मुख्य खबर

नेपाल–बंगलादेशबीच निकट भविश्यमा २० वस्तुहरुमा व्यापार सम्झौता हुने

मेचीनगर, २६ जेठ । बंगलादेशका राजदुत महामहिम सालाउदिन नोमन चौधरीले नेपाल–बंगलादेशबीच निकट भविश्यमा २० वस्तुहरुमा व्यापार सम्झौता गरिने बताएका छन् । विहीबार नेपाल बंगलादेश च्याम्बर अफ टे«डर्सले मेची भन्सार कार्यालयको सभाहलमा आयोजना गरेको कार्यक्रममा राजदुत चौधरीले यस्तो कुरा बताएका हुन् । २÷३ महिना भित्र २० वटा वस्तुहरु बंगलादेश निर्यात गर्न सहज हुने गरी हस्ताक्षर गरिने […]

पूरा पढ्नुहोस्

झापामा निर्वाचनको समीक्षा र सुधार्नुपर्ने पक्षबारे छलफल

बिर्तामोड। झापामा स्थानीय तह निर्वाचन २०७९ को समीक्षा र आगामी निर्वाचनमा सुधार गर्नुपर्ने पक्षबारे छलफल सम्पन्न भएको छ । संवाद समूह झापाको संयोजनमा बुधबार बिर्तामोडमा भएको छलफलमा सहभागीले आगामी दिनमा सुधार गर्नुपर्ने विविध पक्षबारे सुझाव राखेका थिए । सरोकारवाला निकायका अधिकारीहरुले अपाङ्गमैत्री संरचना निर्माण, निर्वाचन आचारसंहिता कार्यान्वयन र मतदाता शिक्षा लगायतका विषयलाई अझ संवेदनशीलताका साथ […]

पूरा पढ्नुहोस्

नगर प्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीलाई नेपाल बैँकका पदाधिकारीको सम्मान

मेचीनगर, २५ जेठ । नेपाल बैँक लिमिटेडले बुधबार मेचीनगर नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई सम्मान गरेको छ । बैँकका पदाधिकारीले नगरपालिका पुगेर नवनिर्वाचित नगर प्रमुख र उपप्रमुखलाई सम्मान गरेको हो । नगरप्रमुखको कार्यकक्षमा सम्पन्न वधाइ तथा परिचायत्मका कार्यक्रममा नेपाल बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नवनिर्वाचित नगरप्रमुख गोपाल चन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीलाई खदा तथा […]

पूरा पढ्नुहोस्

वीरेन्द्र उच्च माविमा खाद्य सचेतना सम्बन्धी विद्यार्थीलाई प्रशिक्षण

भद्रपुर, २४ जेठ । विश्व खाद्य स्वच्छता दिवसको अवसर पारेर आज विद्यार्थीलाई सन्तुलित र स्वच्छ आहार विहारको लागि प्रशिक्षण प्रदान गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले चन्द्रगढीस्थित वीरेन्द्र उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई जिल्ला समन्वय समितिको सभाहलमा सो प्रशिक्षण प्रदान गरेको हो । विद्यार्थीहरुलाई सन्तुलित आहार र खाद्यवस्तुको बारेमा मेची अञ्चल […]

पूरा पढ्नुहोस्

कालीखोला धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाइ

काँकरभिट्टा । मंगलबार बिहान काँकरभिट्टा स्थित काली खोला क्षेत्रमा सयौंको संख्यामा स्थानीय भेला भए र काली खोला तथा सोही स्थानमा रहेको धार्मिक स्थलको सरसफाइ गरे । पतालगंगा कालीखोला धार्मीक तथा पर्यटन केन्द्र मेचीनगर ६ले सरसफाइ अभियानमा सहभागि हुन स्थानीयलाई आह्रवान गरेको थियो । सरसफाई अभियानमा माननियदेखि वडाध्यक्ष,सहकारी अभियन्ता तथा बिभिन्न संघ संस्थाका प्रतिनिधि, होटल व्यवसायी, […]

पूरा पढ्नुहोस्

शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकता ः नगरप्रमुख बुढाथोकी

धाइजन, २३ जेठ । मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले शिक्षा र स्वास्थ्य पहिलो प्रथमिकतामा रहने बताएका छन् । सोमबार पाथिभरा खानेपानी तथा सरसफाइ उपभोक्ता समूह मेचीनगर–११ र १२ स्थित धाइजनको आठौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनलेसो कुरा बताएका हुन् । ‘विकास भनेको पीच बनाउनु मात्र होइन’, नगरप्रमुख बुढाथोकीले भने–‘विकास भनेको पहिलो प्राथमिकता शिक्षा […]

पूरा पढ्नुहोस्

वातावरण दिवसमा मेचीनगर वडानम्बर ४ मा बिविध कार्यक्रम, दुई हजार विरुवा रोपियो

बाहुनडाँगी, २२ जेठ । विश्व वातावरण दिवसको अवसर पारेर मेचीनगर नगरपालिका–४ नम्बर वडा कार्यालयले आइतबार बृक्षारोपण तथा बिविध कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश नम्बर १ का सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दुई हजार वटा फूल्ने विभिन्न प्रजातिका विरुवा रोपिएको थियो । वडालाई पाँच बर्षभित्रमा फूलको सहर बनाउने उद्देश्यले विभिन्न स्थानमा विरुवा रोपण […]

पूरा पढ्नुहोस्

प्रेस युनियनको साधारणसभामा अग्रज पत्रकार गोविन्दचन्द्र छेत्री सहित १२ जना सम्मानित

बिर्तामोड, झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच दुई पत्रकारसहित १२ जनालाई सम्मान तथा पुरस्कृत गरिएको छ । नेपाल प्रेस युनियन झापा शाखाको बार्षिक साधारणसभा, पुरस्कार वितरण, सम्मान तथा शुभकामना कार्यक्रममा पत्रकार गोविन्दचन्द्र छेत्री, र जोस्ना श्रेष्ठसहित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, पुरस्कार अक्षयकोषका दाता तथा संस्थाले पत्रकारहरुको बृहत्तर हित तथा बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको ‘नेपाल […]

पूरा पढ्नुहोस्

बानियाँ बन्धु समाजको १३ औँ केन्द्रीय महाधिवेशनमा जनप्रतिनिधि देखि डाक्टरसम्मका प्रतिभा सम्मानित

धाइजन । बानियाँ बन्धु समाजको १३ औँ केन्द्रीय महाधिवेशन शनिबार मेचीनगर–११ स्थित बानियाँ गाउँमा सम्पन्न भएको छ । केन्द्रीय महाधिवेशन उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट बानियाँ बन्धुहरुलाई सम्मान गरिएको छ । हेटौँडा उपमहानगरपालिकाको उपप्रमुखमा निर्वाचित राजेश बानियाँ, अग्रज व्यक्तित्व हरिचरण बानियाँ, संरक्षक ज्योतिप्रकाश बानियाँ, सशस्त्रका प्रहरी निरीक्षक नविन बानियाँ, डा। विशाल बानियाँ, बानियाँ बन्धु समाजका […]

पूरा पढ्नुहोस्

खानेपानी तथा सरसफाइ सदस्यमा झापाका सन्तोष आचार्य

झापा । नेकपा एमालेको केन्द्रीय खानेपानी तथा सरसफाइ विभागको सदस्यमा झापाका सन्तोष आचार्य मनोनित भएका छन् । विहीबार एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विभिागको वैठकले ३३ वटा विभाग मध्ये १३ वटा विभागको सदस्यहरु मनोनित गरेको हो । जसमध्ये झापाबाट मेचीनगर–६ का आचार्यलाई खानेपानी तथा सरसफाइ विभागको सदस्यमा मनोनित गरेको थियो । झपट रावल […]

पूरा पढ्नुहोस्