सहकारी विकास बोर्डको सदस्यमा उप्रेती

2020-07-28 मा प्रकाशित

मेचीनगर–नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवम् सहकारी अभियान्ता रामचन्द्र उप्रेती राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी सदस्यपदमा नियुक्त भएका छन् । उप्रेती २०७७ असार २२ को मन्त्रिस्तरीय निर्णयबाट आगामी दुई वर्षका लागि बोर्डको सदस्यमा नियुक्त नियुक्त भएका हुन ।
उप्रेतीलाई प्रदेश १ को प्रतिनिधित्व हुने गरी नियुक्त गरिएको सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

सहकारी अभियन्ता उप्रेती यसअघि बोर्डको सल्लाहकार सदस्य थिए । राष्ट्रिय सहकारी संघमा पनि उप्रेतीले दुई कालकाल सदस्यको जिम्मेवारी पूरा गरिसकेका छन् ।उप्रेती बोर्डको सदस्यमा नियुक्ती भए सँगै सहकारी क्षेत्रको बिकासमा थप सफलता मिल्ने सहकारी अभियान्ताहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु