मुख्य खबर
लैङ्गिक हिंसाको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक एकदिने अन्तरकृया सम्पन्न
बिर्तामोड,१७ मंसिर । झापाको बिर्तामोडमा लैङ्गिक हिंसाको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक एकदिने अन्तरकृयासम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत एवीसी नेपाल, महिला सुरक्षा दवाव समूह र इलाका प्रहरी कार्यालय विर्तामोडको आयोजना रहेको कार्यक्रममा सहभागी वक्ताहरुले लैङ्गिक हिंसा अन्त्यका लागि घरैबाट जागरुक हुनुपर्ने तथा आर्थिक सवलीकरणको जरुरी रहेको साझा धारणा राखेकाथिए […]
पूरा पढ्नुहोस्
झापामा आज ५९ जनामा कोरोना संक्रमण ३ को मृत्यु
मेचीनगर, १६ मंसिर । झापामा आज ५९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार मङ्गलबार जिल्लाका १० वटा पालिकामा २३ महिला र ३६ जना पुरुषसहित ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दमक नगरपालिकामा ४ महिलासहित ७ जना, मेचीनगर नगरपालिकामा १ जना महिला, बिर्तामोड नगरपालिकामा ६ महिलासहित १५ जना, भद्रपुर नगरपालिकामा […]
पूरा पढ्नुहोस्
लकडाउनपछि काँकरभिट्टा नाका भएर ३२ लाख रुपैयाँबढीको फेस मास्क आयात ,निर्यात शुन्य
लक्ष्मी उप्रेती काँकरभिट्टा, १६ मंसिर ÷ नोवल कोरोना भाइरस कोभिड १९ को महामारीपछि मेची भन्सार कार्यालयले फेस मास्कको व्यपार देखिएकाले तथ्याङ्क राख्न शुरु गरेको छ । भन्सार अधिकारीका अनुसार कोभिड १९ पछि यसको तथ्याङ्क चाहिन्छ भनेरै यो वर्षदेखि छुट्टै एचएस कोड समेत राखिएको छ । मेची भन्सार कार्यालय काँकरभिट्टाको फेस मास्कको तथ्याङ्क अनुसार नेपालमा लकडाउन […]
पूरा पढ्नुहोस्
धनगढीका चौधरी परिवारलाई गुराँस लाईफ इन्स्योरेन्सले दियो , मृत्युदावी भुक्तानीको १० लाख रकम
झापा,१५ मंसिर । गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले एक कार्यक्रमकोबीच मृत्युदावी भुक्तानीको रकम प्रदान गरेको छ । कम्पनीले धनगढीका चौधरी परिवारलाई १० लाख ७८ हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको हो । २०७५ साल मा पाँच लाख रुपैयाँको जीवन बीमा गरेका ३५ बर्षिय जित बहादुर चौधरीको यसै वर्ष घरमा सरसफाईका लागि पानी मोटर चलाउने क्रममा करेन्ट […]
पूरा पढ्नुहोस्
झापाको मेचीनगरमा १५ शैयाको आधारभूत असपताल शिलान्यास
काँकरभिट्टा, १६ मंसिर ÷ झापाको मेचीनगर —१० स्थित धुलावारीमा १५ शैयाको आधारभूत अस्पतालको निर्माण कार्य सुरु गरिएको छ । सोमबार एक कार्यक्रमका बीच मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा अस्पतालको शिलान्यास गर्नुभयो । नेपाल सरकारले चालु आर्थिक वर्ष २०७७÷०७८ मा एकैसाथ देशभरमा ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने […]
पूरा पढ्नुहोस्
जामुनबारी सामुदायिक वनको अध्यक्षमा सिटौला
झापा । कनकाई नगरपालिका स्थित जामुनबारी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा लोकतान्त्रिक प्यानलका ख्याम सिटौला निर्वाचित भएका छन् । दोस्रो कार्यकालका लागि निर्वाचित सिटौलाले ४ सय १९ मत प्राप्त गरेका छन् भने सिटौलाका प्रत्यासी प्रगतिशील विकासप्रेमी प्यानलको नेतृत्व गरेका विनोद रानामगरले ३ सय ६६ मत प्राप्त गरे सिटौलाले रानामगरलाई ५३ मतको अन्तरले पराजित गरेका छन् […]
पूरा पढ्नुहोस्
एनएमसीको चिया किसानभेला सम्पन्न
मेचीनगर,१४ मंसिर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीले चिया किसानहरुको भेला आयोजना गरेको छ । सहकारी संस्थाले आगामी सिजनको सुरुबाटै चिया प्रशोधन सुरुगर्ने भएपछि हरियो चियाको बिषयमा छलफल गर्न किसान भेला आयोजना गरेको हो । एनएमसी चिया उद्योग समितिका संयोजक दिलिप सुब्बाको सभापतित्व तथा सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि […]
पूरा पढ्नुहोस्
नाका खुलाउन माग गदैं सडकमा उत्रिए मेचीनगरका व्यवसायीहरु , विरोधका कार्यक्रमहरुलाई निरन्तरता दिने उद्घोष
काँकरभिट्टा, १३ मंसिर ÷ पूर्वीनाकालाई सहज बनाउनुपर्ने तथा मेचीनगर —६ स्थित काँकरभिट्टामा रहेको होल्डिङ्ग सेन्टर तत्काल हटाउनुपर्ने माग गदैं शनिबार काँकरभिट्टामा मेचीनगरका व्यवसायीहरुल प्रदर्शन गरेका छन् । काँकरभिट्टा बसपार्कबाट दिउसो २ बजे विचौलियाहरु होशियार, व्यवसायी बन्दीमा, जनता मरे आर्थिक मन्दीमा, रोगले होइन भोकले मर्यौ, यात्रुहरुमा एकीकृत प्रणाली लागू गर, यात्रु आवगमनमा सहजीकरण गर, बन्द नाका […]
पूरा पढ्नुहोस्
मापदण्ड पुरा गरी मेचीनगरभित्रका निजी, सामुदायिक तथा धार्मिक विद्यालय सञ्चालन गर्न मेचीनगरका सवैपक्ष सहमत , कार्यढाँचा प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड
काँकरभिट्टा, १३ मंसिर ÷ कोरोना भाइरसको त्रासका कारण अघिल्लो शैक्षिक सत्र पुरा भएसँगै बन्द भएका मेचीनगरभित्रका निजी, सामुदायिक तथा धार्मिक विद्यालय सञ्चालन गर्न नगरका सवैपक्ष सहमत भएका छन् । ।नेपाल सरकार शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले कोभिड १९ को सन्दर्भमा तयार गरेको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ ले तोकेको मापदण्ड पुरा गरी मेचीनगरभित्रका निजी, सामुदायिक तथा […]
पूरा पढ्नुहोस्
राप्रपा झापाले हिन्दुराष्ट्रका पक्षमा मंसिर २० गते वृहत र्याली आयोजना गर्ने
झापा,१२ मंसिर । राप्रपा झापाले हिन्दुराष्ट्रका पक्षमा मंसिर २० गते वृहत मोटर साईकल रयाली गर्ने भएको छ । राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना,संघीयताको खारेजी,भ्रष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमता, रासायनिक मलको अभाव लगायत जनजिविकासँग सम्बन्धित बिषयमा जनदवाव सिर्जना गर्न राप्रपाले मोटर तथा मोटरसाइकल रयाली आयोजना गर्ने भएको हो ।समान विचार राख्ने सबै व्यक्ति, संस्था, संगठन र […]
पूरा पढ्नुहोस्