मुख्य खबर

कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या दुई पुग्यो

झापा, ४ जेठ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको छ । उनी कोरोनाका कारण मृत्यु हुने दोस्रो व्यक्ति हुन् । मृतक युवक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । […]

पूरा पढ्नुहोस्

नेपालमा थप ९जनामा कोरोना, संक्रमितको संख्या २७६ पुग्यो 

झापा । नेपालमा कोरोना संक्रमितको संख्या हरेकदिन बढ्दै गएको छ । शनिवार ९जनाका कोरोना पुष्टि भएपछि कोरोना संक्रमितको संख्या २७६ पुगेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कपिलबस्तुमा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जनाएका छन् । संक्रमण […]

पूरा पढ्नुहोस्

लकडाउनको स्वरुप जेठ ५ देखि फेरिने

इटहरी,२ जेठ । लकडाउनको स्वरुप जेठ ५ गतेदेखि परिर्वतन हुने भएको छ । त्यसका लागि कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ। समितिको शुक्रबार बसेको बैठकले जेठ ५ गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गरेर जाने तयारी गरेको हो। स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लक डाउनको […]

पूरा पढ्नुहोस्

‘भारतबाट आउने नेपालीको अनिवार्य स्वास्थ्य परीक्षण र व्यवस्थित प्रवेश गरौं’ प्रवक्ता शर्मा

झापा,१जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भारतबाट देश भित्रिरहेका नेपालीलाई व्यवस्थित रूपमा प्रवेश गराएर अनिवार्य परीक्षणपछि मात्रै घर जाने प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत सरकारलाई भारतबाट आउने नेपालीलाई व्यवस्थित प्रवेश गराएर क्वारेन्टाइनमा कडाइ र अनिवार्य परीक्षणपछि मात्रै घर जाने प्रबन्ध मिलाउन आग्रह गरेका हुन् । “भारत सरकारले सीमामा […]

पूरा पढ्नुहोस्

रिदम नेपालले खुट्टीडाँगीका विपन्नलाई दियो राहात

खुट्टीडाँगी । रिदम नेपाल मेचीनगरको संयोजनमा खुट्टीडाँगी समाजले अति विपन्न परिवारलाई राहत दिनेगरी १ हजार ८० केजी चामल वडा कार्यालयलाई हस्तान्तरण गरेको छ । मेचीनगर वडा नं ९ का वडाध्यक्ष गोपाल खड्कालाई उक्त राहत वापतको चामल आज (मंगलवार) हस्तान्तरण गरिएको हो । प्राप्त चामल वडाभित्रका अति विपन्न परिवारलाई राहत स्वरुप उपलब्ध गराइने वडाध्यक्ष खड्काले बताए । […]

पूरा पढ्नुहोस्

नेपालमा कोरोना संक्रमण तीब्र बन्दै एकै दिन थपिए ५७ जना संक्रमित

झापा ३० वैशाख । नेपालमा कोरोना संक्रमिको संख्या केहिदिन यता तीव्र रुपमा बढन थालेको छ । मंगलबार एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितहरु बढ्न थालेपछि जनतामा त्रास समेत थपिदै गएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ […]

पूरा पढ्नुहोस्

नेपाललाई ४० हजार थान पीसीआर किट चीनले दियो

काठमाडौं,२९ वैशाख । कोरोना भाइरस ९कोभिड–१९० नियन्त्रणका लागि चीनले नेपाल सारकारलाई पीसीआर परीक्षण किटसहितका अत्यावस्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । चीनले ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान सहयोग गरेको हो । सोमबार स्वास्थ्य […]

पूरा पढ्नुहोस्

सीमा विवादमा भारतमात्र होइन, चीन पनि संलग्न छ प्रचण्ड

  काठमाडौं,२८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न भएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाल र भारतबीच लिम्पियाधुरामा रहेको सीमा विवाद अब भारतसँग मात्र छलफल गरेर समाधान नहुने बताएका हुन् । ‘सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान […]

पूरा पढ्नुहोस्

नेपालमा थप ७ जनामा कोरोना संक्रमण

  बिराटनगर,२७ बैशाख। नेपालमा थप ७ जनामा कोरोना संक्रमण भेटीएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह(प्रवक्ता डा।समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु उदयपुरस्भुल्के निवासी १८,४५,६५ वर्षका महिलाहरु छन् । कपिलबस्तु निवासी १७, १८, १८ वर्षका पुरुष त्यस्तै पर्सा छपकैया निवासी ६२ वर्षका पुरुष रहेका छन् । उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको छ । आज राष्टिय प्रयोगशाला, […]

पूरा पढ्नुहोस्

नेपाली भूमि मिचेको बिरोधमा दूतावास अगाडि प्रदर्शन गर्दा विद्यार्थी पक्राउ

  काठमाडौं,२७ बैशाख । भारतले नेपाली भूमि मिचेर लिपुलेक हुँदै मानसरोबर जाने सडक मार्ग बनाएको विरोधमा शनिबार नेपालस्थित भारतीय दूतावासमा प्रदर्शन गर्न पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । सत्तारुढ नेकपा निकट अनेरास्ववियूका नेता सुदेश पराजुलीको नेतृत्वमा लैनचौरस्थित दूतावासतर्फ अघि बढ्दै गरेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो। प्ले कार्डसहित शान्तिपूर्ण विरोधका लागि करिब दुई दर्जन […]

पूरा पढ्नुहोस्