रोहितले बनाए नयाँ प्रविधिको ‘बन्दुक’

2020-09-17 मा प्रकाशित

मेचीनगर, १ असोज । बिर्तामोड–६ का रोहित लिम्बुले आफ्नो क्षमताको विकास गर्दै हात्ती धपाउन नयाँ प्रविधिको ‘बन्दुक’ निर्माण गरेका छन्।

जंगली हात्ती प्रभावित वडा नम्बर ६ स्थित शेर्मा टोल निवासी लिम्बुले बनाएको हात्ती रोधक प्रविधिको विहीबार सफल प्रयोग गरेका हुन् ।

वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा र वडा सदस्य पवित्रा कोइराला ढुंगानाको उपस्थितिमा गरिएको उक्त प्रयोग सफल भएसँगै उक्त प्रविधि हात्ती धपाउन निकै उपयोगी हुने ठहर गरिएको छ ।

दिनैपिच्छे हात्तीले दुःख दिन थालेपछि हात्तीपनि नमर्ने, ठूलो खर्च पनि नगरि हात्ती धपाउने उपायको खोजी गर्ने क्रममा आफूले उक्त प्रविधिको विकास गरेको लिम्बुको दावी छ ।

प्लाष्टिकको पाइप, सुपर ग्लु प्रयोग गरि बनाएको हात्ती रोधक बममा फलफुल पकाउन प्रयोग गरिने कार्पेटमा अलिकति पानी हालेर एकछिन हल्लाएपछि ग्यास लाइटको प्रयोग गरि बन्दुक पड्किदा निकै ठूलो आवाज आएको थियो । त्यही आवाजले हात्ती भाग्ने लिम्बुको भनाइ छ ।

आफूले बनाएको बमको प्रयोग दोस्रो पटक गरेको उनले बताए । केही दिनअघि शेर्मा टोलदेखि केही तलको क्षेत्रमा हात्ती आएका बेला सोही बन्दुक पड्काएको र त्यसपछि अहिलेसम्म हात्ती नआएको स्थानीयको भनाइ छ ।

युट्युवमा हेरेर विकास गरिएको प्रविधिलाई स्थानीय सरकारले सहयोग गरे उक्त प्रविधि निर्माण तथा प्रयोगका लागि आफूले तालिमसमेत दिन सक्ने लिम्बुको भनाइ छ ।

लिम्बुले विकास गरेको नयाँ प्रविधिको वडा र स्थानीय वन समूहको सहकार्यमा केही थान बनाएर स्थानीयलाई हात्ती नियन्त्रणका लागि उपलब्ध गराउने वडाध्यक्ष कन्दङ्वाले जानकारी दिए ।

सानो खर्चमा मानिस र हात्ती दुवैलाई कुनै हानी नहुने उक्त प्रविधिको प्रयोग गर्न अन्य हात्ती प्रभावित क्षेत्रका स्थानीय तह तथा वन समूहलाई पनि अध्यक्ष कन्दङ्वाले आग्रह गरेका छन् ।लोकतन्त्रबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु