मेचीनगरमा कृषि सम्बन्धी एकदिने अन्तरक्रिया सम्पन्न

2020-08-28 मा प्रकाशित

मेचीनगर, १२ भदौ ÷ झापाको मेचीनगरमा शुक्रबार ‘धानमा लाग्ने मुख्य मुख्य रोग तथा कीराको व्यवस्थापन विधि’ विषयक एकदिने प्रशिक्षणमुलक अन्तरक्रिया सम्पन्न भएको छ ।
बालीमा लाग्ने फड्के कीराहरु धानबालीको अर्काै प्रमुख कीरा भएको र समयमै यसको नियन्त्रण गर्न नसके किसानले ठूलो क्षति व्यहोर्नु पर्ने सहभागी कृषिक्षेत्रका प्राविधिकहरुले बताएका छन् ।
मेचीनगर नगरपालिकाको आयोजना तथा कृषि ज्ञान केन्द्र झापाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा बोल्दैं ज्ञान केन्द्रका प्रचार प्रसार अधिकृत गणेश शिवाकोटीले फड्के कीराहरु धानबालीको अर्काे प्रमुख कीरा यिनका रंग र आकार पनि कुनै हरियो, कुनै सेता र कुनै खैरा विभिन्न प्रकारका हुन सहभागीहरुलाई जानकारी गराउनुभयो ।
कुनै फड्के कीराहरुले पातबाट चुस्ने र कुनैले पातको आधारबाट रस चुस्ने बताउदैं हरियो पातको फड्के नागबेलीयुक्त, पातको फ्डके र सेता पाताके फड्केहरु पातबाट चुस्दछन भने खैरो फड्के, सानो खैरो फड्के र सेतो ढाड भएका फड्केहरु पातको आधारबाट चुस्ने कार्यक्रमका प्रमुख प्रशिक्षक समेत रहनु भएका शिवाकोटीले सहभागीलाई जानकारी गराउनुभयो । उहाँले यसले बालीमा पार्ने क्षतिका प्रकारका बारेमा सहभागीहरुलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार फड्के कीराहरुले विभिन्न किसिमका भाइरसजन्य रोगहरु पनि सार्ने गर्दछन् । फड्के कीराहरुले आफ्ना सियोजस्तो मुखाकृतिले पातर पातको आधारबाट रस चुस्ने, बोटको खैरो फड्केले चुस्दा विरुवामा खाद्यत्वहरु प्रवाह हुने एक किसिमका पदार्थहरु छाड्ने प्रमुख प्रशिक्षक शिवाकोटीकोे भनाई थियो । यसले विरुवाहरु ओइलाएर मर्ने गर्दछन् ।
फड्के कीराको आक्रमण बढी भएमा ठाउँ ठाउँमा धानका बोटहरु सुकेर मरेको देखिने, यतिमात्र नभई फड्के कीराले चुस्दा विरुवाहरुको तन्तुहरुमा प्रशस्त घाउहरु लाग्ने, जसबाट सूक्ष्म जीवाणहरुले सजिलैसँग विरुवामा प्रवेश गरेर विभिन्न थरीका रोगहरु उत्पन्न गराउने समेत शिवाकोटीले जानकारी दिनुभयो । प्रमुख प्रशिक्षक शिवाकोटीले धानबालीमा क्षति गर्ने कीरा गवारो कीरा रोकथामका उपायका बारेमा समेत प्रशिक्षण प्रदान गर्नुभएको थियो ।


नगरप्रमुख विमल आचार्यले कार्यक्रमको सभापतित्व गदैं उहाँले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभयो । नगरप्रमुख आचार्यले नगरपालिकाले कृषिक्षेत्रलाई प्राथमितामा राखेको र यसक्षेत्रका कृषकहरुका कृषि सम्बन्धि समस्यालाई तत्काल हल गर्नका लागि जस्तो सुकै कार्य गर्ने बताउनुभयो । उपप्रमुख मीना पोखरेल उप्रेतीले धन्यवाद ज्ञापन गदैं कार्यक्रमको निक्कै उपलब्धिमूलक भएको विचार राख्नुभयो । नगरपालिकाको सभाहलमा भएको कार्यक्रमको सञ्चालन कृषि सेवा केन्द्र मेचीनगरका कृषि प्राविधिक नम्रता राईले गर्नुभएका थियो । कार्यक्रममा नगरका विभिन्न वडाका जनप्रतिनिधिहरु, कृषकलगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु