झापामा आइतबार ४६ जनामा कोरोना संक्रमण पुष्टि

2020-10-18 मा प्रकाशित

मेचीनगर ।झापामा आइतबार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका वडा नं ४, ६, ११, १५ का ६ पुरुष र ३ महिलामा कोरोना पुष्टि भएको हो ।

संक्रमितहरु सबै स्थानीय रहेको मेचीनगर सामाजिक विकास समिति संयोजक नविन बरालले बताए ।संक्रमितहरुमा बिर्तामोडका ४ पुरुष र ३ महिला, दमकका ३ पुरुष र ३ महिला, भद्रपुरका १३ पुरुष र ४ महिला, कमलका १ पुरुष, अर्जुनधाराका १ पुरुष र १ महिला, झापा गाउँपालिकाका १ पुरुष, गौरादहका १ पुरुष र १ महिला, बाह्रदशी १ पुरुष रहेका छन् ।

झापामा कुल संक्रमितको संख्या १३३० पुग्दा ९३९ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने सक्रिय संक्रमितको संख्या ३७२ रहेकोे छ ।

झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु