Author: मेची आवाज डेक्स
नेकपा ओली समूहको मेचीनगर अध्यक्षमा पोखरेल
मेचीनगर, २८ माघ । नेकपाको ओली समूहको मेचीनगर अध्यक्षमा काँकरभिट्टाका युवा नेता राजु पोखरेल चयन भएका छन् ।नेकपाको बुधवार बिर्तामोडमा भएको जिल्ला समितिको बैठकले पोखरेललाई मेचीनगरको अध्यक्षमा चयन गरेको हो ।यस अघि पोखरेल मेचीनगरको सचिव र पहिलेको नेकपा एमालेको अध्यक्ष थिए । माओबादीसँग एकीकरण पछि नगर समितिको अध्यक्षमा माधव अर्याल र सचिवमा पोखरेल चुनिएका थिए […]
पूरा पढ्नुहोस्
आदर्श माविमा दाहालको नेतृत्वमा नेविसंघ गठन
मेचीनगर । इटाभट्टास्थित आदर्श माध्यमिक विद्यालयमा योगेश दाहालको सभापतित्वमा नेविसंघ एकाइ समिति गठन भएको छ । दाहालको नेतृत्वमा ५१ सदस्य समिति चयन गरिएको हो ।समितिको उपसभापतिमा अजित राजवंशी, डोल्मा शेर्मा, जमुना राजवंशी र स्मिति गौतम तथा सचिवमा नविन फुयाँल र सुनिता राजवंशी सर्वसम्मत चयन भएका छन् ।त्यस्तै सहसचिवमा प्रतिमा घिमिरे, उमा अधिकारी, झर्ना लिङदेन, विश्वजित […]
पूरा पढ्नुहोस्
प्रचण्ड(माधव समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने
काठमाडौं,२८ माघ । संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा ९प्रचण्ड(माधव समूह०ले आज काठमाडौंमा विरोधसभा गर्दैछ ।भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने छन् । ती जुलुसको शीर्ष नेताहरुले नेतृत्व गर्नेछन् । मुख्य र्याली भने सुनधाराबाट सुरु हुनेछ । भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने […]
पूरा पढ्नुहोस्
श्री हरि सत्संघ समितिको आयोजनामा सीताराम मन्दिरमा तीन दिने भागवत कथा प्रवचन सम्पन्न
मेचीनगर २७ माघ ।मेचीनगर ५ स्थित सनातन धर्म सेवा समिति स्थानीय शाखा श्री सीताराम मन्दिरमा ३ दिने भागवत कथा प्रवचन सम्पन्न भएको छ । जनकल्याण प्रतिष्ठान अन्तर्गत रहेको श्री हरि सत्संघ समितिले भागवत कथा प्रवचनको कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको संयोजन श्री सीताराम मन्दिर समितिले गरेको थियो । श्री हरि सत्संघ समितिले रजत जयन्तीको […]
पूरा पढ्नुहोस्
संघको १७ औ वार्षिक साधारण सभामा पत्रकार चौलागाई र डा.त्रिपाठी सम्मानित
मेचीनगर, २७ माघ । मेची उद्योग वाणिज्य संघको १७ औ वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । संघको सभाहलमा आयोजित साधारण सभामा पत्रकार मनिषा चम्लागाई र मेची आम्दा अस्पतालका डा. पोषणरमण त्रिपाठीलाई सम्मान गरिएकोछ । चम्लागाई कारोवार दैनिककी झापा समाचारदाता हुन । उनलाई मेची उद्योग वाणिज्य संघद्वारा स्थापना गरिएको आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको […]
पूरा पढ्नुहोस्
झापाली सञ्चारकर्मीहरु आन्दोलित
बिर्तामोड, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसको विरोध र समर्थनमा देशभर प्रदर्शन भैरहेका छन् । मंगलबार झापाको बिर्तामोडमा संसद विघटनको विरुद्ध झापाली सञ्चारकर्मीहरुआन्दोलित बने । विरोध प्रदर्शनलाई पत्रकार महासंघ झापा, आदिवासी जनजाती पत्रकार महासंघ, नारी सञ्चार गृह, जनजाती पत्रकार महासंघ लगायतका पत्रकारहरुका छाता संगठनहरुले ऐक्यवद्धता जनाएका थिए । झापाली सञ्चारकर्मीहरु […]
पूरा पढ्नुहोस्
युनिक स्कूलमा सरस्वती पूजाका दिन भर्ना निःशुल्क
मेचीनगर । शैक्षिक क्रियाकलापमा अब्बल मेचीनगर–१२, सहरेडाँगीको युनिक इङ्लिस स्कूलले सरस्वती पूजाका दिन निःशुल्क विद्यार्थी भर्ना अभियान चलाउने भएको छ । यो वर्ष सरस्वती पूजा यही फागुन ४ गते परेको छ । सो दिन विद्यार्थी भर्ना हुन आउनेलाई जुनै कक्षामा पनि निःशुल्क गरिएको प्रिन्सिपल विष्णु रिमालले बताए । कोरोना महामारीको असर परिरहेको यो बेला विद्यार्थीलाई […]
पूरा पढ्नुहोस्
चेम्बर अफ कमर्सको आयोजनामा करशिक्षा सम्बन्धी प्रशिक्षण
डम्बर बराल धुलाबारी,२६ माघ । चेम्बरअफ कमर्स धुलाबारीको आयोजनामा सोमबार उद्योग ,व्यापार , व्यवसाय दर्ता तथा करशिक्षा सम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय झापाले करदाता शिक्षा कार्यक्रम अन्तर्रगत धुलाबारीमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको कार्यालयले जनाएको छ । कार्यक्रमको सहजीकरण आन्तरिक राजश्व कार्यालयले गरेको थियो ।चेम्बरअफ कमर्सको सभाहलमा आयोजित प्रशिक्षणमा नगरका […]
पूरा पढ्नुहोस्
पत्रकारद्वय काफ्ले र गिरी पुरस्कृत
भद्रपुर, २६ माघ । झापा उद्योग संघले आफ्नो २६ औं वार्षिकोत्सवको अवसर पारेर अग्रज दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ । संघले आर्थिक पत्रिका निर्माण लहर साप्ताहिकका सम्पादक एवम् रेडियो नेपालका झापा सम्बाददाता रोहित काफ्ले र अग्रज पत्रकार, नागरिक एफएमका समाचार सम्पादक एवम् साप्ताहिक समाचारपत्रका प्रधान सम्पादक गोपाल गिरी लाई सम्मान गरेको हो । । सोमबार […]
पूरा पढ्नुहोस्
खरेलले सुरुगरे जोरसिमलमा सुविधा सम्पन्न खाजाघर
मेचीनगर । खाजा खाने ग्राहकलाई लक्षित गरी मेचीनगरको इटाभट्टामा ‘जोरसिमल खाजा घर’ सञ्चालनमा आएको छ ।सामाजिक अभियान्ताका रुपमा चिनिएका गणेशकुमार खरेलले होटल सञ्चालनमा ल्याएका हुन् । जोरसिमल हाइवेबाट करिब तीन सय मिटर उत्तरमा होटल अवस्थित छ । शान्त वातावरणमा सबै प्रकारका खाजाका परिकार होटलमा उपलब्ध रहेको सञ्चालक खरेलले बताए । उनका अनुसार सय रुपैयाँमा लोकल […]
पूरा पढ्नुहोस्