मेचीनगरले दियो नगरका पत्रकारलाई स्वास्थ्य सामाग्री

2020-05-17 मा प्रकाशित

मेचीनगर,४जेठ । मेचीनगर नगरपालिकाले मेचीनगर क्षेत्रमा रहेका पत्रकारहरुलाई स्वास्थ्य सामग्रीका वितरण गरेको छ । नगरपालिकाले स्वास्थ्य सामाग्रीको रुपमा एन ९५ मास्क, सेनिटाइजर र पन्जा वितरण गरेको हो ।
आइतबार नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, सामाजिक विकास शाखाका प्रमुख अनन्तप्रकाश वस्तीले नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटा र महासंघ पूर्व केन्द्रीय सदस्य मोहन काजीलाई मेचीनगरका पत्रकारहरुलाई वितरण गर्ने गरी पहिलो चरणमा उक्त स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका थिए ।
नगरपालिकाले पहिलो चरणमा नगरका ११ जना पत्रकारहरुलाई्र एन ९५ मास्क, सेनिटाइजर वितरणा गरेको र नगरमा रहेका सम्पूर्ण पत्रकारहरुलाई वितरण गरिने नगरप्रमुख आचार्यले बताए ।
नगरपालिकाले , नगरबाट प्रकाशित हुने पत्रिका वितरण गर्ने १९ जना वितरकहरुलाई राहतका रुपमा खाद्यान्न सामग्री दिने भएको छ ।
त्यस्तै नगरबाट प्रकाशित हुने दैनिक पत्रिका, साप्ताहिक पत्रिका, रेडियो तथा अनलाइन संस्करणहरुलाई पनि लोक कल्याणकारी विज्ञापन बापतको रकम भुक्तानी गर्ने मेचीनगरपालिकाले जनाएको छ ।
लकडाउनको समयमा पनि नागरिकलाई दिनरात नभनी सूचना प्रदान गर्न मेचीनगरका सञ्चारकर्मीहरुको उल्लेखिय भूमिका खेलेको भन्द्रै मेचीनगर उपप्रमुख मीना उप्रेतीले पत्रकार तथा सञ्चारकर्मीको प्रशंसा गरीन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु