कृषि कर्ममा भविष्य खोज्दै मेचीनगरका दुई बेघा दाजुभाइ

2020-08-04 मा प्रकाशित

डम्बर बराल

धुलाबारी,२०साउन । मेचीनगर ९ मागुरमाडीका दुई बेघा दाजुभाइ यतिखेर धेरैका लागि उदाहरणीय बन्दै गएका छन् । कृषि पेशामा भविष्य छैन भनेर बिदेसिनेहरुका लागि उनीहरु दर्बिलो उदाहरण बन्ने गरेका छन् ।
आफूले अपनाएको बहुआयामिक कृषि पेशाबाट परिवारको सामान्य आवश्यकता पुरा हुने मात्र होइन उनीहरुले राम्रौसँग बचतसमेत गर्न भ्याएका छन् । दाजु बमबहादुर बेघा यसअघि उनी सामाजिक क्षेत्रमा व्रिmयाशील थिए । लामो समयसम्म मागुरमाडी सामुदायिक वन बिट नम्बर १ को अध्यक्षको जिम्मेवारी सम्हालेका उनी विगत एक वर्षदेखि वनबाट फुर्सद पाएसँगै आफ्नो सम्पूर्ण समय कृषि कर्ममा खर्चिएका छन् । हरेक दिन बिहानदेखि बेलुकासम्मै कोठेबारीमा भेटिन्छन् उनी ।

बारीको कुनै कुना बाँझो र खाली छैन । बारीमा काँक्रा, करेला, घिरौलालगायत धेरै किसिमका तरकारी खेती गर्दै आएका छन् उनी । “तरकारी खेतीबाट आम्दानी मात्रै होइन शरीर पनि स्वस्थ हुँदो रहेछ” उनले भने, “हाम्रो काम देखेर यस क्षेत्रका धेरैले व्यावसायिक कृषि पेशालाई अपनाउन थालेका छन् ।” आफूले उत्पादन गरेको तरकारी स्थानीय बजार धुलाबारी र बिर्तामोडसम्म पु¥याउने गरेको उनले बताए । बेघाले यस वर्षदेखि माछा पोखरी निर्माण गरेर माछा पालनसमेत सुरु गरेका छन् ।
त्यस्तै उनका भाइ दधिेराम बेघाको कृषि कर्म देख्नेहरु जो कोही पनि विदेश जाने मोह त्यागेर फर्कने गरेका छन् । आफ्नो १० कठ्ठा क्षेत्रफलमा आम्दानीका धेरै बाटाहरु सिर्जना गरेका छन् उनले । सुपारी खेती, त्यसबीचमा केरा खेती । चारैतिर कम्पाउन्ड घेरेर त्यसभित्र लोकल कुखुरा र सँुगुर फर्म बनाएका उनले पूर्वी भागमा दुई कठ्ठा क्षेत्रफलमा यसै वर्षदेखि सुरु भएको माछा पोखरी हेर्दा रमितलाग्दो देखिन्छ । यस्ता विभिन्न कुराले गर्दा उनको कृषि फर्म आकर्षक देखिन्छ । बेघाले चारैतिर लगाएको तारजालीमा विभिन्न किसिमका तरकारी खेती गरेका छन् । परिवारलाई सुख दिन र आफ्नो व्यवहारलाई सहज बनाउन २३ वर्षसम्म वैदेशिक रोजगारीका क्रममा कतारमा कडा मेहनत र संघर्ष गरेका बेघा १६ महिनाअघि घर फर्किए । उनले विदेश जाने सोच यतिखेर मनैबाट हटाएका छन् ।
उनका छोरा अभिनसमेत ७ महिना अष्टे«लियामा बिताएर घर फर्किका छन् । हाल उनी बुवाको काममा सहयोगी बनिरहेका छन् । उनले भने, “बाबुछोरा काममा खट्छौँ, पैसाको अभाव छैन ।” विदेशमा जस्तोसुकै काम गर्न तत्पर हुने तर आफ्नो देशमा सानोतिनो काम नगर्ने सोचका कारण देश हरेक कुरामा परनिर्भर बनेको उनको भनाइ छ । बेघाले सुँगुर फर्मबाट वार्षिक ३ लाख, कुखुराबाट १ लाख ५० हजार, केरा खेतीबाट १ लाख ८० हजार सुपारी बिक्रीबाट ५० हजार बचत गर्न भ्याएका छन् । उनको हालको आम्दानी खर्च कटाएर ६ लाख ८० हजार हुने गरेको छ ।


बेघाले लगाएको तरकारी खेतीको आम्दानीले घरमा तेल मरमसलामात्र धानेको छैन आम्दानीको थप स्रोत पनि बन्न पुगेको छ । तरकारी किन्न घरमा व्यापारीहरु पुग्ने गर्छन् । दधिरामले यस वर्षदेखि तरकारी खेती तथा केरा खेती पनि बढाउने योजना रहेको बताए । उनले भने, “विदेशमा खर्चने श्रम र सिप यहीँको माटोमा लगाउने हो भने यहाँ सुन फल्ने रहेछ तर त्यसको लागि सरकारले समेत कृषकलाई सहयोग पु¥याउनुपर्छ ।”
कृषि पेशामा भविष्य नदेखेकै कारण धेरै युवा जनशक्ति बिदेसिने क्रमले निरन्तरता पाउँदै आएको छ । तर पछिल्लो समय विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विदेश पलायनलाई निरुत्साहित मात्र गरेको छैन व्यावसायिक कृषि उत्पादनमा लाग्न प्रेरितसमेत गरेको छ । अन्य पेशा र व्यवसायभन्दा भरपर्दाे र दिगो पेशा कृषि नै हो भन्ने मनसायमा यतिखेर युवा जनशक्ति पुगेको छ । गाँउ फर्क अभियानमा पुगेको युवा जनशक्तिलाई प्रोत्साहित गर्न सरकारले कृषि क्षेत्रमा पर्याप्त लगानी गर्न आवश्यक छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु