स्थानीय खबर
वीरेन्द्र उच्च माविमा खाद्य सचेतना सम्बन्धी विद्यार्थीलाई प्रशिक्षण
भद्रपुर, २४ जेठ । विश्व खाद्य स्वच्छता दिवसको अवसर पारेर आज विद्यार्थीलाई सन्तुलित र स्वच्छ आहार विहारको लागि प्रशिक्षण प्रदान गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले चन्द्रगढीस्थित वीरेन्द्र उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई जिल्ला समन्वय समितिको सभाहलमा सो प्रशिक्षण प्रदान गरेको हो । विद्यार्थीहरुलाई सन्तुलित आहार र खाद्यवस्तुको बारेमा मेची अञ्चल […]
पूरा पढ्नुहोस्
कालीखोला धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाइ
काँकरभिट्टा । मंगलबार बिहान काँकरभिट्टा स्थित काली खोला क्षेत्रमा सयौंको संख्यामा स्थानीय भेला भए र काली खोला तथा सोही स्थानमा रहेको धार्मिक स्थलको सरसफाइ गरे । पतालगंगा कालीखोला धार्मीक तथा पर्यटन केन्द्र मेचीनगर ६ले सरसफाइ अभियानमा सहभागि हुन स्थानीयलाई आह्रवान गरेको थियो । सरसफाई अभियानमा माननियदेखि वडाध्यक्ष,सहकारी अभियन्ता तथा बिभिन्न संघ संस्थाका प्रतिनिधि, होटल व्यवसायी, […]
पूरा पढ्नुहोस्
शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकता ः नगरप्रमुख बुढाथोकी
धाइजन, २३ जेठ । मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले शिक्षा र स्वास्थ्य पहिलो प्रथमिकतामा रहने बताएका छन् । सोमबार पाथिभरा खानेपानी तथा सरसफाइ उपभोक्ता समूह मेचीनगर–११ र १२ स्थित धाइजनको आठौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनलेसो कुरा बताएका हुन् । ‘विकास भनेको पीच बनाउनु मात्र होइन’, नगरप्रमुख बुढाथोकीले भने–‘विकास भनेको पहिलो प्राथमिकता शिक्षा […]
पूरा पढ्नुहोस्
वातावरण दिवसमा मेचीनगर वडानम्बर ४ मा बिविध कार्यक्रम, दुई हजार विरुवा रोपियो
बाहुनडाँगी, २२ जेठ । विश्व वातावरण दिवसको अवसर पारेर मेचीनगर नगरपालिका–४ नम्बर वडा कार्यालयले आइतबार बृक्षारोपण तथा बिविध कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश नम्बर १ का सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दुई हजार वटा फूल्ने विभिन्न प्रजातिका विरुवा रोपिएको थियो । वडालाई पाँच बर्षभित्रमा फूलको सहर बनाउने उद्देश्यले विभिन्न स्थानमा विरुवा रोपण […]
पूरा पढ्नुहोस्
प्रेस युनियनको साधारणसभामा अग्रज पत्रकार गोविन्दचन्द्र छेत्री सहित १२ जना सम्मानित
बिर्तामोड, झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच दुई पत्रकारसहित १२ जनालाई सम्मान तथा पुरस्कृत गरिएको छ । नेपाल प्रेस युनियन झापा शाखाको बार्षिक साधारणसभा, पुरस्कार वितरण, सम्मान तथा शुभकामना कार्यक्रममा पत्रकार गोविन्दचन्द्र छेत्री, र जोस्ना श्रेष्ठसहित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, पुरस्कार अक्षयकोषका दाता तथा संस्थाले पत्रकारहरुको बृहत्तर हित तथा बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको ‘नेपाल […]
पूरा पढ्नुहोस्
बानियाँ बन्धु समाजको १३ औँ केन्द्रीय महाधिवेशनमा जनप्रतिनिधि देखि डाक्टरसम्मका प्रतिभा सम्मानित
धाइजन । बानियाँ बन्धु समाजको १३ औँ केन्द्रीय महाधिवेशन शनिबार मेचीनगर–११ स्थित बानियाँ गाउँमा सम्पन्न भएको छ । केन्द्रीय महाधिवेशन उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट बानियाँ बन्धुहरुलाई सम्मान गरिएको छ । हेटौँडा उपमहानगरपालिकाको उपप्रमुखमा निर्वाचित राजेश बानियाँ, अग्रज व्यक्तित्व हरिचरण बानियाँ, संरक्षक ज्योतिप्रकाश बानियाँ, सशस्त्रका प्रहरी निरीक्षक नविन बानियाँ, डा। विशाल बानियाँ, बानियाँ बन्धु समाजका […]
पूरा पढ्नुहोस्
बाहुण्डाँगीलाई प्राकृतिक सौन्दर्य वडाको रुपमा विकास गर्ने वडाको तयारी , वातावरण दिवसमा २ हजार विरुवा रोपिदै
बाहुनडाँगी । मेचीनगर नगरपालिका वडा नम्बर ४ ले आफ्नो वडालाई नगरमै फरक पहिचान स्थापित गर्ने गरी बिभिन्न कार्यक्रमको तयारी थालेको छ । हात्ती र बहुण्डाँगी पर्याय जस्तै बनेको बाहुण्डागीलाई अव सुन्दर र हरियाली वडाको रुपमा विकास गर्न वडाले बिभिन्न प्रजातिका विरुवा रोप्ने कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । वडाले आइतबार विश्व वातावरण दिवसको अवसरमा विभिन्न प्रजातिका […]
पूरा पढ्नुहोस्
कृषकलाई मल उपलब्ध गराउन राप्रपाको माग
धुलाबारी, १९ जेठ । बजारमा रसायनिक मलको अभाव रहेको भन्दै कृषकलाई मलको आपूर्ति सहज बनाउन राप्रपाले मेचीनगर नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । विहीबार राप्रपा मेचीनगरको कार्यक्रम समायोजन समिति एवम् प्रतिनिधि मण्डलका संयोजक रमेश दाहालको नेतृत्वमा नगरपालिका गएको टोलीले नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीलाई सो विषयमा ध्यानाकर्षण गराएका हुन् । धान खेती, चिया खेती लगायतका विभिन्न क्षेत्रका […]
पूरा पढ्नुहोस्
मेचीनगरमा कार्यपालिकाका ८ जना सदस्यले लिए सपथ
मेचीनगरमा, १९ जेठ । मेचीनगरमा निर्विरोध निर्वाचित नगर कार्य पालिकाका ८ जना सदस्यहरुले आज सपथ लिएका छन् । विहीबार नगरपालिकाको सभाहलमा आयोजना भएको सपथ ग्रहण कार्यक्रममा निर्विरोध निर्वाचित कार्यपालिका ५ महिला र ३ जना पुरुष सदस्यहरुले सपथ लिएका हुन् । उनीहरुलाई मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले सपथ ग्रहण गराएका छन् । कार्यक्रममा ५ जना […]
पूरा पढ्नुहोस्
मेचीनगरमा एमालेको तर्फबाट कार्यपालिका सदस्यमा ८ जनाले गरे मनोनयन दार्ता
मेचीनगर, १५ जेठ । मेचीनगर नगर कार्यपालिकाको महिला र दलित वा अल्पसंख्यक सदस्य पदको निर्वाचनका लागि आज नेकपा एमालेका तर्फबाट ८ जना उम्मेद्वारले मनोनयन दर्ता गरेका छन् । मेचीनगर नगर कार्यपालिकाको महिला र दलित वा अल्पसंख्यक गरी ८ जना सदस्य पदका लागि आइतबार एमालेका तर्फबाट ८ जना उम्मेद्वारले मात्र मनोनयन दर्ता गरेका हुन् । एमालेका […]
पूरा पढ्नुहोस्