मेची अञ्चल अस्पतालमा सुरुभयो कोरोना उपचार

2020-08-04 मा प्रकाशित

भद्रपुर, २० साउन । झापाको भद्रपुर स्थित मेची अञ्चलअस्पतालमा कोरोनाको उपचार र नमुना परीक्षण सुरु भएको छ ।

सोमवारदेखि कोरोनाको नमुना परीक्षण र सङ्क्रमितको उपचार समेत थालिएको छ ।उक्तपीसीआर मेसिनमा प्रदेश नं। १ सरकारले अस्पताललाई उपलब्ध गराएको थियो ।

अस्पतालको आइसोलेसनमा सङ्क्रमितको उपचार र पीसीआर प्रयोगशालामा कोरोनाको नमुना परीक्षण भइरहेको अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले बताएका छन् ।

विर्तामोड र अर्जुनधाराका ५ जना कोरोना सङ्क्रमितलाई ल्याएर आइसोलेसनमा भर्ना गरिएको र उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए ।

यहाँ भइरहेको कोरोना परीक्षणको नमुनालाई हाल विराटनगरस्थित प्रदेश प्रयोगशालामा लगेर भेरिफाई गरेर मात्र सार्वजनिक गरिने र भोलि ९बुधवार०देखि सम्भवतः नियमित परीक्षण सुरु गरिने अस्पतालका अध्यक्ष पोर्तेलले जानकारी दिएका छन् ।

अस्पतालमा यसअघि आइसोलेसन रहे तापनि सङ्क्रमितलाई राख्ने गरिएको थिएन । तर प्रदेश सरकारले आवश्यक सहयोग र सुविधा दिने भएपछि सङ्क्रमितको उपचार समेत गर्न थालिएको हो । प्रदेश सरकारले हालै २ वटा भेन्टिलेटर समेत अस्पताललाई दिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु