Author: मेची आवाज डेक्स

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी दरमा बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ । खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ […]

पूरा पढ्नुहोस्

झापा गोल्डकपको सम्पूर्ण तयारी पूरा

बिर्तामोड, १९ फागुन । झापा गोल्डकप फुटबलको अन्तिम तयारी पूरा भएको छ । शनिबार सुरु हुने गोल्डकपका लागि टिम व्यवस्थापन, मैदान, प्यारापिट निर्माण लगायतका सम्पूर्ण काम सम्पन्न भएको आयोजक झापा गोल्डकप समितिले जनाएको छ । पाँचौं संस्करणको गोल्डकप फागुन ३० गतेसम्म सञ्चालन हुनेछ । गोल्डकपका लागि करिब दुई महिना लगाएर मैदान बनाइएको छ । मैदानमा खेलाडीलाई सहयोग पुग्नेगरी घाँस […]

पूरा पढ्नुहोस्

पत्रकार निरौलाले गरे ‘रोटरी उत्कृष्ट पत्रकारीता पुरस्कार’ को घोषणा

कनकाई, १९ फागुन। झापाको कनकाई ७ निवासी पत्रकार रामप्रसाद निरौलाले रोटरी उत्कृष्ट पत्रकारीता पुरस्कारको घोषणा गरेका छन् । पत्रकारीताको माध्यमबाट समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका निरौला विगत १२ वर्षदेखि निरन्तर रुपमा पत्रकारीता पेशामै क्रियाशिल रहँदै आएका छन् । निरौला झापाको कनकाई नगरबाट प्रकाशित कनकाई खबर साप्ताहिकका सम्पादक÷ प्रकाशक साथै कनकाई खबर डटकम न्युज पोर्टलका […]

पूरा पढ्नुहोस्

पूर्वीद्वार सहकारीद्वारा मेचीनगरमा बाल क्लब गठन ,अध्यक्षमा अधिकारी

मेचीनगर, १८ फागुन । पूर्वीद्वार वचत तथा ऋण सहकारी संस्थाले मेचीनगरमा बाल क्लब गठन गरेको छ । मंगलबार संस्थाको प्रधान कार्यालय धुलाबारीमा एक कार्यक्रमको आयोजना गरेर बाल क्लब मेचीनगर गठन गरेको हो । बाल क्लब मेचीनगरको अध्यक्षमा आश्रय अधिकारी सर्वसम्मत चयन भएका छन् । अधिकारी खुट्टीडाँगी सेवा केन्द्र अन्तरगत बाल क्लबका अध्यक्ष समेत हुन् । […]

पूरा पढ्नुहोस्

मेचीनगरमा सामुदायिक कुकुरको बन्ध्याकरण शिविर शुरु

aमेचीनगर।  मेचीनगर नगरपालिकाले आफ्ना हरेक वडामा छरिएर रहेका सामुदायिक कुकुरको नियन्त्रण र व्यवस्थापनको लागि मानवीय तरिकाले तीनदिने सामुदायिक कुकुरको बन्ध्याकरण शिविर मंगलबारबाट शुरु गरेको छ । शिविरको मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले उद्घाटन गर्नुभएको थियो । शिविर मेचीनगर नगरपालिकाको प्रायोजनमा धुलावारी माध्यमिक विद्यालयले नेपाल भेटरिनरी एसोशिएसन प्रदेश नम्बर १ पज सोसाइटि नेपालको प्राविधिक सहयोगमो आयोजना […]

पूरा पढ्नुहोस्

मेचीनगरले गर्याे सीमा स्तम्भको निरीक्षण, ३२ किलोमिटर क्षेत्रमा ७३ वटा स्तम्भ भेटिएन 

मेचीनगर, १६ फागुन । मेचीनगर नगरपालिकाले नगरभित्र भारतसँग सीमा जोडिएको क्षेत्रको स्थलगत अनुगमन र सीमा स्तम्भहरुको अवस्थाका बारेमा जानकारी लिएको छ । नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीसहित जनप्रतिनिधि, सुरक्षाकर्मी र सञ्चारकर्मीको टोलीले मेचीनगरको भारतसँगको खुला सीमाना करीव ३२ दशमलव ५ किलोमिटर क्षेत्रफलको स्थलगत अवलोकन गरेको थियो । भारतीयनाकासँग सीमा जोडिएको मेचीनगर नगरपालिकाको सीमाको […]

पूरा पढ्नुहोस्

गुँरासलाईफ इन्स्योरेन्सले दियो शैक्षिक सुविधा बापतको रकम

गौरादह । गुँरासलाईफ इन्स्योरेन्स कम्पनीले शैक्षिक सुविधा बापतको रकम हस्तान्तरण गरेको छ । २०७७ असारमा गौरादह –४ का दयाराम दासले आफनो छोरी तृष्ण दासको गुराँसलाईफ इन्स्योरेन्स कम्पनीमा २ लाख बरावरको नौलो बाल सुरक्षा जीवन बीमा गराएका थिए । बीमा गराएको दुई महिना बित्न नपाउँदै बीमितको संरक्षक बुबा दयाराम दासको मृत्यु भएपछि कम्पनीले बीमित तृष्णको शैक्षिक […]

पूरा पढ्नुहोस्

संसदबाट एमसीसी अनुमोदन

झापा, १५ फागुन । बहचर्चित एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो । नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निणयार्थ पेश गरेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी […]

पूरा पढ्नुहोस्

एमसिसी सम्झौताको विरुद्ध काँकरभिट्टामा प्रदर्शन

झापा। काङ्ग्रेस नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसिसी सम्झौता पास गर्न लागेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले झापामा संयुक्त प्रदर्शन गरेको छ। आज काँकरभिट्टामा ६ पार्टी र २ मोर्चाले संयुक्त रूपमा र्‍याली सहितको कोणसभा गरेका हुन्,। काकडभिट्टाको बसपार्कबाट शुरू भएको र्‍याली इलाका प्रहरी कार्यालयको उत्तर गेट हुँदै मेचिडाँडा […]

पूरा पढ्नुहोस्

चौतारीको पत्रकार उपचार कोषको संयोजकमा सन्तोष आचार्य

झापा, १५ फागुन । प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषको संयोजकमा सन्तोष आचार्य चयन भएका छन् । शनिबार प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षता र केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख अतिथ्यतामा जिल्लाको सचिवालय, केन्द्रीय सदस्य, प्रदेश कमिटि र पूर्व अध्यक्षसहित बसेको बैठकले आचार्यलाई संयोजकमा चयन गरेको हो । वैठकले संयोजकमा आचार्य, सदस्यहरुमा […]

पूरा पढ्नुहोस्