काँकरभिट्टामा स्व. अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु

2021-01-14 मा प्रकाशित

काँकरभिट्टा १ माघ । मेचीनगरको काँकरभिट्टामा स्व. अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । तुर्केनी फुटबल क्लवको आयोजनामा सञ्चालित खेलमा
जिल्लाका ९ वटा टिमले सहभागिता जनाएका छन् । यहास्थित तुर्केनी खेल मैदानमा सुरु भएको उद्घाटन् खेलमा आयोजक टिम र डुडामारी युथ क्लव बीच प्रतिष्पर्धा भएको थियो । खेलमा डुडामारी युथ क्लवल  बिजयी भएको छ । खेलको सुरुमा निक्कै कडा प्रतिष्पर्धा भएपनि दोस्रो हाफको २० मिनेमा डुडामारी युथ क्लवले १ गोल गर्न सफल भएको थियो । आयोजक टिमले भने गोल गर्न सफल भएन् खेलको म्यान अफद मेन मनिस लिम्बू घोषित भए उनलाई आयोजक संस्थाका अध्यक्ष रामकुमार लिम्बू र काँकरभिट्टा फुटबल क्लबका अध्यक्ष गंगालाल गुरुङले ट्फि प्रदान गरेका थिए ।
तुर्केनी फुटबल क्लवका अध्यक्ष रामकुमार लिम्बूको सभापतित्व तथा १ नम्बर प्रदेश सभा सदस्य श्री प्रसाद मैनालीको प्रमुख आतिथ्य रहेको उद्घाटन् खेलमा स्व. अर्जन तामाङको तस्विरमा माल्यार्पण गरेर कार्यक्रम उद्घाट्न गरिएको थियो उनको तस्विरमा प्रमुख अतिथि मैनाली र स्वर्गिय तामाङका बुवा ईन्द्रबहादुर तामाङले माल्यार्पण गरेका थिए । कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले , जिल्ला खेलकुद विकास समिति झापाका पूर्व अध्यक्ष शंकर थापा , झापा जिल्ला फुटबल संघका महासचिव सेरबहादुर बस्नेत , राष्ट्यि प्रशिक्षक मिनबहादुर बस्नेत , मेचीनगर ६ का वडा सदस्य राजकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा आयोजक टिमलाई नाईटचेस क्लव र झापा जिल्ला फुटबव संघले २, २ वटा फुटबल प्रदान गरेका थिए । उक्त फुटबल आयोजक क्लबका अध्यक्ष लिम्बूलाई नाईट्चेस क्लवका अध्यक्ष सेरबहादुर बस्नेत र झापा जिल्ला फुट्बल संघका अध्यक्ष भगिरथ आलेले प्रदान गरेका थिए । भोलिको खेल रोलिङ फुटबल क्लव र बेलबारी फुट्बल क्लव बीच हुने आयोजक समितिले जनाएको छ । फुटबल खेलको राशी प््रथम हुनेले ५० हजार र दोस्रो हुनेले २५ हजार नगद पाउने छन् । उपाध्यक्ष दिलकुमार लिम्बूले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य निरुता कार्कीले गरेकी थिईन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु