स्थानीय खबर

मृगौला पीडित मानबहादुरलाई बचाउन अपिल

काँकरभिट्टा । दुबै मृगौला खराब भई उपचारको क्रममा रहेका काँकरभिट्टाका मानबहादुर सुवेदी(राकेश) को जीवन बचाईदिन अपिल गरिएको छ । शनिबार प्रेस क्लब मेचीनगरको कार्यालयमा आयोजित्र पत्रकार सम्मेलनमा करीब ४ महिनाअघिबाट दुबै मृगौलाले काम गर्न नसक्ने अवस्थामा पुगेका वडा नम्बर ६ लक्ष्मी टोल निवासी ४१ बर्षीय सुवेदीको मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गरिदिन सार्वजनिक अपिल गरिएको […]

पूरा पढ्नुहोस्

शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः न्यौपाने

बिर्तामोडमा,२४ मंसिर । बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः सुब्रत न्यौपाने सर्वसम्मत चयन भएका छन् । बिर्तामोड स्थित अग्रसेन भवनमा शुक्रबार सम्पन्न नवौं वार्षिक साधारणसभा तथा माइन्युट प्रमाणिकरण भेलाबाट न्यौपाने अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । बिभिन्न सेवाकेन्द्रहरुमा प्रतिनिधि छनौट कार्यक्रम सम्पन्न गरेर आज अन्तिम माइन्युट प्रमाणिकरणको लागि आयोजित भेलामा निर्वाचन […]

पूरा पढ्नुहोस्

ओलीको गृहजिल्ला पुगेर नेपालले भने ‘हावादारी गफ अब चल्दैन’

दमक, २० मंसिर । एकिकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले लामो समय देखि झुटको खेती गर्दै आएको आरोप लगाएका छन् । आज दमकमा नेपाल खेलकुद महासंघ समाजवादी १ नम्बर प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले […]

पूरा पढ्नुहोस्

लाल भागिरथा बानियाँ प्रतिष्ठान द्वारा तीन प्रतिभा पुरस्कृत

मेचीनगर, २० मंसिर । ‘लाल भागिरथा बानियाँ प्रतिष्ठानले सोमबार एक कर्याक्रमका बीच बिभिन्न क्षेत्रका तीन प्रतिभालाई सम्मान गरेको छ । प्रतिष्ठानले काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पतालका सहप्राध्यापक एवम् प्रसिद्ध न्यूरो सर्जन डा। गोपाल सेढाईलाई ३१ हजार नगद पुरस्कारसहित सम्मान पत्र द्वारा सम्मान गरेको छ । आइएस्सीमा सिद्धार्थ बनस्थली विद्यालयबाट नेपाल प्रथम गरेका उनी ग्रान्डी […]

पूरा पढ्नुहोस्

एकीकृत समाजबादीका अध्यक्ष नेपाल आज झापा आउदैं

झापा । नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजबादी० का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज झापा आउने भएका छन् । समाजबादी निकट नेपाल खेलकुद महासघ १ नम्बर प्रदेश कमिटीको आयोजनामा दमकमा आयोजित प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेपाल झापा आउने भएका नेपाल खेलकुद महासंघ प्रदेश १ कमिटी अध्यक्ष शंकर थापाले बताए ।आइतबार नेपाल […]

पूरा पढ्नुहोस्

दिनेशले सुरुगरे लकडाउनकै बीच ‘गमला उद्योग ’

डम्बर बराल मेचीनगर । मेचीनगर –१३ का दिनेशकुमार पण्डितलाई यतिखेर बिभिन्न साइजका गमला र मुर्ति बनाउँन भ्याइ नभ्याई छ । प्रहरीको जागिरबाट करिव अढाई वर्ष अघि अवकास पाएका पण्डितले विगत १४ महिना अघिदेखि गमला उद्योग सञ्चालन गरेपछि उनकोमा गमला तथा मुर्ति किन्न दैनिक जसो मानिसको भीड लाग्ने गरेको छ । अघिल्लो वर्ष कोरोना संक्रमणसँगै सुरु […]

पूरा पढ्नुहोस्

देही आर्ट ग्यालेरीको आयोजनामा ३ दिने चित्रकला प्रदर्शनी सुरु

इलाम,१६ मंसिर ÷मेचीनगर –स्थित काँकरभिट्टामा रहेको देही आर्ट ग्यालेरीको आयोजनामा इलामको कन्याममा आजबाट मंसिर १८ गते सम्म तीन दिवशीय कला प्रदर्शनी तथा द इम्प्रेसन्स ७महापरिनिर्वाण सुरु भएको छ । भगवान गौतम बुद्घको दर्शनलाई आत्मसाथ गर्दै आम नेपाली समुदायलाई गौतम बुद्घको दर्शनको बारेमा जानकारी गराउने उद्देश्यले इलामको कन्याममा भगवान गौतम बुद्घको दर्शनमा आधारित कला प्रदर्शनी सुरु […]

पूरा पढ्नुहोस्

शिक्षा सहकारीको धुलाबारीमा प्रतिनिधि छनौट

धुलाबारी । बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले नवौं वार्षिक साधारण सभाका लागि धुलाबारी सेवा केन्द्रको प्रतिनिधि छनौट कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको नवौँ वार्षिक साधारण सभा मंसिर २४ गते बिर्तामोडमा हुँदैछ । संस्थाका अध्यक्ष सुब्रत न्यौपानेको अध्यक्षता तथा मेचीनगर वडा नं। ९ का वडाध्यक्ष गोपाल खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष […]

पूरा पढ्नुहोस्

पूर्वीद्वारको ४ वटा सेवा कार्यालय एकसाथ उद्घाटन

मेचीनगर, १५ मंसिर । पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्था मेचीनगरको आज चार वटा सेवा कार्यालय एकसाथ उद्घाटन भएको छ ।धुलाबारीमा प्रधान कार्यालय रहेको संस्थाको चार वटा सेवा कार्यालयहरु मेचीनगर–२ को भृकुटी, मेचीनगर–६ को काँकरभिट्टा, मेचीनगर–८ को ईटाभट्टा र मेचीनगर–९ को खुट्टीडाँगीका सेवा कार्यालयहरुको आज एक कार्यक्रमको आयोजना गरेर उद्घाटन गरिएको हो । चार वटै […]

पूरा पढ्नुहोस्

महेन्द्रद्वार सहकारीको ३२औँ वार्षिक साधारणसभा सम्पन्न,पूर्व अध्यक्ष सहित दर्जनौँ सम्मानित

काँकरभिट्टा । महेन्द्रद्वार सहकारी सस्थाको ३२ औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । सहकारी संस्थाको परिषरमा आयोजित कार्यक्रको उद्घाटन प्रदेश प्रमुख पर्शुराम खापुङले गरेका थिए । उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख खापुङले सहकारीले देशको अर्थतन्त्र उकास्न टेवा पुर्याउने बताए । ‘कोरोना महामारीले हाम्रो मुलुकको पनि अर्थतन्त्र नराम्ररी प्रभावित बन्न पुगेको छ,’ उनले भने, ‘गरिबीले […]

पूरा पढ्नुहोस्