Author: मेची आवाज डेक्स

मेचीनगरले गर्यो प्रमुख प्रसाशकीय अधिकृत दाहाललाई स्वागत र ओझालाई बिदाइ

मेचीनगर । मेचीनगर नगरपालिकामा आएका नयाँ प्रमुख प्रसाशकीय अधिकृत सुरेश दाहालको स्वागत र हालै सरुवा भएका प्रमुख प्रसाशकीय अधिकृत खेमराज ओझालाई बिदाइ गरिएको छ । नगरपालिकाको सभाहलमा शुक्रबार एक कार्यक्रम विच स्वागत तथा बिदाइ गरिएको हो । नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल , वडा अध्यक्ष, कार्यापालिका सदस्य र कर्मचारीलगायतले स्वागत तथा बिदाइ गरेका थिए […]

पूरा पढ्नुहोस्

रोटरीद्वारा नगरपालिकालाई विश्रामालय हस्तान्तरण

मेचीनगर, ६ फागुन । रोटरी क्लब अफ काँकरभिट्टाले धाइजनको कोभिड अस्पतालमा निर्माण गरेको विश्रामालय आज एक कार्यक्रमबीच मेचीनगर नगरपालिकालाई हस्तान्तरण गरेको छ । मेचीनगर–११ स्थित स्वास्थ्य चौकीमा निर्माण गरिएको विश्रामालय रोटरी काँकरभिट्टाका अध्यक्ष रोहित बुढाथोकी, पूर्व अध्यक्ष राधिका क्षेत्री गुरुङले मेचीनगरकी उपप्रमुख मिना पोखरेल उप्रेतीलाई हस्तान्तरण गरेका हुन् । प्रमुख अतिथि उप्रेतीले विश्रामालयको रिविन काटेर […]

पूरा पढ्नुहोस्

मेचीनगरका कर्मचारी बढुवा रोक्न सर्वाेच्चको अन्तरिम आदेश

मेचीनगर, ६ फागुन । मेचीनगर नगरपालिकाले गत पुस २६ गते गरेको कर्मचारी बढुवालाई कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतलका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले यहि फागुन ४ गते कर्मचारी बढुवा बिरुद्ध अन्तरिम आदेश जारी गरेको हो। कर्मचारीमा विभेद हुने गरी ऐन बनेपछि मेचीनगरका आर्थिक प्रशासन प्रमुख पदमबहादुर कार्कीले गत […]

पूरा पढ्नुहोस्

एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं,६ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा सहमति खोज्ने प्रयासमा सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान १० बजे बोलाइएको छ । आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसैले प्रतिनिधि सभा बैठक अघि एमसीसीमा साझा धारणा बनाउने प्रयासमा सत्ता गठबन्धनका शीर्ष नेताहरुले छलफल गर्न लागेका हुन् […]

पूरा पढ्नुहोस्

एमसीसीबारे निर्णायक छलफल गर्न, आज सत्ता गठबन्धनको बैठक बस्ने

काठमाडौं,५ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी बुधबार संसदमा टेवल हुँन नसकेपछि निर्णयक छलफलको लागि आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । बैठक दिउँसो तीन बजे बस्ने भएको हो । शुक्रबार प्रतिनिधिसभामा एमसीसी पेश गर्ने तयारी भएकाले साझा धारणा बनाउने प्रयासमा गठबन्धनको बैठक बस्न लागेको हो ।बुधबारकै संसद बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी […]

पूरा पढ्नुहोस्

मेचीनगरका विद्यालयलाई अनुदान रकम ः ७ वटा विद्यालयले एक करोड बढी अनुदान पाउने

मेचीनगर । मेचीनगर नगरपालिका क्षेत्रका ७ वटा विद्यालयहरुले एक करोड भन्दा बढी रकम अनुदान पाउने भएका छन्। नेपाल सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत मेचीनगरका विभिन्न ७ वटा विद्यालयले एक करोड १९ लाख ५० हजार रकम पाउने भएको मेचीनगर शिक्षा शाखाले जनाएको छ । मेचीनगर ५ स्थित बालकल्याण माविले चार कोठे भवन निर्माणका लागि ३६ […]

पूरा पढ्नुहोस्

झापामा कांग्रेसले तोक्यो वडा प्रतिनिधि

झापा, ३ फागुन । नेपाली कांग्रेस झापाले स्थानीय तह निर्वाचनलाइ लक्षित गरेर झापाका १ सय ३१ वटा वडामा जिल्ला निर्वाचन प्रतिनिधि खटाउने निर्णय गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा मंगलबार सम्पन्न कार्यसमिति एवं क्षेत्रीय सभापतिहरु सहभागी बैठकले झापाका १५ वटा पालिकाका १३१ वटै वडामा निर्वाचन प्रतिनिधि तय गरेको हो । ‘वडा […]

पूरा पढ्नुहोस्

जंगली हात्तीको उपद्रो रोक्न मेचीनगरमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गरिने

मेचीनगर । जंगली हात्तीको उपद्रो रोक्न झापाको मेचीनगरमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण हुने भएको छ । सोमबार डिभिजन बन कार्यालय झापा, राष्ट्रिय प्रकृति संरक्षण कोष, नगरका जनप्रतिनिधिहरुबीच भएको छलफलमा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले पहिलो चरणमा १५ किलोमिटरसम्म निर्माण हुने र बाकी दोस्रो चरणमा सम्पन्न गरिने बताए । क्रमागत वजेट अनुसार वन मन्त्रालयको हाल […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा पातालगंगा कालीखोला धार्मिक तथा पर्यटकीय स्थल निर्माण हुने

मेचीनगर ।पछिल्लो समय काँकरभिट्टालाई सजाउने अभियानले तीब्रता पाउन थालेको छ । देकोटा पार्क, पुष्पलाल बाटीका पछि आव बृहत पर्यटकीय क्षेत्रको रुपमा कालिखोलाले प्राथमिकता पाएको छ । कालिखोलामा डुंगा शयर सुविधासहितको पर्यटकीय क्षेत्र बनाउन जनस्तरबाट पहल सुरु गरिएको छ । मेचीनगर वडा नं ६ को काँकरभिट्टा बजार पश्चिम र राजमार्गको पुल उत्तरको खोलामय जग्गामा पर्यटकीय स्थल […]

पूरा पढ्नुहोस्

मगमग चाउचाउ उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

झापा । झापाको एक चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । मेचीनगर नगरपालिका वडा नं।१४ दुहागढी स्थित मगमग चाउचाउ कारखानामा आज विहान करिब ५ बजेदेखि आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहयोगमा झापा, मोरङ, इलाम र सुनसरी जिल्लाका दर्जनबढी दमकल प्रयोग […]

पूरा पढ्नुहोस्