झापाको मेचीनगर सहित प्रदेश एकका २० स्थानीय तह ‘रिस्क जोनमा

2020-07-30 मा प्रकाशित

झापा ।प्रदेश १ सरकारले भारतसँग सीमा जोडिएका प्रदेश १का २० स्थानीय तहलाई ‘रिस्क जोन’ ९जोखिमयुक्त क्षेत्र० मा राखेको छ । कोरोनाको जोखिम कम भएको भन्दै सरकारले ७ साउनबाट लकडाउन अन्त्यको घोषणा गरेको थियो । तर, प्रदेश १ को राजधानी बिराटनगरमा भने सोही दिनदेखि कोरोना संक्रमण समुदायमा पुगेको भेटियो।

यो सँगै प्रदेश १ सरकारले कोरोना संक्रमण फैलन सक्ने उच्च जोखिममा  भारतसँग सीमा जोडिएका चार जिल्लाका २० वटा स्थानीय तहलाई ‘रिस्क जोन’ ९जोखिमयुक्त क्षेत्र० मा राखेको हो ।

भारतमा संक्रमण दर उच्च छ । खुला सीमा भएका कारण संक्रमण फैलनसक्ने जोखिम रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले बताए । उनका अनुसार मोरङका ६, सुनसरीका ५, झापाको ५ र इलामका चारवटा स्थानीय तह जोखिममा छन् ।

प्रदेश सरकारले मोरङको बिराटनगर महानगरपालिका, जहदा र धनपालथान गाउँपालिकालाई उच्च जोखिममा राखेको छ । त्यस्तै भारतसँग सीमा जोडिएका रंगेली, सुनबर्सी र रतुवामाई नगरपालिका जोखिममा छन् ।

सुनसरीका कोशी, भोक्राहा नर्सिङ, हरिनगर, कप्तानगञ्ज, बर्जु जोखिममा छन् ।

झापाको मेचीनगर, भद्रपुर, कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिका जोखिममा छन् ।

त्यस्तै इलामको रोङ, सूर्योदय माइजोगमाई र सन्दकपुर जोखिमको सूचीमा छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु