Author: मेची आवाज डेक्स

काठमाडौंमा हैजाका बिरामीको संख्या १७ पुग्यो

काठमाडौं,१७ असार। काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १७ पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुम्मन लाल दासका अनुसार शुक्रबार कागेश्वरी मनोहरामा थप एक जनामा हैजा देखिएसँगै बिरामीको संख्या १७ पुगेको हो । हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चार र पाटन अस्पतालमा एक गरी पाँच जना हैजाका बिरामीको उपचार भइरहेको […]

पूरा पढ्नुहोस्

बालकल्याण माविलाई खानेपानी हस्तान्तरण

काँकरभिट्टा, १७ असार । रोटरी इन्टरनेश्नल डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको सन् २०२२÷२०२३ को नयाँ नेतृत्वले विद्यालयलाई खानोपानी आयोजना हस्तान्तरण गरेर आफ्नो पदभार ग्रहण गरेको छ । सन् २०२१÷२०२२ को आयोजना अन्तर्गत बाल कल्याण माध्यमिक विद्यालय मेचीनगर–५ मा निर्माण गरिएको नवनिर्मित शुद्घ पिउने पानी परियोजना शुक्रबार सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेर समितिले […]

पूरा पढ्नुहोस्

बाढीको वितण्डा ः भद्रपुरमा पक्की पुल बग्यो

भद्रपुर, १५ असार । झापा सदरमुकाम भद्रपुरको वडा नं. १० मा सेती खोलाले पक्की पुल बगाएको छ । देउनिया पुल उत्तरतिरबाट चन्द्रगढ जाने सडकमा रहेको सो पुल मंगलवार बाढीले भत्काएपछि आवागमन बन्द भएको वडाध्यक्ष काजी खड्काले जानकारी दिए । सो स्थानमा फेरि पुल बनाउन लगभग एक करोड रुपैयाँ लाग्ने उनको भनाई छ । खोलामा पानीको […]

पूरा पढ्नुहोस्

देशलाई कृषिमा आत्मनिर्भर बनाउन बैज्ञानिक र व्यवसायिक कृषिमा जोड दिनु पर्छ ः कोइराला

चारआली, १५ असार । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा सहइन्चार्ज रविन कोइरालाले देशलाई कृषिमा आत्मनिर्भर बनाउन बैज्ञानिक र व्यवसायीक कृषि प्रणाली अपनाउनु पर्ने बताएका छन् । आज मेचीनगर–१३ स्थित तेलीबारीमा अखिल नेपाल किसान महासंघ मेचीनगर कमिटीले आयोजना गरेको १९ औँ राष्ट्रिय धान दिवसको अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोइरालाले सो कुरा बताएका हुन् […]

पूरा पढ्नुहोस्

अविरल बर्षाको कारण झापामा २ सय घर ढुवानमा, सयौं घर बाढीको उच्च जोखिममा

झापा, १४ असार । अविरल रुपमा आएको बर्षाका कारण झापामा २ सयभन्दा बढी घर डुबानमा परेका छन् । मेची, रतुवा, मावा, कमल, कन्काई लगायतका नदीमा पानीको सतह बढेसँगै यहाँका बस्ती र घर डुबानमा परेका हुन् । गौरादह–६ तेलिया डाँगीमा रतुवा खोला पसेर बाढी आउँदा वडानम्बर ४ र ५ का ५० घर डुबानमा परेका छन् । […]

पूरा पढ्नुहोस्

हस्पिटलका कर्मचारी ओछ्यानमै मृत भेटिए

विर्तामोड, १४ असार । पूर्णटुंग विर्तासिटी हस्पिटलमा ‘ट्रली ब्वाइ’को रुपमा काम गर्दै आएका एक कर्मचारी ओछ्यानमै मृत भेटिएका छन् । हस्प्टिलका कर्मचारी ५१ वर्षीय डिल्लीराम बाँस्कोटालाई हस्पिटल परिसरमै रहेको क्वाटरमा मंगलवार बिहान मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार गौरादह नगरपालिका वडा नं। ३ निवासी बाँस्तोला ड्युटी समयमा नउठेपछि उठाउन जाँदा मृत […]

पूरा पढ्नुहोस्

नेपाल डेरी एसोशिएसनको बरिष्ठ उपाध्यक्षमा मेचीनगरका चिमरिया

झापा,१३ असार । नेपाल डेरी एसोशिएसन केन्द्रिय समितिको बरिष्ठ उपाध्यक्षमा मेचीनगरका राजन चिमरिया चयन भएका छन् । असार १० र ११ गते हेटौंडमा सम्पन्न नेपाल डेरी एसोशिएसनको २२ साधारण सभा तथा ८ औं केन्द्रिय महाधिवेशनबाट मेचीनगर १२ स्थित रितिका डेरी उद्योगका सञ्चालक चिमरिया बरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । चिमरिया यस अघि एसोशिएसनको प्रथम […]

पूरा पढ्नुहोस्

झापा गाउँपालिकामा गरीवका लागि ६०३ वटा घर निर्माण

झापा, १३ असार । सहारा नेपाल, ह्याबिटाट नेपाल र झापा गाउँपालिकाको त्रिपक्षीय साझेदारीमा झापा गाउँपालिकामा विपन्नका लागि ६०३ वटा आवासगृह निर्माण गरिएको छ । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजना अन्तरगत तीन संस्थाले सन् २०१९ देखि झापा गाउँपालिकामा गरीवका लागि घर बनाउने अभियान सुरु गरेका थिए । सन् २०१९ मा ७० वटा, २०२० मा […]

पूरा पढ्नुहोस्

उत्कृष्ट सिमेन्ट कंक्रिट उद्योग बुद्धशान्तिको नयाँ मूल्य सूची

पूरा पढ्नुहोस्

लागूऔषधको दुव्र्यसनमा फसेकाहरुलाई सुधार्न घरबाटै अभियान थाल्नु पर्छ ः नगरप्रमुख बुढाथोकी

मेचीनगर, १२ असार । मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र बुढाथोकीले लागूऔषधमा फसेका युवा–युवतीलाई सुधार्ने पहिलो उपाय घरबाटै अभियान सुरु गर्नु पर्ने बताएका छन् । आइतबार काँकरभिट्टामा मेची सामुदायिक प्रहरी सेवा केन्द्र र मेचीनगर नगरपालिकाको आयोजनामा भएको लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा प्रमुख अतिथि बुढाथोकीले यस्तो कुरा बताएका हुन् । उनले लागूऔषधमा […]

पूरा पढ्नुहोस्