पारिजात महिला विकास मञ्चको आयोजनामा नेतृत्व विकास तालिम सम्पन्न

2021-02-20 मा प्रकाशित

डम्बर बराल
मेचीनगर । मेचीनगर ८ स्थित पारिजात महिला विकास मञ्चको आयोजनामा शनिबार नेतृत्व विकास सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ ।
यहा स्थित मेची विद्योदय प्राविमा सम्पन्न तालिममा सो वडाका ३५ बढी महिलाहरुले सहभागिता जनाएका थिए । तालिममा सहभागिहरुलाई  सञ्चारकर्मी लीला अनमोलले नेतृत्व विकास पूर्व मानिसको ब्याक्तित्व विकास महत्व पूर्ण हुने बताईन । राज्य पुर्नर संरचना पछि महिलाहरुले राज्यको जुनसुकै ठाउमा नेतृत्व लिन सक्ने अवस्था आएको भन्दै उनले त्यसको लागि आफ्नो व्याक्तित्व विकास सँगै सवल नेतृत्वको लागि तयार हुनुपर्ने बताई । तालिममा सहभागिहरुलाई उत्प्रेरणा जगाउँदै अनमोलले आफुमा लुकेर रहेको प्रतिभा र क्षमतालाई मर्यादित र व्यवस्थित तरिकाले प्रस्तुत गर्न सक्नु क्षमता विकासको एउटा महत्वपूर्ण पाटो भएको बताउँदै नेतृत्व विकासको लागि ब्याक्तित्व विकास र उद्घोषण अतिमहत्वपूर्ण हुने बताईन ।
परिजात टोल विकास संस्थाकी अध्यक्ष मनकुमारी गिरीको सभापत्वि तथा मेचीनगर ८ का वडाध्यक्ष विकेन्द्र धिमालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि धिमालले सवल नेतृत्वको लागि तालिम महत्वपूर्ण हुने बताउँदै सिकेको कुरालाई ब्यवहारमा लागुगर्न अनुरोध गरे । उनले आगामी दिनमा थप प्रशिक्षणका कार्यक्रमलाई वडाले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने प्रतिवद्घता समेत व्यक्त गरे । कार्यक्रममा नेकपा मेचीनगर ८ का वडाध्यक्ष कुदन निरौला , नेपाली काँग्रेसका वडाध्यक्ष गिरिराज धमला लगायतले बोलेका थिए । सदस्य केन्द्र कुमारी गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव गोमा पोख्रलले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु