स्थानीय खबर

मेचीनगरमा भोलिदेखि नदिजन्य पदार्थ उत्खनन् गर्न नपाइने

काँकरभिट्टा, ३१ जेठ । मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको छ । मेचीनगर नगरपालिकाले २०७९ जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेर असार १ गतेदेखि भदौ मसान्त सम्म नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको हो । ‘मेचीनगरमा सार्वजनिक सूचना जारी गरेर नदिजन्य पदार्थहरू उत्खनन्मा प्रतिबन्ध लगाइएको छ’, नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीले भने–‘भोलि अर्थात असार १ […]

पूरा पढ्नुहोस्

मेचीनगरका १५ वटै वडामा कालोपत्रे अभियान, केही वडामा निर्माण सम्पन्न

डम्बर बराल मेचीनगर,३१ जेठ । मेचीनगरमा पछिल्लो समय कालोपत्र सडक निर्माणको काम तीब्र रुपमा भइरहेको छ । २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो पाँचवर्षे कार्याकालको अन्तिम बर्ष प्रत्येक वडामा २ किमि सडक कालोपत्रे गर्ने योजना अघि सारेसँगै कालोपत्रे सडक निर्माण सुरु भएको हो । आठौँ नगरसभाबाट नगरका १५ वटै वडामा २,२ किमि सडक निर्माण गर्ने निर्णय […]

पूरा पढ्नुहोस्

मल र सिँचाइको प्रवन्ध समयमै गर

मनसुन सुरु भएसँगै यतिखेर धानको बीउ राख्ने चटारो छ । कतिपय किसानले बीउ राखिसके कोही अझै राख्ने तयारीमा छन् । कतिपयले चाँडो बीउ राखेका कारण रोपाइ समेत सुरु भएको छ । यो खेतीको समय हो । नेपालमा ३० लाख ९१ हजार हेक्टर प्रतिशत खेती योग्य जमिन रहेको सरकारी तथ्याङ्क छ । झापामा मात्र ८७ हजार […]

पूरा पढ्नुहोस्

बालकल्याण माविको शिक्षक अभिभावक संघको अध्यक्षमा पुनः सुभाष लिम्बू

डम्बर बराल सुरेन्द्रनगर । मेचीनगर ५ स्थित बालकल्याण माविको शिक्षक अभिभावक संघको अध्यक्षमा पुनः सुभाष लिम्बू सर्वसम्मत चयन भएका छन् । सोमबार विद्यालय परिषरमा आयोजित अभिभावक भेलाले अध्यक्षमा लिम्बूलाई सर्वसम्मत चयन गरेको हो । समितिको सदस्यहरुमा मीना लिम्बू , गोपाल गिरी, विनिजता तामाङ, मुना पुरी, दीपक ढुंगाना र तुलसीदास प्रधान रहेका छन् । विधानत ११ […]

पूरा पढ्नुहोस्

चरा खोजकर्ता खरेललाई नाटाको सम्मान

मेचीनगर । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट संघ ९नाट्टा० १ नम्बर प्रदेशले चरा अनुसन्धान तथा संरक्षणको क्षेत्रमा अतुलनीय योगदान पुर्याएवापत लोकतन्त्र पोस्टका फोटो पत्रकार देबेन्द्र खरेललाई शनिवार सम्मान गरेको छ । नाट्टाले आफ्नो १० औ बार्षिक साधारणसभाको अवसर पारेर विर्तामोडमा आयोजित कार्यक्रममा उनलाई नगद रु पाँच हजारसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो […]

पूरा पढ्नुहोस्

प्रथम केएफटिसी सिटी लिग यु–१४ ह्याप्पी क्लब च्याम्पियन

मेचीनगर । झापाको मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको उपाधि ह्याप्पी क्लबले जितेको छ । काँकरभिट्टा माविको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा संगम फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै ह्याप्पीले उपाधि चुमेको हो । उपाधिसंगै ह्याप्पीले नगद ५० हजारसहित ट्रफि प्राप्त गर्यो । उपविजेत बनेको संगमले ३० हजारसहित ट्रफिमा चित्त […]

पूरा पढ्नुहोस्

मिर्गौला पीडित १३ वर्षीय नवीनलाई सहयोग रकम जुटाइदिन परिवारको अपिल

भद्रपुर । मिर्गौला पीडित भद्रपुर नगरपालिका( ९ निवासी १३ वर्षीय नवीन श्रेष्ठको उपचारका लागि आर्थिक रकम सहयोग जुटाई दिन उनका परिवारजनले अपिल गरेका छन् । आर्थिक अवस्था कमजोर रहेका मिर्गौला पीडित नवीनको हाल कान्तिबाल अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । भद्रपुर– ९ घोडामारास्थित पशुपतिनाथ आधारभूत कक्षा ६ मा अध्ययनरत छोरा नवीनलाई बचाइदिन उनका आमा पूर्णमाया […]

पूरा पढ्नुहोस्

नेपाल–बंगलादेशबीच निकट भविश्यमा २० वस्तुहरुमा व्यापार सम्झौता हुने

मेचीनगर, २६ जेठ । बंगलादेशका राजदुत महामहिम सालाउदिन नोमन चौधरीले नेपाल–बंगलादेशबीच निकट भविश्यमा २० वस्तुहरुमा व्यापार सम्झौता गरिने बताएका छन् । विहीबार नेपाल बंगलादेश च्याम्बर अफ टे«डर्सले मेची भन्सार कार्यालयको सभाहलमा आयोजना गरेको कार्यक्रममा राजदुत चौधरीले यस्तो कुरा बताएका हुन् । २÷३ महिना भित्र २० वटा वस्तुहरु बंगलादेश निर्यात गर्न सहज हुने गरी हस्ताक्षर गरिने […]

पूरा पढ्नुहोस्

ह्याप्पी ड्रिम्स चेप्टीका सम्बन्धमा प्रकाशित प्रसारित समाचार सम्बन्धमा सञ्चालक दिनेश शिवाकोटीको धारणा

पूरा पढ्नुहोस्

नगर प्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीलाई नेपाल बैँकका पदाधिकारीको सम्मान

मेचीनगर, २५ जेठ । नेपाल बैँक लिमिटेडले बुधबार मेचीनगर नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई सम्मान गरेको छ । बैँकका पदाधिकारीले नगरपालिका पुगेर नवनिर्वाचित नगर प्रमुख र उपप्रमुखलाई सम्मान गरेको हो । नगरप्रमुखको कार्यकक्षमा सम्पन्न वधाइ तथा परिचायत्मका कार्यक्रममा नेपाल बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नवनिर्वाचित नगरप्रमुख गोपाल चन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीलाई खदा तथा […]

पूरा पढ्नुहोस्