Author: मेची आवाज डेक्स
उम्मेदवारको टिकट प्राप्त गर्न पार्टी र जनताप्रति उत्तरदायी बन्नुपर्छ : कोइराला
गगन ढकाल मेचीनगर । अब आउदो चुनावमा एमाले पार्टीबाट उम्मेदवारीको टिकट प्राप्त गर्न पार्टी र जनताप्रति उत्तरदायी हुनपर्नो कुरा एमालेका केन्द्रीय कमिटी सदस्य नेता रबीन कोइरालाले बताएका छन् । शनिबार काँकरभिट्टा स्थित एमालेको नगर पार्टी कार्यालयमा सम्पन्न मेचीनगर ६ को टोल कमिटीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा पार्टी कार्यकर्तालाई पार्टीको नीति तथा कार्य योजनाको बारेमा […]
पूरा पढ्नुहोस्
रोटरी क्लव अफ सुरुङ्गाको हाजिरी जवाफ प्रतियोगिता
कनकाई, १४ फागुन ÷ रोटरी क्लव अफ सुरुङ्गाले आफ्नो वार्षिक क्यालेण्डर अनुसार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । कनकाई नगरस्तरीय अन्तरमावि हाजिरी जवाफ प्रतियोगिता कनकाई माविको सभा हलमा सम्पन्न भएको हो । कनकाई नगर क्षेत्रका सामुदायिक र निजी गरी ११ वटा विद्यालयका विद्यार्थीहरुको सहभागितामा प्रतियोगिता सम्पन्न भएको कार्यक्रम संयोजक क्लवका उपाध्यक्ष डिल्लीराम मैनालीले जानकारी […]
पूरा पढ्नुहोस्
आदर्श माविको पूर्व विद्यार्थी समाजद्वारा शिक्षकहरु सम्मानित
डम्बर बराल ईटाभट्टा ।आदर्श माध्यमिक विद्यालयका पूर्व शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको छ । सो विद्यालयको पूर्व विद्यार्थी समाजले शुक्रबार एक कार्यक्रमको आयोजना गरेर १८ जना पूर्व शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरेको हो । पूर्व विद्यार्थी समाजका अध्यक्ष शंकर भट्टराईको सभापतित्व तथा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व शिक्षक सूर्यप्रसाद […]
पूरा पढ्नुहोस्
बाँझो खेत राख्ने परम्परा अन्त्य गर्नु पर्छ मन्त्री सरावगी
मेचीनगर, १२ फागुन । प्रदेश १ का भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री ओमप्रकाश सरावगीले यान्त्रिकरणको प्रयोग गरेर कृषि उत्पादन बढाउनुको विकल्प नरहेको बताएका छन् । सामुदायिक पोष्ट हार्भेष्ट सेवाकेन्द्र मेचीनगर–५ को नवनिर्मित कृषि गोदाम उद्घाटनपछि आयोजित कार्यक्रममा मन्त्री सरावगीले सो कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि मन्त्री सरावगीले युवाहरुमा बढेको बैदेशीक रोगजारीको […]
पूरा पढ्नुहोस्
कालिका वनको अध्यक्षमा भट्टराई निर्वाचित
धाइजन, १२ फागुन । कालिका सामुदायिक वनको अध्यक्षमा योगश भट्टराई निर्वाचित भएका छन् । उनले अध्यक्षमा ९१३ मत ल्याई विजयी भएका छन् । उनका प्रतिस्पर्धी विशुलाल मेचेले ८५२ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । ६१ मतको अन्तरले भट्टराई अध्यक्षमा विजयी भएका हुन् । भट्टराई प्रगतिशील प्यानबाट उठेका थिए । उनी माओवादीका हुन् […]
पूरा पढ्नुहोस्
एमाले झापाको प्रचार विभाग प्रमुखमा गोपाल काफ्ले
झापा, ११ फागुन । नेकपा एमाललेले पत्रकार गोपाल काफ्लेलाई झापाको प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी दिएको छ । एमाले झापाको बुधबार बसेको वैठकले काफ्लेलाई एमाले झापाको प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी दिएको हो । पत्रकार काफ्ले चौतारीका केन्द्रीय सदस्य, एमाले झापाका जिल्ला सदस्य हुन् । उनी यसअघि एमाले जिल्ला अधिवेशनबाट खुल्ला सदस्य पदमा […]
पूरा पढ्नुहोस्
प्रेस चौतारी झापाको इन्चार्जमा मोहन काजी
झापा, ११ फागुन । पत्रकार मोहन काजीलाई नेकपा एमालेको जनवर्गीय संगठन प्रेस चौतारी झापाको इन्चार्जको जिम्मेवारी दिएको छ । एमाले झापाको बुधबार बसेको वैठकले काजीलाई प्रेस चौतारी झापाको इन्चार्जको जिम्मेवारी दिएको हो । पत्रकार काजी चौतारीका केन्द्रीय सदस्य, एमाले झापाका जिल्ला सदस्य हुन् । उनी यसअघि चौतारीको कोटामा एमाले जिल्ला अधिवेशनबाट सदस्य पदमा सर्वसम्मत चयन […]
पूरा पढ्नुहोस्
कालिका वनको निर्वाचन, अध्यक्षमा योगेश भट्टराई र विशुलाला मेचेबीच प्रतिष्पर्धा हुने
।। डम्बर बराल ।। धाइजन, ९ फागुन । मेचीनगर–११ र १२ स्थित कालिका सामुदायिक वनको निर्वाचन नजिकिएसँगै उम्मेद्वारहरुले घरदैलो अभियानलाई तीब्र पारेका छन् । यहि फागुन ११ गते बुधबार हुने निर्वाचनमा प्रगतिशील संघीय गणतान्त्रिक प्यानल र प्रगतिशील लोकतान्त्रिक प्यानल मैदानमा उत्रिएका छन् । प्रगतिशील प्यानमा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लिम्बुवान, संघीय गणतान्त्रिक मोर्चाले […]
पूरा पढ्नुहोस्
पत्रकार माया पकुवालको निधन
भद्रपुर, ९ फागुन । भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिककी सम्पादक माया पकुवालको आज विहान ५४ वर्षको उमेरमा निधन भएको छ । केही वर्ष अघि मृगौलाको सफल प्रत्यारोपण उपचार पश्चात पत्रकार पकुवाल घरमै बसेर पत्रकारितामा कार्यरत थिइन् । एक साता अघि रुघाखोकी र निमोनिया संक्रमणले सताएपछि उनलाई सुरुमा मेची अस्पताल र त्यसपछि ओमसाई पाथिभरा हस्पिटलमा भर्ना गरिएको […]
पूरा पढ्नुहोस्
झापाबाट तेक्वान्दोका खेलाडीहरु छानिए , १२ स्वर्ण पदकसहित अर्जुनधारा बन्यो प्रथम
मेचीनगर, ७ फागुन । १४औं दक्षिण एशियाली सार्क तेक्वान्दो खेल प्रतियोगिताको लागि खेलाडी छनोट प्रक्रिया सुरु भएको छ । झापामा आज खेलाडी छनोट प्रक्रिया सम्पन्न भएको हो । शनिबार भद्रपुर रंगशालामा आयोजित प्रतियोगितामा १२ वटा स्वर्ण पदकसहित अर्जुनधारा नगरपालिका प्रथम बन्यो । प्रतियोगितामा ४, ४ वटा स्वर्ण पदकसहित मेचीनगर र भदूपुर नगरपालिकाले दोस्रो स्थान हासिल […]
पूरा पढ्नुहोस्