Author: मेची आवाज डेक्स

बाँसबारी सामुदायिक वनको अध्यक्षमा प्रसाई र तामाङबीच प्रतिष्पर्धा हुने

मेचीनगर, १७ फागुन । बाँसबारी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा अम्बिका मैनाली प्रसाईं र भक्त तामाङ बीच प्रतिष्पर्धा हुने भएको छ । प्रसाईं नेकपा एमालेबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएकी छिन् भने तामाङले नेपाली काँग्रेस समूहबाट अध्यक्ष पदमा उम्मेद्वार बनेर चुनावी मैदानमा होमिएका छन् । निर्वाचन यही फागुन २० गते शनिबार निर्वाचन हुँदैछ। नयाँ समितिका लागि […]

पूरा पढ्नुहोस्

जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताकोउद्घाटन खेलमा आयोजक विजयी

कनकाई, १८ फागुन ÷नारी दिवसको अवसर पारेर झापाको कनकाईमा संचालन भएको जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कनकाई महिला फुटबल क्लवले विजयी सुरुवात गरेको छ । सातौं संस्करणका रूपमा कनकाई नगर खेलकुद विकास समिति सह–आयोजक रहेको प्रतियोगिता कनकाई खेलकुद प्रतिष्ठान(कासा)ले संचालन गरेको हो । प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको बताइएको छ । अन्तर्राष्ट्रिय […]

पूरा पढ्नुहोस्

प्रदेश १ को नाम अब कोशी

मोरङ । प्रदेश १ को नाम कोशी प्रदेश प्रदेशसभाबाट पारित भएको छ । कोशी प्रदेशको पक्षमा ८२ जना प्रदेश सांसदले मतदान गरेका थिए भने विपक्षमा ४ जना प्रदेश सांसदले मतदान गरेको र ६ जना अनुपस्थित रहेका थिए । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेश सांसद कमलप्रसाद जबेगुले संयुक्तरूपमा संशोधन प्रस्ताव दर्ता […]

पूरा पढ्नुहोस्

ब्रामण्ड अपांग र महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रक्तदान

झापा, १७ फागुन । ब्रामण्ड अपांग र महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा रेडक्रस सोसाईटी भद्रपुर शाखाको प्राविधिक सहयोगमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा २६ जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्। संस्थाका अध्यक्ष सचिन निरौलाले संस्थाले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र झापा रगत अभाव देखिएको हुनाले रक्तदान […]

पूरा पढ्नुहोस्

मेचीनगर २ स्थित शिव पाञ्चायन मन्दिरमा भक्तजनहरुको घुइचो

बाहुनडाँगी । मेचीनगर –२ स्थित शिव पाञ्चायन मन्दिरमा आयोजित श्रीमद् भागवत महापुराणमा भक्तजनहरुको घुइचो बढेको छ । फागुन १२ गते शुक्रबारदेखि सुरु भएको पुरानमा हरेक दिन भक्तजनहरुको संख्या बढ्दै गएको पुराण आयोजक समितिका सचिव धर्मानन्द निरौलाले जानकारी दिए । धर्मसंस्कृतिको संरक्षण गर्न तथा शिवपाञ्चायन मन्दिर निर्माणर्थ आयोजित पुराणमा स्थानीय तथा बिभिन्न क्षेत्रबाट सहभागि भक्तजनहरुले सहयोग […]

पूरा पढ्नुहोस्

प्रथम भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

भद्रपुर १६ फागुन । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४– ३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । जितसँगै आर्मीले नगद १३ लाख पाएको छ । उपविजेता बनेको मछिन्द्रले ७ लाखमा चित्त बुझाएको छ । टाइब्रेकरमा […]

पूरा पढ्नुहोस्

सरकारबाट बाहिरियो एमाले

काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सोमबार पार्टी मुख्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो। बैठकको निर्णय जानकारी गराउँदै उपाध्यक्ष विष्णु पौडेलले समसामयिक विषयमा बैठकमा छलफल भएको जानकारी दिए। अघिल्लो सचिवालय बैठकमा सरकारबाट नबाहिरिने निर्णय गरेको एमालेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झन् चिढ्याउँदै गएका थिए। उनले हिजो […]

पूरा पढ्नुहोस्

बिर्तामोड महोत्सवको समयअवधि ३ दिन थपियो

बिर्तामोड, १५ फागुन । बिर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको सयम अवधि तीन दिन थप गरिएको छ । उपभोक्ता र अबलोकन कर्ताको आग्रहलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले मेलाको समय अवधि तीन दिन थप गर्ने निर्णण गरेको महोत्सव मूल आयोजक समिति संयोजक राजु न्यौपानेले बताए । गत फागुन ५ गतेदेखि सञ्चालित महोत्सव अब फागुन १८ […]

पूरा पढ्नुहोस्

मेचीनगरमा नाट्य उत्सव सुरु

मेचीनगर, फागुन १४ । काँकरभिट्टामा विद्यालय स्तरीय नाट्य उत्सव शुरु भएको छ । परिवर्तन थिएटरको आयोजनामा “प्रथम मेचीनगर स्तरीय स्कुल नाट्य उत्सव” मेची सामुदायीक भवनमा रहेको रंगमञ्चमा शुरु भएको हो । नाट्य उत्सवको शुरुमा काँकरभिट्टा माविका विद्यार्थीहरुले तयार पारेको नाटक मञ्चन गरिएको छ । ‘चेतना’ नाम दिइएको उक्त नाटक विद्यालयका ८ जना विद्यार्थीले प्रस्तुत गरेका […]

पूरा पढ्नुहोस्

पारिजात पब्लिक स्कुलको २३ औँ वार्षिकोत्सव सम्पन्न

बाहुण्डाँगी । मेचीनगरको शैक्षिक क्षेत्रमा बेग्लै पहिचान बनाएको पारिजात पब्लिक स्कुल मेचीनगर ९ को २३ औँ वार्षिकोत्सव शनिवार सम्पन्न भएको छ । विद्यालयमा आयोजित बृहत साँस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम सहित बार्षिकोत्सव सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहितकुमार ढुङ्गानको सभापतित्व तथा मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ४ जना […]

पूरा पढ्नुहोस्