स्थानीय खबर

नेपाल फर्निचर उद्योगको तेस्रो शाखा धुलाबारीमा

इटाभट्टा । मेचीनगर –७ मा मुख्य कार्यालय रहेको नेपाल फर्निचर उद्योगले शोरुम विस्तारलाई तीब्रता दिएको छ । १० वर्ष अघि मेचीनगर – ७ स्थित गोमन सरीमा स्थापना भएको नेपाल फर्निचर उद्योगले मंगलबार आफ्नो तेस्रो शाखाको रुपमा धुलाबारीमा शोरुम सञ्चालनमा ल्याएको छ । शोरुमको आज बिहान करिव ११ बजे वैद्धिक विधीबाट पूजागरी उद्घाटन गरिएको थियो । […]

पूरा पढ्नुहोस्

मेची कृषक बहुमुखी सहकारीको क्षेत्रगत साधारण सभा सम्पन्न

मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाको क्षेत्रगत साधारणसभा मंगलबार सम्पन्न भएको छ । आइतबारबाट क्षेत्रगत रुपमा सुरु भएको २५ औं वार्षिक साधारण आज सम्पन्न भएको हो । मंगलबार क्षेत्र नम्बर ३, ४ र ५ को संयुक्त साधारण सभा मेचीनगर – ७ स्थित विष्णुलक्ष्मी मन्दिरको सभाहलमा सम्पन्न भयो । सभामा मेचीनगर वडा नम्बर ६ र […]

पूरा पढ्नुहोस्

मेची कृषक सहकारीको क्षेत्रगत साधारण सभा सुरु

मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाको क्षेत्रगत साधारणसभा आइतबारबाट सुरु भएको छ । सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा अन्तर्गत आज पहिलोदिन मेचीनगर –२ भृकुटी स्थित ज्येष्ठ नागरिक सभाहलमा साधारण सभा सम्पन्न भयो । सो साधारण सभामा वडानम्बर १,२,३ र ४ नम्बर वडाका सदस्यहरु सहभागि बनेका थिए । सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीको […]

पूरा पढ्नुहोस्

स्थानीय तहमा कानून निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था बिषयक अन्तरक्रिया सम्पन्न

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा स्थानीय तहमा कानून निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था बिषयक अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सम्पन्न कार्यक्रममा कोशी प्रदेशका सभामुख अमरबहादुर बिष्ट र उपसभामुख सृजना दनुवारसमेतको उपस्थितिमा आयोजना भएको कार्यक्रमको अध्यक्षता मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेको थिए । नेपालमा संघियता लागू भएपछि स्थानीय, प्रदेश र संघियगरी तीन […]

पूरा पढ्नुहोस्

विर्तामोडमा सचेतनामूलक प्रभातफेरी

लक्ष्मी उप्रेती विर्तामोड । विश्व पोलियो दिवसको अवसरमा बिहीबार बिर्तामोडमा प्रभातफेरी निकालिएको छ । हरेक वर्षको अक्टोबर २४ मा यो विस विश्वभरी मनाइन्छ । यसका साथै अक्टोबर २४ अमेरिकी चिकित्सा क्षेत्रका अनुसन्धानदाता तथा भाइरलोजिस्ट जोनास सल्कको जन्मोत्सव पनि हो । उनले नै पहिलोपटक सफल पोलियो खोपको आविष्कार र विकास गरेका थिए । यो दिवस मनाउनुको […]

पूरा पढ्नुहोस्

साहारा बिहिन “बिजुवा बा”को दशैं

डम्बर बराल मेचीनगर । दशैंको चटारो सुरु भएसँगै गाउँका युवादेखि बालबालिका प्राय सबैको मुहारमा खुसी देखिन्थ्यो, दशैंको बजार भर्न जानेहरुको दैनिक लर्काे लाग्दै थियो । नयाँ कपडा किन्नेदेखि दशैंमा खाने अन्नको जोहो गाउँमा सबैले गरिसकेका थिए तर मेचीनगर – ५ शान्ति टोलका ७५ वर्षीय विन्द बहादुर राई (बिजुवा बा)लाई भने दशैंले छोएको थिएन । हुन […]

पूरा पढ्नुहोस्

इटाभट्टामा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

मेचीनगर । झापाको मेचीनगर – ७ इटाभट्टामा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । आज बिहान ७.३० बजेतिर मेचीनगर– ७ इटाभट्टामा धुलाबारीबाट काँकरभिट्टतर्फ जाँदै गरेको होटल मेची क्राउनमा काम गर्ने अन्दाजी वर्ष ३५ का अविशेक लिम्बु सवार प्र. ०१. १७ प ७४४ नम्बरको मोटरसाइकलले विपरित दिशातर्फ आउँदै गरेका साइकल यात्री सगरमाथा यातायातका चालक […]

पूरा पढ्नुहोस्

खुशी हराउँदै गएको दशैँ

डम्बर बराल मेचीनगर । धेरै दुःख र पीडाका बीच यसवर्ष नेपालीहरुको महान पर्व बडादशैँ घर–घरमा भित्रिएको छ । असोज १७ गते बिहीबार घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएसँगै बडादशैँ सुरु भयो । वढादशैं सुरु भएको आज आठौं दिन वितिसेको छ । यस वर्ष नवमी तिथि छैन त्यसैले भोलि विजया दशमी, […]

पूरा पढ्नुहोस्

कनकाई खबर सातौं वर्षमा प्रवेश

कनकाई । झापाको कनकाईबाट नियमित प्रकाशन हुँदै आएको कनकाई खबर सातौं वर्षमा प्रवेश गरेको छ । सातौ बर्ष प्रवेशको अवसरमा सहयोग गर्ने सवैलाई सम्पादक राम निरौलाले हार्दिक आभार ब्यक्त गरेका छन् । सम्पादक निरौलाले परिश्रम, लगाव र सल्लाह सुझावसहित मायाकै कारण संस्थाले यहाँसम्मको यात्रा तय गर्न सफल जनाएका छन् । उनले पाठकको माया, सद्भाव र […]

पूरा पढ्नुहोस्

मेचीनगर कर्मचारी एशोसिएसनद्वारा शुभकामना आदानप्रदान

मेचीनगर । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति मेचीनरको आयोजनामा मंगलबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । एशोसिएसनका इकाई अध्यक्ष जितेन्द्र बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका नगर उपप्रमुख मीना पोखरेल उप्रेती रहेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन, योजना, अनुगमन शाखा प्रमुख अनन्तप्रकाश […]

पूरा पढ्नुहोस्