स्थानीय खबर
मेचीनगरले गर्यो प्रमुख प्रसाशकीय अधिकृत दाहाललाई स्वागत र ओझालाई बिदाइ
मेचीनगर । मेचीनगर नगरपालिकामा आएका नयाँ प्रमुख प्रसाशकीय अधिकृत सुरेश दाहालको स्वागत र हालै सरुवा भएका प्रमुख प्रसाशकीय अधिकृत खेमराज ओझालाई बिदाइ गरिएको छ । नगरपालिकाको सभाहलमा शुक्रबार एक कार्यक्रम विच स्वागत तथा बिदाइ गरिएको हो । नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल , वडा अध्यक्ष, कार्यापालिका सदस्य र कर्मचारीलगायतले स्वागत तथा बिदाइ गरेका थिए […]
पूरा पढ्नुहोस्
रोटरीद्वारा नगरपालिकालाई विश्रामालय हस्तान्तरण
मेचीनगर, ६ फागुन । रोटरी क्लब अफ काँकरभिट्टाले धाइजनको कोभिड अस्पतालमा निर्माण गरेको विश्रामालय आज एक कार्यक्रमबीच मेचीनगर नगरपालिकालाई हस्तान्तरण गरेको छ । मेचीनगर–११ स्थित स्वास्थ्य चौकीमा निर्माण गरिएको विश्रामालय रोटरी काँकरभिट्टाका अध्यक्ष रोहित बुढाथोकी, पूर्व अध्यक्ष राधिका क्षेत्री गुरुङले मेचीनगरकी उपप्रमुख मिना पोखरेल उप्रेतीलाई हस्तान्तरण गरेका हुन् । प्रमुख अतिथि उप्रेतीले विश्रामालयको रिविन काटेर […]
पूरा पढ्नुहोस्
मेचीनगरका कर्मचारी बढुवा रोक्न सर्वाेच्चको अन्तरिम आदेश
मेचीनगर, ६ फागुन । मेचीनगर नगरपालिकाले गत पुस २६ गते गरेको कर्मचारी बढुवालाई कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतलका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले यहि फागुन ४ गते कर्मचारी बढुवा बिरुद्ध अन्तरिम आदेश जारी गरेको हो। कर्मचारीमा विभेद हुने गरी ऐन बनेपछि मेचीनगरका आर्थिक प्रशासन प्रमुख पदमबहादुर कार्कीले गत […]
पूरा पढ्नुहोस्
मेचीनगरका विद्यालयलाई अनुदान रकम ः ७ वटा विद्यालयले एक करोड बढी अनुदान पाउने
मेचीनगर । मेचीनगर नगरपालिका क्षेत्रका ७ वटा विद्यालयहरुले एक करोड भन्दा बढी रकम अनुदान पाउने भएका छन्। नेपाल सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत मेचीनगरका विभिन्न ७ वटा विद्यालयले एक करोड १९ लाख ५० हजार रकम पाउने भएको मेचीनगर शिक्षा शाखाले जनाएको छ । मेचीनगर ५ स्थित बालकल्याण माविले चार कोठे भवन निर्माणका लागि ३६ […]
पूरा पढ्नुहोस्
झापामा कांग्रेसले तोक्यो वडा प्रतिनिधि
झापा, ३ फागुन । नेपाली कांग्रेस झापाले स्थानीय तह निर्वाचनलाइ लक्षित गरेर झापाका १ सय ३१ वटा वडामा जिल्ला निर्वाचन प्रतिनिधि खटाउने निर्णय गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा मंगलबार सम्पन्न कार्यसमिति एवं क्षेत्रीय सभापतिहरु सहभागी बैठकले झापाका १५ वटा पालिकाका १३१ वटै वडामा निर्वाचन प्रतिनिधि तय गरेको हो । ‘वडा […]
पूरा पढ्नुहोस्
काँकरभिट्टामा पातालगंगा कालीखोला धार्मिक तथा पर्यटकीय स्थल निर्माण हुने
मेचीनगर ।पछिल्लो समय काँकरभिट्टालाई सजाउने अभियानले तीब्रता पाउन थालेको छ । देकोटा पार्क, पुष्पलाल बाटीका पछि आव बृहत पर्यटकीय क्षेत्रको रुपमा कालिखोलाले प्राथमिकता पाएको छ । कालिखोलामा डुंगा शयर सुविधासहितको पर्यटकीय क्षेत्र बनाउन जनस्तरबाट पहल सुरु गरिएको छ । मेचीनगर वडा नं ६ को काँकरभिट्टा बजार पश्चिम र राजमार्गको पुल उत्तरको खोलामय जग्गामा पर्यटकीय स्थल […]
पूरा पढ्नुहोस्
मगमग चाउचाउ उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी
झापा । झापाको एक चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । मेचीनगर नगरपालिका वडा नं।१४ दुहागढी स्थित मगमग चाउचाउ कारखानामा आज विहान करिब ५ बजेदेखि आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहयोगमा झापा, मोरङ, इलाम र सुनसरी जिल्लाका दर्जनबढी दमकल प्रयोग […]
पूरा पढ्नुहोस्
सामुदायिक पोष्ट हार्भेष्टले गर्याे सार्वजनिक सुनुवाई
मेचीनगर । मेचीनगर–५ स्थित सामुदायिक पोष्ट हार्भेष्ट सेवाकेन्द्रले बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । पोष्ट हार्भेष्ले हालै निर्माण सम्पन्न गरेको गोदामको सार्वजनिक सुनुवाई गरेको हो । बिउविजन क्षेत्रमा कामगर्दै आएको सामुदायिक पोष्ट हार्भेष्टले बिउविजन तथा खाध्य सुरक्षाको लागि २९ लाख ८३ हजार ८८८ रुपैयाँको लागतमा ३७ फिट चौडाई र ७० फिट लम्बाईको गोदाम […]
पूरा पढ्नुहोस्
जनप्रिय सहकारी संस्थाका व्यवस्थापक सुन्दर बहादुर मगरलाई पितृशोक
मेचीनगर । मेचीनगर –१० स्थित जनप्रिय बचत तथा ऋण सहकारी संस्थाका संस्थापक सचिव एवम् व्यवस्थापक सुन्दर बहादुर मगरलाई पितृशोक परेको छ । उनका ९५ वर्षीय बुबा बखत बहादुर मगरको मंगलबार राति १.३० बजे मेचीनगर ८ स्थित घरैमा निधन भएको हो । १९८३ असार १५ गते ईलामको जितपुर गाविस वडानम्बर –१ मा जम्मनु भएका बखत बहादुर […]
पूरा पढ्नुहोस्
नगरपालिकाद्वारा दुःख व्यक्त , स्थानीय सरकारलाई विपद् व्यवस्थापन सम्बन्धि ठोस कानुन बनाएर कार्यान्वयनमा अघि बढ्न सुझाँव
मेचीनगर, २५ माघ । मेचीनगरको दुई अलग–अलग स्थानमा भएको आगलागी घटनाबाट भएको धनजनको क्षतिका विषयमा मेचीनगर नगरपालिकाले दुःख व्यक्त गरेको छ । नगर स्तरीय विपद् व्यवस्थापन समितिकोआज बसेको बैठकमा घटनाप्रति दुःख व्यक्त गदैं आगलागीमा परी ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्घाञ्जली, शोकाकुल परिवारजनप्रति समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । विपद् जोखिम न्युनिकरण तथा […]
पूरा पढ्नुहोस्