रिदम नेपालले खुट्टीडाँगीका विपन्नलाई दियो राहात

2020-05-12 मा प्रकाशित

खुट्टीडाँगी । रिदम नेपाल मेचीनगरको संयोजनमा खुट्टीडाँगी समाजले अति विपन्न परिवारलाई राहत दिनेगरी १ हजार ८० केजी चामल वडा कार्यालयलाई हस्तान्तरण गरेको छ ।

मेचीनगर वडा नं ९ का वडाध्यक्ष गोपाल खड्कालाई उक्त राहत वापतको चामल आज (मंगलवार) हस्तान्तरण गरिएको हो । प्राप्त चामल वडाभित्रका अति विपन्न परिवारलाई राहत स्वरुप उपलब्ध गराइने वडाध्यक्ष खड्काले बताए । वडाध्यक्ष खड्काले अबको राहत चुलो नबल्ने परिवारको पहिचान गरेर मात्रै वितरण गरिने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीय गरिब परिवारलाई राहत स्वरुप खान पुगोस् भन्ने हेतुले समाजसेवीहरुबाट स्वेच्छिक सहयोग संकलन गरिएको थियो । स्थानीय समाजसेवीबाट संकलित करिब ५० हजार बराबरको चामल वडा कार्यालयमा बुझाइएको क्लवका अध्यक्ष रुद्र रोक्काले बताए ।

लामो समयदेखि लकडाउन भइरहँदा यो बेला अति विपन्न परिवार समस्यामा परेका छन् । अभावको बेला उनीहरुलाई सकेजति मानवीय सहयोग गरिएको अभियन्ता प्रकाश चापागाईंले बताए ।

गरिबको घरमा चुलो बल्ने वातावरण बनाउन आफूहरु सधैँ तयार रहेको अर्का अभियन्ता कुमार तामाङले बताए । क्लवले राहत संकलनमा खटिने सदस्य तथा सहयोग गर्ने दानवीरहरुलाई धन्यवाद प्रकट पनि गरेको छ । मेचीनगरमा सो क्लव सामाजिक क्षेत्रमा सक्रिय छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु