मुख्य खबर

नेकपाको आधिकारिकताको दाबी गर्दै आयोग पुगे दाहाल र नेपाल

काठमाडौं, २० माघ । नेकपा प्रचण्ड माधव समूहका शीर्ष नेताहरु आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगको कार्यालय पुगेका हुन् ।सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो ।राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय […]

पूरा पढ्नुहोस्

१ नम्बर प्रदेश सभाको बैठक २५ गतेका लागि आह्वान

विराटनगर, १८ माघ । प्रदेश १ को प्रदेश सभाको बैठक २५ गते आइतबारका लागि आह्वान भएको छ ।प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आज एक विज्ञप्ति जारी गर्दै अर्को आइतबारका लागि बैठक बोलाइएको जानकारी दिएका छन् ।प्रदेश सभाको हिउँदे अधिवेशन माघ ६ गते सुरु भएर अनिश्चितकालका लागि स्थगित भएको थियो । त्यसपछि आज सभामुखको आदेशानुसार सचिव […]

पूरा पढ्नुहोस्

एनएमसीको मेचीनगर स्तरिय पाँचौ एकाई परिषद बैठक सम्पन्न

डम्बर बराल मेचीनगर,१८ माघ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीले शनिबार मेचीनगर स्तरीय एकाइ परिषदको पाँचौ बैठक सम्पन्न गरेको छ ।एनएसी डेरी उद्योग परिसरमा आयोजित कार्यक्रमो उद्धाटन प्रदेशनम्वर १ का प्रदेशसभा सदस्य गोपाल चन्द्र बुढाथोकीले गरे । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका बुढाथोकीले एनएमसीले सदस्यहरु प्रति पुर्याएको योगदानको चर्चा गर्दे एनएमसी देशकै उत्कृष्ट र नमुना […]

पूरा पढ्नुहोस्

सामाजिक क्षेत्रमा मेयर पोखरेलको योगदान, आफूले चढ्दै गरेको गाडी दिए प्रहरीलाई

कनकाई, १६ माघ । कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेलले आफुले चढ्दै आएको सवारी साधान इलाका प्रहरी कार्यालय सुरुङ्गालाई हस्तान्तरण गरेका छन् ।नगरप्रमुख पोखरेलले इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख सई उदयशम्सेर जबरालाई आज एक कार्यक्रमकावीच उक्त गाडीको चावी हस्तान्तरण गरेका हुन् ।आफुले चढ्दै आएको बुलेरो गाडी प्रहरीलाई दिँदा जनताको सुरक्षामा झन सहजता हुने भएकाले प्रहरीलाई […]

पूरा पढ्नुहोस्

बालकल्याण मावि द्वारा तीन शिक्षिकालाई सम्मान तथा बिदाई

डम्बर बराल सुरेन्द्रनगर, १५ माघ । मेचीनगर ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले तीनजना पूर्व शिक्षिकाहरुलाई सम्मान तथा बिदाई गरेको छ । विद्यालयले बिहीबार आयोजित एक कार्यक्रमकाबीच विद्यालयकी पूर्व शिक्षिका त्रय कल्पना महत, डिकमायाँ इधिङगो र पुजा घिमिरेलाई सम्मान सहित बिदाई गरेको हो । करिव १वर्ष अघि विद्यालयबाट अवकाश पाएका उनिहरुलाई कोभिडका कारण विद्यालयले तत्काल औपचारिक […]

पूरा पढ्नुहोस्

काठ दाउराको विक्री वितरण खुला

झापा, १४ माघ । सरकारले वैज्ञानिक बन व्यवस्थापन कार्यविधि खारेज गरेको छ ।२०७१ सालमा ल्याइएको सो नीतिका बारेमा विवाद रहँदै आएको थियो ।मन्त्रीपरिषद्को आइतवार बसेको बैठकले कार्यविधि खारेज गर्दै बन व्यवस्थापन नीति लागू गरिएका बनहरुको घाटगद्दीमा थुपारिएका काठ दाउराहरुको रेकर्ड १५ दिनभित्र प्रदेशको बन निर्देशनालय र बन मन्त्रालयमा पठाउन जिल्लाका बन कार्यालयहरुलाई निर्देशन दिएको छ […]

पूरा पढ्नुहोस्

मेची उद्योग बाणिज्य संघ र वालिङ उद्योग वाणिज्य संघ गण्डकी प्रदेश बीच भंगिनी सम्बन्ध कायम

लक्ष्मी उप्रेती वालिङ, १४ माघ मेची उद्योग बाणिज्य संघ प्रदेश नम्बर १ झापा र वालिङ उद्योग वाणिज्य संघ गण्डकी प्रदेश स्याङ्जा बीच भंगिनी सम्बन्ध कायम भएको छ । बुधबार वालिङ उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित कार्यक्रममा मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना र वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवम्, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय […]

पूरा पढ्नुहोस्

देशभर ३०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,१३ माघ । पछिल्लो २४ घण्टामा देशभर ३०३ जनामा कोरोना भाइरस ९कोभिड १९० संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ४ हजार ५७४ जनाको परीक्षण गर्दा १३० जना महिला र १७३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । उनीहरुमध्ये २ लाख ६४ हजार ८२३ जना […]

पूरा पढ्नुहोस्

बिर्तामोड स्थित डोमालाल रंगशालाको जग्गा गुठीकै नाममा फिर्ता

झापा, १३ माघ । बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको दुर्गा स्थान गुठीको जग्गा केशवप्रसाद विमलीले फिर्ता गरेका छन् ।२०७७ माघ १२ गते भुमिसुधार तथा मालपोत कार्यालय झापामा उपस्थित भई विमलीले ‘हक छाड सनाखत’ गरी जग्गा फिर्ता गरेका हुन् ।नेपाल सरकारको सहसचिव समेत रहेका विमलीले आमा टीकादेवी विमलीको नाममा मोही खरिद गरिएको जग्गा फिर्ता गरेको […]

पूरा पढ्नुहोस्

प्रदेश १ मा पहिलो चरणमा ३५ हजारलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी

विराटनगर,१२ माघ । संघीय सरकारले प्रदेश १ का लागि पठाएको कोरोना विरुद्धको भ्याक्सिन विराटनगर आइपुगेको छ ।प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रशासकीय अधिकृत काशीराज पराजुलीका अनुसार प्रदेश १ मा पहिलो चरणमा ३५ हजार ५७६ जनालाई खोप लगाउने कार्यक्रम छ । विराटनगर आइपुगेको खोप बुधबारबाट लगाउन सुरु गरिने उनले बताए ।प्रदेश सरकारले निजी तथा सरकारी […]

पूरा पढ्नुहोस्