मेचीनगर ८ को वडा भवन शिलन्यास

2021-02-18 मा प्रकाशित

मेचीनगर, ६ फागुन । मेचीनगर नगरपालिका ८ नम्वर वडा कार्यालयको भवन बिहीवार शिलन्यास गरिएको छ । भवनको शिलान्यास मेचीनगरपालिकाका नगर प्रमुख विमल आचार्यले गरेका थिए ।

करिव एक करोड २० लाख रुपियाँ लागतमा निर्माण हुन लागेको उक्त भवन ६ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष सिहित सुरु भएको हो । वडा कार्यालय भवनको शिलन्यास गर्दै नगरपालिका प्रमुख विमल आचार्यले वडा कार्यालयको भवन निर्माण भएपछि सेवा प्रवाह झनै प्रभावकारी हुने बताए ।यस वर्षभित्र तीनवटा वडा कार्यालयको आफ्नै भवन बनाउने लक्ष्य नगरपालिकाले लिएको जानकारी दिदै उनले क्रमिक रुपमा सबै वडा कार्यालयको भवन बनाउँदै जाने बताए ।नगर प्रमुख आचार्यले सेवाग्राहीको चहाना अनुसार नगरपालिकाले काम गरिरहेको भन्दै आगामी दिनमा पनि सेवाग्राहीकै चहाना र लक्ष्य अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले राजनीति स्वाःर्थ छाडेर नगरपालिकाले काम गरिरहेको चर्चा गर्दै आगामी दिनमा पनि स्वार्थ नराखेर काम गर्दै जाने स्पष्ट पारे ।कार्यक्रममा नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरपालिकाले सेवाग्राहीको भावनालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताईन । उनले वडा कार्यालयका भवन निर्माण भएपछि सेवा प्रवाह झनै प्रभावकारी हुने भन्दै यसका लागि निर्धारित समयभित्रै वडा कार्यालय भनव निर्माण गर्न पनि निर्माण व्यवसायिलाई आग्रह गरिन् ।

मेचीनगर–८ का वडा अध्यक्ष विकेन्द्र धिमाललले सेवाग्राहीका भावनालाई उच्च प्राथमिकतामा राखी वडाको आफ्नै कार्यालय भवन निर्माण गर्न लागिएको बताए ।शिलन्यास कार्यक्रममा मेचीनगर–८ का वडा सदस्यहरु सन्तोष मेचे, गंगा पाठक, खिला, नेकपा जिल्ला कमिटि सदस्य लालबहादुर थामी, हेम कार्की, नेकपा मेचीनगर– ८ वडा अध्यक्ष कुन्दन निरौला, सचिव बिष्णु भट्टराई, नेपाली कांग्रेस मेचीनगर–८ वडा सभापती गिरीराज धमला, जनता समाजवादी पार्टी मेचीनगर सहसचिव पवन मेचे, न्यायीक समिति मेचीनगर–८ संयोजक केदार गिरी, सदस्य डम्बर पुरी, धिमाल जाती विकास केन्द्र मेचीनगर अध्यक्ष चित्र धिमाल, समाजसेवी जगत गिरी, सूर्य अधिकारी, सेन्टरी युवा क्लबकी अध्यक्ष हेमा रायालगायतको उपस्थिति थियो ।मेचीनगर ८ का स्थानिय समाजसेवी जग्गादाता चन्द्रबहादुर बस्नेतले प्रतिभा टोलमा रहेको चार कठ्ठा ९करिब ६० लाख मुल्य बराबरको० जग्गा वडा कार्यालय निर्माणका लागि निःशुल्क उपलब्ध गराएका हुन ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु