स्थानीय खबर

समाधि स्थल भत्काएको विरोधमा किरात समुदायले बुझाए ज्ञापन

काँकरभिट्टा । किरात जातिको समाधि स्थलमा डोजर लगाएर भत्काएको भन्दै काँकरभिट्टाका किरात समुदायले विहीवार मेचीनगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । धार्मिक संस्कार र पित्रीहरुसँगको भावनात्मक नाता गासिएको पवित्र समाधि स्थल भत्काइएपछि आक्रोशित बनेका किरात समुदायका मानिसहरु ज्ञापन पत्र बुझाउन ठूलो संख्यामा नगरपालिका पुगेका थिए । मेचीनगर पालिकाले मेची पुल दक्षिण पट्टी रहेको समाधि स्थल विओपी […]

पूरा पढ्नुहोस्

झापामा थप संक्रमित ५० जना, १ को मृत्यु

मेचीनगर  । झापामा विहीबार ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक जना पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार २३ महिलासहित ५० जनामा संक्रमण र एकजना पुरुषको मृत्यु भएको हो । संक्रमण पुष्टि हुनेमा दमकमा २ महिलासहित ६ जना, बिर्तामोडमा ६ महिलासहित १८ जना, मेचीनगरमा ५ महिलासहित १० जना, भद्रपुरमा […]

पूरा पढ्नुहोस्

झापामा आज २६ जनामा संक्रमण पुष्टि

मेचीनगर, १४ वैशाख । झापामा मंगलबार २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार १० महिलासहित २६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । दमकमा ४ महिलासहित ८ जना, बिर्तामोडमा ५ जना पुरुष, मेचीनगरमा २ महिलासहित ४ जना, कनकाईमा १ महिलासहित ३ जना, अर्जुनधारामा १ जना पुरुष, गौरीगञ्जमा १ जना […]

पूरा पढ्नुहोस्

बेरोजगारीनै महिला बेचविखनको मुख्य जड ः संयोजक घिमिरे

।। डम्बर बराल ।। काँकरभिट्टा, १४ वैशाख । माइती नेपालका पूर्वाअञ्चल संयोजक गोविन्द घिमिरेले चेलीबेटी बेचविखनमा सक्रिय रहेका दलालहरुले पछिल्लो समय नयाँ रणनीति अपनाउँदै गएकोले सवैले सचेत हुनुपर्ने बताएका छन् । मंगलबार माइती नेपाल काँकरभिट्टा कार्यालयमा आयोजित वार्षिक समिक्षा कार्यक्रममा बोल्दै घिमिरेले सो कुरा बताएका हुन् । घरेलु हिंसा र बेरोजगारी नै महिला बालबालिका बिक्रीको […]

पूरा पढ्नुहोस्

मेचीनगरमा परीक्षा स्थगित

मेचीनगर, १३ वैशाख । मेचीनगर नगरपालिकाभित्र सञ्चालनमा रहेका सवै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुको वार्षिक परीक्षा स्थगित गरिएको छ । वैशाख १२ गतेको सिसिएमसीको प्रेस विज्ञप्ती अनुसार भौतिकरुपमा हुने पूर्व निर्धारित परीक्षाको सम्पूर्ण कार्यक्रम स्थगित गर्ने जानकारी प्राप्त भएपछि नगरभित्र सञ्चालनमा रहेका सवैखाले विद्यालयको वार्षिक परीक्षा स्थगित गरिएको नगर शिक्षा शाखाले जनाएको छ । शाखाका […]

पूरा पढ्नुहोस्

झापामा आज ३८ जना संक्रमित थपिए

मेचीनगर, १३ वैशाख । झापामा सोमबार ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार १४ महिलासहित ३८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । दमकमा ७ महिलासहित १५ जना, बिर्तामोडमा २ महिलासहित ४ जना, मेचीनगरमा १ महिलासहित ४ जना, भद्रपुरमा २ जना पुरुष, कनकाईमा ३ जना पुरुष, अर्जुनधारामा १ महिलासहित […]

पूरा पढ्नुहोस्

कनकाई खबरको क्यालेन्डर विमोचन

कनकाई, १३ वैशाख ÷ भmापाको कनकाईमा प्रधान कार्यालय रहेको कनकाई खबर साप्ताहिकले नयाँ वर्षको अवसरमा प्रकाशन गरेको क्यालेन्डर( भित्ते पत्रिका) को एक कार्यक्रमका विच विमोचन गरिएको छ । कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष समेत रहेका क्रियाशिल पत्रकार राम निरौलाको नेतृत्वमा रहेको साप्ताहिक पत्रिकाको क्यालेन्डर कनकाई ४ का वडाअध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता गोविन्द पौडेलले विमोचन गर्नुभएको […]

पूरा पढ्नुहोस्

रोटरी क्लव तथा रोट¥याक्ट क्लव मेचीनगरको पदस्थापन

डम्बर बराल धुलाबारी,७ वैशाख । रोटरी अन्तर्राष्ट्रिय ३२९२का डिस्ट्रक गभर्नर रोटारियन राजीव पोखे्रलले रोटरी क्लव सामाजिक क्षेत्रमा क्रियाशिल संस्था भएको बताएका छन् । रोटरी क्लव तथा रोट¥याक्ट क्लव मेचीनगरको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मेचीनगर ८ स्थित होटल क्राउनमा आयोजिक कार्यक्रममा प्रमुख अतिथि समेत रहेका रोटारियन पोख्रेलले व्याक्तिगत स्वार्थ भन्दा माथि […]

पूरा पढ्नुहोस्

कोरोना संक्रमण बढयो , मेचीनगर र बिर्तामोड उच्च जोखिममा

मेचीनगर, ६ वैशाख । झापामा कोरोनाको दोस्रो लहर तीव्र रुपमा बढ्न थालेको छ । सोमवार एकै दिन जिल्लामा १९ जना संक्रमित थपिएका छन् । मेचीनगर र विर्तामोड संक्रमणको उच्च जोखिममा परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार सोमवार थपिएका सबै संक्रमित एन्टीजेन विधिबाट कोरोना पोजेटिभ देखिएका हुन् । जसमा सबैभन्दा […]

पूरा पढ्नुहोस्

काँकरभिट्टा, बिर्तामोड र दमकका विद्यालय बन्द हुने

झापा, ६ वैशाख । सरकारले कोरोना भाइरस प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णयमा झापाका तीनवटा सहर परेका छन् । निर्णय अनुसार झापाको काँकरभिट्टा, बिर्तामोड र दमक सहर परेको छ । त्यस्तै काठमाडौं, ललितपुर, […]

पूरा पढ्नुहोस्