मुख्य खबर
पूर्व मेची बस व्यवसायीको दोस्रो बार्षिक साधारणसभा सम्पन्न
मेचीनगर, २४ माघ । मेचीनगर ६ स्थित पूर्व मेची बस व्यवसायी प्रालिको दोस्रो बार्षिक साधारण शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन् एक नम्बर प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले गरे । साधारण सभाको उद्घाटन गर्दै सांसद मैनालीले व्यवसायी र मजदुरबीच आपसी सहकार्य र सहमति भए जस्तोसुकै समस्या समेत समाधान गर्न सकिने बताए ।अर्का प्रदेशसभा सदस्य […]
पूरा पढ्नुहोस्साझा सेवा सहकारी पुरस्कार एनएमसीलाई
काठमाडौं । साझा सेवा सहकारी पुरस्कार यो वर्ष नेपाल बहुउद्धेश्यीय सहकारी संस्था झापाले पाएको छ । कमलमणि स्मृति साझा सेवा पुरस्कारबाट झापाको एनएमसी पुरस्कृत भएको हो । साझा सेवा सहकारी संस्थाले संस्थापक अध्यक्ष कमलमणि दीक्षितको नाममा स्थापना गरेको कमलमणि स्मृति साझा सेवा पुरस्कारबाट झापाको एनएमसीलाई ५० हजार नगद सहित सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख […]
पूरा पढ्नुहोस्
‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न सक्दैन’
काठमाडौं,२३ माघ । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् ।आफ्नो समूहले शुक्रबार नारायणहिटी दरबार संग्रहालय अगाडि गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन । े ‘राजतन्त्र फर्किएको घोषणा गर्छ रे’ भनेर हल्ला चलाइएको बताउदै उनले भने । ‘हामीले लडेर संघीय […]
पूरा पढ्नुहोस्
अपहरण र चोरी मुद्दामा फरार रहेका उर्लाबारीका लिम्बू पक्राउ
मेचीनगर, २२ माघ । अपहरण र चोरी मुद्दामा फरार रहेका उर्लाबारीका राजेश्वार लिम्बु ९सुसन० पाँच वर्षपछि पक्राउ परेका छन् ।बिर्तामोड नगरपालिका–६ का २७ वर्षीय बिशाल ढुंगेललाई अपहरण र चोरी गर्ने उर्लाबारी–२ मोरङका ३४ वर्षीय लिम्बुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।लिम्बुले ढुंगेललाई २०७२ पुस १४ गते राति ८ बजे बा १३ च ६५९७ नम्बरको गाडीमा […]
पूरा पढ्नुहोस्प्रहरीसंगको झडपमा नेकपाका नेता यादव घाइते
जनकपुरधाम । प्रहरीसंगको झडपमा परि नेकपाको प्रचण्ड(नेपाल समूहका नेता मातृका यादवको अण्डकोषमा चोट लागेका कारण काठमाडौं रेफर गरिएको छ।प्रचण्ड–नेपाल समूहको नेकपाले आह्वान गरेको आमहड्तालमा जनकपुरमा प्रहरीसँगको झडपमा पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भीर चोट लागेको हो।बिहीबार दिउँसो बन्द सफल पार्न जनकपुरधाम स्थित शिवचोकमा बजार बन्द गराउने क्रममा प्रहरी र पूर्वमन्त्री यादवको समूहबीच झडप हुँदा उनको अण्डकोषमा […]
पूरा पढ्नुहोस्
नवनियुक्त पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट
काठमाडौं,२१ माघ । विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । बुधबार पद तथा गोपनीयताको सपथ लिएका संवैधानिक निकायका ३२ जना प्रमुख तथा पदाधिकारीलाई कामकाज गर्न रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् ।‘२०७७ मंसिर ३० गतेको संवैधानिक परिषद्को निर्णय […]
पूरा पढ्नुहोस्
संवैधानिक निकायका ३२ पदाधिकारीले आज लिए सपथ
झापा, २१ माघ । कानुन र राजनीतिक विवादकाबीच संवैधानिक निकायका ३२ जना पदाधिकारीहरुले आज सपथ लिएका छन् ।संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईसहित ३२ जना पदाधिकारीहरुले बुधबार सपथ गराएकी हुन् ।सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संवैधानिक निकायका विभिन्न पदमा गरी ३२ जना पदाधिकारीहरु नियुक्त गरेकी थिइन् ।
पूरा पढ्नुहोस्
भूमि समस्या समाधान आयोग झापाको अध्यक्षमा गिरी
बिर्तामोड,२० माघ ।सरकारले भूमि समस्या समाधान आयोग झापाको अध्यक्षमा प्रेम गिरीलाई नियुक्ति गरेको छ । त्यस्तै सदस्यमा राधा कृष्ण खनाल र मदन अधिकारीलाई नियुक्ति गरेको हो । सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरि भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको छ । भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा १५ गतेको […]
पूरा पढ्नुहोस्
मेचीनगर–५ मा १ करोड ५० लाखको लागतमा एडभान्स मल्टी प्रोडक्सन कम्पनी सञ्चालन,सुपारीको खवटाबाट विभिन्न सामग्रीको उत्पादन सुरु
डम्बर बराल मेचीनगर २० माघ । प्लाष्टिकका सामग्रीको विकल्प खोजी भइरहेको समयमा मेचीनगर–५ मा सुपारीको खवटाबाट विभिन्न सामग्रीको उत्पादन सुरु गरिएको छ । मेचीनगरका तीनजना र पाँचथर एक युवाले संयुक्त रुपमा एडभान्स मल्टी प्रोडक्सन कम्पनी सञ्चालन गरेर उक्त सामग्रीको उत्पादन सुरु गरेका हुन । उद्योग सञ्चालनको लागि मेचीनगर ६ का याम निरौला, सोही वडाका हेमन्त महत, […]
पूरा पढ्नुहोस्
मोटरसाइकल दुर्घटनामा उप्रेतीको मृत्यु
झापा । झापाको गौरादहमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गौरादह गाउँपालिका(४ मा दुई वटा मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको हो । मे १० प ११६७ र मे ४ प २२७२ नम्बरको मोटरसाइकल आपसमा जुध्दा गम्भीर घाइते भएका गौरादह गाउँपालिका(५ का ३४ वर्षीय होमप्रसाद उप्रेतीको उपचारका क्रममा बी एन्ड सी अस्पतालमा […]
पूरा पढ्नुहोस्