Author: मेची आवाज डेक्स

बौद्धमोड विकास संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न

डम्बर बराल बौद्धमोड । मेचीनगर –२ स्थित बौद्धमोड विकास संस्थाको १० औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । अधिवेशन सहितको साधारण सभा भएपनि बन्द सत्र पछि नयाँ नेतृत्व चयन प्रक्रिया भने बिभिद कारणले अघि बढ्न सकेन । नयाँ समिति नबन्ने भएपछि आगामी ६ महिना सोही समितिले काम गर्न बन्द सत्रले समितिलाई अनुमोदन गरेको […]

पूरा पढ्नुहोस्

एमालेविरुद्ध गतिविधि गर्ने सचिवालय सदस्यदेखि पूर्व नगरप्रमुखसम्म कारवाहीमा

विर्तामोड २७ असोज  । आगामी मंसिर ४ मा हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा पार्टीको निर्णय विरुद्घ स्वतन्त्र तथा अन्य दलको चुनाव चिन्हमा उम्मेदवारी घोषणा गरेका एमाले जिल्ला तहका नेता कार्यकर्तालाई पार्टीले कारवाही शुरु गरेको छ । नेकपा एमाले जिल्ला कमिटी झापाले विहीबार विज्ञप्ती जारी गदैं पार्टी विरोधी गतिविधि गर्ने पार्टी निर्णयको पक्षमा दृढताका साथ […]

पूरा पढ्नुहोस्

उम्मेदवार तथा राजनीतिक दलले गरेको खर्च तथा आचारसंहिता पालना भए नभएको अनुगमन प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागले गर्ने

झापा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित बनाउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा थप कडाइ गर्दे लगेको छ । आयोगले उम्मेदवार तथा राजनीतिक दलले गरेको खर्च तथा आचारसंहिता पालना भए नभएको अनुगमन गर्न प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागलाई जिम्मेवारी दिने निर्णय गरेको […]

पूरा पढ्नुहोस्

कनकाई खबर साप्ताहिक पाँचौं वर्षमा

कनकाई, २६ असोज ÷ झापाको धार्मिक तथा पर्यटकीय नगर कनकाईबाट चार वर्ष अघि मात्र आफ्नो यात्रा प्रारम्भ गरेको कनकाई खबर साप्ताहिक पाँचौं वर्षमा प्रवेश गरेको छ । आफ्नो चार वर्षे यात्रा सफलतापुर्वक पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको कनकाई खबरले छोटो समयमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको पत्रिकाका सम्पादक ÷प्रकाशक रामप्रसाद निरौला बताउँछन् […]

पूरा पढ्नुहोस्

उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

काठमाडौं,२६ असोज । निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न साविककै हुनेछ भने स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले कुनै एउटा चिह्न रोज्न लगाउने छ । निर्वाचन चिह्न वितरण गर्ने समय आज अपराह्न ४ बजेदेखि बेलुका ७ बजेसम्म निर्धारण […]

पूरा पढ्नुहोस्

पार्टीमा बसेर गडबडी गर्ने छुट काङ्ग्रेसका कुनै पनि नेताकार्यकर्तालाई छैनः महामन्त्री शर्मा

मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा बसेर गडबडी गर्ने छुट काङ्ग्रेसका कुनै पनि नेताकार्यकर्तालाई नभएको बताएका छन् । धुलाबारीमा मंगलबार आयोजित अर्जुनदृष्टि अभियान कार्यक्रममा बोल्दै शर्मालेले सो कुरा बताएका हुन् । वैशाख ३० को जस्तो गडबडी मंसिर ४ माकसैले गरे त्यो ठिक नहुने उनले चेतावनीसमेत दिए ।” वैशाख ३० मा गडबडी गरेकै हो, […]

पूरा पढ्नुहोस्

साथीको हत्या गरेको आरोपमा तीन जना फक्राउ

झापा । तास खेलेको विषयमा हार जीत हुँदा आफ्नै साथीको हत्या गरेको आरोपमा झापा प्रहरीले तीन जनालाई पक्राउ गर्दै आज सार्वजनिक गरेको छ । अर्जुनधरा नगरपालिका ११ स्थित नयाँ बसपार्कमा २५ वर्षीय नबिन्द्र गुरुङको हत्या गरेको आरोपमा प्रहरीले महिला सहित तीन जनालाई पक्राउ गर्दै आज सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेका आरोपीहरुमा इलाम –१ […]

पूरा पढ्नुहोस्

राजन चिमरियाले दिए स्वतन्त्रबाट उम्मेद्वारी

मेचीनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि झापा क्षेत्र नम्बर १ बाट राजन चिमरियाले स्वतन्त्रबाट उम्मेद्वारी दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्रका मेचीनगर अध्यक्षसमेत रहेका राजन चिमरियाले झापा क्षेत्र नं. १ मा प्रदेश सभा सदस्य ‘ख’ मा चिमरियाले माओवादी केन्द्रबाट टिकट नपाएपछि स्वतन्त्रबाट प्रदेश सभा सदस्य ‘ख’ मा उम्मेद्वार […]

पूरा पढ्नुहोस्

झापा क्षेत्र नंं.४ मा दुई महिलासहित ४३ जनाको उम्मेद्वारी मनोनयन

कनकाई  । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा झापाको क्षेत्र नं.४ बाट दुई महिलासहित ४३ जनाको उम्मेद्वारी मनोनयन भएको छ । हालै राप्रपामा प्रवेश गरेकी महिला उम्मेद्वार खुश्वु ओलीले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्रबाट आफ्नो उम्मेद्वारी दर्ता गराएकी छन् । यस अघि देखि नै सोही पदकालागि आकांक्षी बनेकी ओलीलाई पार्टीले […]

पूरा पढ्नुहोस्

झापा–१ मा ३४ जना उम्मेद्वार

मेचीनगर, २३ असोज । झापा क्षेत्र नं। १ मा प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा ३४ जना उम्मेद्वारले मनोनयन पत्र दर्ता गराएका छन् । आइतबार सम्पन्न उम्मेद्वार मनोनयन दर्ता पत्रमा प्रतिनिधि सभा सदस्यमा १६, प्रदेश सभा सदस्य ‘क’ मा ६ जना र प्रदेश सभा सदस्य ‘ख’ मा १२ जना गरी जम्मा ३४ जनाले उम्मेद्वारी दर्ता गराएका […]

पूरा पढ्नुहोस्