खेलकुद

बाहुनडाँगीमा कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा नकआउट फूटवल प्रतियोगिता आयोजना हुँदै

बाहुनडाँगी । बाहुनडाँगी जेसीजले कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा दोस्रो जेसीज नकआउट फूटवल प्रतियोगिता आयोजना गर्ने भएको छ । जेसीजले शनिवार प्रेस क्लव मेचीनगरमा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमका बारेमा जानकारी दिएको हो । जेसीज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा जेसीजले आगामी चैत्र १५ गतेदेखि २२ गते सम्म कार्गिल […]

पूरा पढ्नुहोस्

मेचीनगर स्पोर्टस् मेनिया : एथलेटिक्सतर्फ मेचीनगर १० प्रथम

मेचीनगर । झापाको मेचीनगरमा जारी ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया २०८०’ अन्तर्गत एथ्लेटिक्स विधाका प्रतियोगिता सम्पन्न भएको छ । स्थानीय स्तरमा नै खेलकुदको विकास र प्रवर्द्धन गर्ने उदेश्यले फागुन २९ गतेदेखि मेचीनगरमा पहिलो पटक सञ्चालन भएको मेचीनगर स्पोर्ट्स मेनिया २०८० मा एथलेटिक्स तर्फ मेचीनगर वडा नम्बर १० ले १४ अंकका साथ प्रथम स्थान हासिल गरेको छ […]

पूरा पढ्नुहोस्

मेचीनगरमा ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया सुरु

मेचीनगर । मेचीनगर खेलकुद विकास समितिको आयोजनामा मेचीनगरमा ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया (२०८०’ सुरु भएको छ । काँकरभिट्टा माबिको खेल मैदानमा आयोजित कार्यक्रमको उद्घाटन प्रदेश सांसद गोपाल तामाङले गरेका थिए । कार्यक्रममा खेलकुदको क्षेत्रमा योगदान पुर्याउने तीन जना अग्रज खेलाडीलाई सम्मान गरिएको थियो । लामो समयदेखि खेलकुदमा योगदान गर्ने फुटबलमा गणेशबिक्रम नेङ्वाङ, कराँतेमा अर्जुन लम्साल […]

पूरा पढ्नुहोस्

झापा गोल्डकपको उपाधि चर्च ब्वाइजको पोल्टामा

बिर्तामोड। छैटौं झापा गोल्ड कपको उपाधि चर्च ब्वाइजले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली सश्स्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले पराजित गर्यो । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजको जितमा फकुन्लेले दुई तथा राजेश परियारले एक गोल गरे । चर्च ब्वाइज पहिलो सहभागितामै च्याम्पियन बन्न सफल […]

पूरा पढ्नुहोस्

झापा गोल्ड कप : झापा ११ एफसीलाई हराउँदै चर्च ब्वाइज युनाइटेड फाइनलमा प्रवेश

बिर्तामोड, २६ फागुन । आयोजक झापा ११ एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्ड कपको छैटौँ संस्करणको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी खेलमैदानमा निर्धारित ९० र अतिरिक्त १४ मिनेटमा गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज झापा […]

पूरा पढ्नुहोस्

एपिएफ फुटबल क्लब फाइनलमा प्रवेश

बिर्तामोड,२५ फागुन । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । चारपटकको झापा गोल्ड कपको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १ – ० गोलअन्तरले हराउँदै एपिएफ फाइनल प्रवेश गरेको हो । जितसँगै एपिएफले कम्तिमा ७ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । एपिएफले आर्मीको आत्मघाती गोलको उपहारबाट […]

पूरा पढ्नुहोस्

छैटौं झापा गोल्डकप: आर्मी सेमिफाइनलमा प्रवेश

  झापा ।  विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब झापाको विर्तामोडमा जारी छैटौं अर्ना झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार विर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले अन्तिम चारको यात्रा शुनिश्चित गरेको हो । चारपटकको उपाधि बिजेता त्रिभवन आर्मी क्लब […]

पूरा पढ्नुहोस्

एपिएफ फुटबल क्लब झापा गोल्ड कपको सेमिफाइन प्रवेश

बिर्तामोड, २१ फागुन । एपिएफ फुटबल क्लब बिर्तामोडमा आयोजित छैटौँ झापा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको क्वार्टर फाइनल खेलमा एपिएफले बागमती युथ क्लबलाई टाइब्रेकरबाट ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो । एपिएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदिप कार्की र प्रदिप लामाले गोल गर्न सफल भए । बागमतीका […]

पूरा पढ्नुहोस्

छैटौं झापा गोल्डकप: संकटालाई पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश

झापा । झापा गोल्डकपको छैटौं संस्करणको उद्घाटन खेलमा संकटा फुटबल क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरी फुटबल क्लब एपीएफ विजयी बनेको छ। झापाको विर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको प्रतियोगिताको निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट कुनै गोल नभएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो। टाइब्रेकरमा संकटालाई ४-२ गोल अन्तरले पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश गरेको छ […]

पूरा पढ्नुहोस्

झापा गोल्ड कपको संस्थागत सदस्य बन्यो, नेपाल पत्रकार महासंघ

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखा झापा गोल्ड कपको संस्थागत सदस्य बनेको छ । महासंघले शुक्रबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका बिच झापा गोल्ड कपको संस्थागत सदस्यता लिएको हो । संस्थागत सदस्यता शुल्क वापतको चेक महासंघका अध्यक्ष एकराज गिरीले झापा गोल्ड कपका अध्यक्ष बिनोद बस्नेतलाई हस्तान्तरण गरे । अध्यक्ष बस्नेतले महासंघलाई संस्थागत सदस्यता प्रदान गर्दै गोल्ड […]

पूरा पढ्नुहोस्