोजनाको शिलान्यासपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् । उनले मानवताको क्षेत्रमा उत्साहजनक काम गर्दै आएकोमा प्रशंसा गर्दै आफ्नो एक महिनाको पारिश्रमक समेत भवन निर्माणका लागि प्रदान गर्ने उद्घोष गरेका […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओली विरुद्ध खनिए मेचीनगरमा रास्वपा कार्यकर्ता

 मेचीनगर । गृहजिल्ला झापा आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेचीनगरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले कालो झण्डा देखाएका छन्। मेचीनगर नगरपालिका–४ स्थित मानव सेवा आश्रममा भवनको शिलान्यास तथा उद्घाटन गर्न स्थलतर्फ जाने क्रममा प्रधानमन्त्री ओलीविरुद्ध उनीहरूले नाराजुलुश गरेका हुन्। सोही क्रममा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा रास्वपाका क्षेत्र नम्बर ४ का […]

पूरा पढ्नुहोस्

मेचीनगर– ५ स्थित माङ्हिम परिसरमा तीन दिने धार्मिक मेला आयोजना हुने

मेचीनगर । लिम्बू समुदायको महानचाड ‘चासोक तङ्नाम’ को अवसरमा मेचीनगर– ५ स्थित माङ्हिम परिसरमा सांगीतिक कार्यक्रम सहित तीन दिने धार्मिक मेला आयोजना हुने भएको छ । मेला आयोजक समितिले शनिबार माङ्हिम परिसरमा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमको बारेमा जानकारी दिएको हो । ‘चासोक तङ्नाम’ को अवसरमा हामी हरेक वर्ष तीन दिने मेला सहित सांगीतिक कार्यक्रम […]

पूरा पढ्नुहोस्

मेचीनगरमा लैंगिक हिंसा र कानुन सम्बन्धी अन्तरक्रिया सम्पन्न

मेचीनगर । मेचीनगर नगरपालिकाले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान विविध कार्यक्रम गरि मनाइरहेको छ । सोही क्रममा नगरपालिकाले अभियानको १२ औं दिन शुक्रबार लैंगिक हिंसा र कानुन सम्बन्धि नगरका सरोकारवाला निकायबिचअन्तरक्रिया सम्पन्न गरेको छ । मेचीनगर सभाहलममा उपप्रमुख मीना पोख्रेल उप्रेतीको अध्यक्षता आयोजित अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा […]

पूरा पढ्नुहोस्

गमला उद्योग सञ्चालन गरेर मनग्ये आम्दानी लिँदै मेचीनगरका पण्डित

डम्बर बराल मेचीनगर । सुन्दर अनि आकर्षक मानवनिर्मित झरना । जसको शिरबाट निस्किएको कलकल बग्ने पानीको फोहोरा, यो दृष्यले धेरैको मन लोभ्याउने गरेको गरेको छ । पूर्व पश्चिम राजमार्ग भएर हिँड्ने जो कोही पनि एक छिन् त्यसलाई नियाल्छन् अनि लाग्छन् आफ्नो गन्तब्य तर्फ । यो दृष्य हो मेचीनगर – १३ स्थित गमला चोकको । धाइजन […]

पूरा पढ्नुहोस्

लाल भागिरथा बानियाँ प्रतिष्ठानद्वारा तीन प्रतिभा सम्मानित

मेचीनगर, २० मंसिर । लाल भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले तीन जना उत्कृष्ट प्रतिभाहरूलाई सम्मान गरेको छ । आज प्रतिष्ठानले मेचीनगर–११ स्थित जालपा सामुदायिक भवनमा छैठौं वार्षिकोत्सव एवम् सम्मान कार्यक्रममा उत्कृष्ट कृषक, उत्कृष्ट गृहिणी र राष्ट्रिय प्रतिभाहरुलाई नगदसहित सम्मान गरेको हो । सम्मानित हुनेहरुमा उत्कृष्ट कृषक मेचीनगर नगरपालिका–५ कि अनिताकुमारी कार्की, उत्कृष्ट गृहिणी बुद्वशान्ति गाउँपालिका–५ कि […]

पूरा पढ्नुहोस्

बाहुनडाँगी जेसीजको अध्यक्षमा चम्लागाई

मेचीनगर, १९ मंसिर । बाहुनडाँगी जेसीज वर्ष २०२५ को अध्यक्षमा नित्यानन्द चम्लागाई सर्वसम्मत चयन भएका छन् । बुधबार सम्पन्न अधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षद्वयमा रोशन गिरी र किरण गौतम, उपाध्यक्षहरुमा विमल रणपहेली, रिना दर्जी, एलिस पौडेल र प्रबिण चापागाई सर्वसम्मत चयन भएको निर्वाचन आयुक्त एवम् बाहुनडाँगी जेसीजका पूर्व अध्यक्ष […]

पूरा पढ्नुहोस्

मेचीनगरमा विविध कार्यक्रम गरी ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइएको छ । महिला, बालबालिका तथा समाज कल्याण शाखा, मेचीनगरको आयोजनामा औपचारीक कार्यक्रमसंगै विभिन्न खेलकुदलगायतका अतिरिक्त क्रियाकलाप गरी अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मंगलबार मनाइएको हो । अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्धनको लागि विश्वभर संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर […]

पूरा पढ्नुहोस्