Author: मेची आवाज डेक्स
झापामा आज १९७ जनामा कोरोना संक्रमण पुष्टि
मेचीनगर, १ जेठ । झापामा शनिबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित १९७ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालय झापाका अनुसार आज ७५ महिलासहित १९७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । दमकमा १२ महिलासहित २४ जना, बिर्तामोडमा १५ महिलासहित ३६ जना, मेचीनगरमा ५ महिलासहित ८ जना, भद्रपुरमा ८ महिलासहित २३ जना, कनकाईमा ७ महिलासहित १५ […]
पूरा पढ्नुहोस्
समग्र वडाको विकासमा जुटेका छौँ’ – वडाध्यक्ष तामाङ
डम्बर बराल मेचीनगर, १ जेठ । भौगोलिक रुपमा विकट वडाको रुपमा रहेको मेचीनगर–१ मा पछिल्लो समय विकासको क्रमले गति लिन थालेको छ । २० वर्षसम्म जनप्रतिनिधि नहुँदा ओझेलमा परेको सो क्षेत्रमा ४ वर्ष यता ठूलो बजेटमै काम गर्दा पनि जनता भने प्रत्यक्ष रुपमा अझै लाभान्वित हुन सकेका छैनन् ।साविक बाहुनडाँगीको ७, ८ र ९ नम्बर […]
पूरा पढ्नुहोस्
पत्रकार भण्डारीलाई पितृशोक
मेचीनगर, १ जेठ । पत्रकार अम्बिका भण्डारीलाई पितृशोक परेको छ । लोकतन्त्र पोस्टकी अनलाइन सम्पादक, राष्ट्रिय समाचार समिति ९रासस० झापाकी प्रमुख, प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य र नारी सञ्चार गृह झापाकी निवर्तमान अध्यक्ष भण्डारीका पिता लोकबहादुर भण्डारीको आज विहान ७ स् ३० बजेतिर इलाममा निधन भएको हो । इलामको माङ्सेबुङ गाउँपालिका वडा नं। १ तोभाङ […]
पूरा पढ्नुहोस्
शनिबार मेचीनगर र बुद्धशान्तिमा दिनभर विद्युत अवरुद्ध हुने
मेचीनगर,३१ बैशाख। शनिबार मेचीनगर र बुद्धशान्तिमा दिनभर विद्युत अवरुद्ध हुने भएको छ ।नेपाल विद्युत प्राधिकरण धुलावारी वितरण केन्द्रले दिएको जानकारी अनुसार बिहान ७ वजेदेखि बेलुका ४ बजेसम्म ९ घण्टा विद्युत प्रसारण बन्द हुनेछ । नेपाल बिद्युत प्राधिकरण धुलाबारी ३३र११ के।भी। सबस्टेशनको पावर ट्रान्सफर्मरको मर्मत तथा नयाँ सिटि जडान गर्नु पर्ने भएकाले मेचीनगर नगरपालिका तथा बुद्धशान्ति […]
पूरा पढ्नुहोस्
आज झापामा २१३ जना संक्रमित, १ को मृत्यु
मेचीनगर, ३१ वैशाख । झापामा शुक्रबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज एन्टिजेनसहित २१३ जना संक्रमित थपिएका छन् । मृत्यु हुनेमा अर्जुनधाराका ५२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । त्यसैगरी आजै २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चैलागाईका अनुसार ८४ […]
पूरा पढ्नुहोस्
यो स्वार्थको रोटी सेक्ने बेला होइन – प्रधानमन्त्री ओली
काठमाडौं,३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले स्वार्थको रोटी सेक्ने बेला नभएको बताएका छन् । शुक्रबार प्रधानमन्त्रीको सपथ ग्रहण लगत्तै सिंहदरबारमा पुगेर पदबहाली पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै राजनीतिक दलहरूलाई स्वार्थको रोटी सेक्न छोडेर कोभिड १९ महामारीविरुद्धको लडाईमा एकजुट हुन आग्रह गरेका हुन् । ‘सबैले हामीलाई हेरिरहेका छन् कि कति गम्भीरताका […]
पूरा पढ्नुहोस्
माइती नेपालले दियो नगरपालिकालाई स्वास्थ्य सामाग्री
काँकरभिट्टा, ३१ वैशाख । माइती नेपाल क्षेत्रिय कार्यालय काँकरभिट्टाले मेचीनगर नगरपालिकालाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । विहीबार माइती नेपालका पूर्वाञ्चल संयोज गोविन्द घिमिरेको टोलीले मेचीनगर नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । माइती नेपालले मेचीनगरपालिकालाई १ हजार थान सर्जिकल […]
पूरा पढ्नुहोस्केपीओली फेरि प्रधानमन्त्री नियुक्त
झापा ३० वैशाख । वैकल्पिक सरकार गठन गर्ने काङ्ग्रेस–माओवादी केन्द्रको प्रयास विफल भएपछि एमाले अध्यक्ष केपी ओली नै फेरि प्रधानमन्त्री भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संविधानको धारा ७६ को दफा ३ अनुसार संसद्मा सबैभन्दा ठूलो दलको नेताको रुपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।यसअघि वैशाख २७ गते संसद्को विश्वास गुमाएसँगै ओली पदमुक्त भएर […]
पूरा पढ्नुहोस्
राष्ट्रपति कार्यालयले भन्यो ‘बहुमतको सरकारमा कसैको दावी परेन’
काठमाडौं,३० वैशाख । बहुमतको सरकार गठनको लागि राष्ट्रपतिले दिएको समय सीमा सकिएको छ । सो समय अवधिमा कसैले पनि सरकार गठनको लागि दावी पेश नगरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गरी बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको बिहीबार राति ९ बजेसम्म कसैको पनि दावी नपरेको बताए ।वैशाख […]
पूरा पढ्नुहोस्