मेचीनगरमा मेची चेम्बर अफ कमर्स गठन, अध्यक्षमा बोहोरा

2020-07-02 मा प्रकाशित

मेचीनगर,१८ असार । मेचीनगरमा बिहीबारमेची चेम्बर अफ कमर्स गठन भएको छ ।

धुलाबारीमा आयोजित एक कार्यक्रमकावीच मेची चेम्बर अफ कमर्सको तदर्थ समिति गठन भएको हो ।

धुलाबारीका व्यवसायी ललितकुमार बोहोराको संयोजकत्वमा १३ सदस्यीय नयाँ तदर्थ समिति गठन भएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा पवनकुमार उप्रेती, उपाध्यक्षमा असोक विष्ट, उपाध्यक्षमा कृष्ण भण्डारी, महासचिवमा रुद्र खनाल, सहसचिवमा जीवन सापकोटा सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा जेसिका उप्रेती, बलभद्र खड्का काजी, धर्मिला भण्डारी ९उर्मिला०, मोहन श्रेष्ठ, राजेश वंशल, हेमन्त पौडेल र चन्द्र र्घोसाई चयन भएका छन् ।
चेम्बर अफ कमर्स प्रदेश नम्बर १ का अध्यक्ष राजेन्द्र घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चेम्बर अफ कमर्स झापाका वरिष्ठ उपाध्यक्ष सुभास भट्टराई, महासचिव प्रदिप खरेल, सचिव विरोध सुवेदी लगायतको सहभागिता रहेको थियो ।

प्रमुख अतिथि घिमिरेले व्यवसायीहरुको संघ संगठनमा बसेर राजनीति गर्ने होइन व्यवसायीहरुको सुरक्षा र हितमा काम गर्नु पर्ने दावी गरे ।
नयाँ तदर्थ समितिका अध्यक्ष बोहोराले आफ्नो प्रतिबद्वता सहितको मन्तब्य व्यक्त गरेका थिए ।

चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमलीको सभापतित्व एवम् उपाध्यक्ष याम विमलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
नयाँ गठन भएको मेची चेम्बर अफ कमर्सका अध्यक्ष बोहोरा बुधबार मात्रै मेची उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य पदबाट राजीनामा दिएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु