जंगली हात्तीको आक्रमणबाट रेग्मीको मृत्यु

2020-08-07 मा प्रकाशित

दमक,२३ साउन । जंगली हात्तीको आक्रमणबाट कमल गाँउपालिकामा एक जना वृद्धको ज्यान गएको छ । कमल गाँउपालिका वडा नम्बर ५ स्थित टुक्रेका ५८ बर्षिय रोहित रेग्मीको हात्तीको आक्रमणबाट गएराती ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भवनबाबु खड्काले जानकारी दिए ।

उनका अनुसार गएराती करिव २ वजेतिर नजिकैको रतुवा माइवृक्षरोपण आयोजनाको जंगलबाट आएको दुई वटा हात्तीले परिवारसहित बस्दैआएका रेग्मीको छाप्रामा आक्रमण गरेपछि उनलाई लखेटेर मारेको हो । हात्तीले मध्यरातमा एक्कासी आक्रमण गरेपछि ज्यान बचाउन भागेका रेग्मीलाई हात्तीले लखेटेर मारेको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । रेग्मीका श्रीमती र एक नातिनी भने भागेर ज्यान जोगाउन सफल भएका थिए ।
सशस्त्र प्रहरीको जग्गामा छाप्रो बनाएर बसोबास गर्दै आएका रेग्मीलाई छाप्रोबाट केहि पर हात्तीले कुल्चिएर मारेको अवस्थामा भेटिएको कमल ५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाले वताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु