गार्डेन फुटबल क्लव धरान बिजयी

2021-01-18 मा प्रकाशित

मेचीनगर,५ माघ । मेचीनगरको काँकरभिट्टामा जारी स्व। अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको सोमबार सम्पन्न खेलमा गार्डेन फुटबल क्लव धरान विजयी भएको छ । गार्डेन फुटबल क्लव धरान ररोलिङ फुटबल क्लव धुलाबारीबीच प्रतिस्पर्धा भएको थियो । खेलमा गोल रहित बराबरी भएपछि प्यालेन्टी सुटआउटमा धरान बिजयी भएको हो । प्यालेन्टी सुटआउटमा धरानले ५ गोल गरेको थियो भने रोलिङ फुटबल क्लव धुलाबारीले ४ गोल गरेको थियो ।
मेचीनगर–६ स्थित तुर्केनी खेल मैदानमा भएको खेलमा गार्डेन फुटबल क्लव धरानका खगेन्द्र भण्डारी म्यान अफ दि म्याच घोषित भए । उनलाई तुर्केनी फुटवल क्लवका प्रमुख सल्लाकार राजु गरुङले नगद सहित ट्रफि प्रदान गरे ।भोलिको खेल काँकरभिट्टा फुटवल ट्निङ सेन्टर र शिवसताक्षीधाम फुटबल क्लवबीच दिनको १३० बजे हुने आयोजक क्लवका सल्लाहकार डिल्लिराम अधिकारीले जानकारी दिए ।तुर्केनी फुटबल क्लवको आयोजनामा सञ्चालित प्रतियोगितामा ९ वटा टिमले सहभागिता जनाएका छन् ।प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार नगदसहित ट्रफि पाउने छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु