Author: मेची आवाज डेक्स

काँकरभिट्टामा लागुऔषध बिरुद्ध सचेतना

मेचीनगर, २३ माघ । मेचीनगर–७ स्थित प्यारीभिट्टा युवा क्लबसँगको सहकार्यमा आज काँकरभिट्टामा लागुऔषध दुर्व्यसनी बिरुद्धको सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।‘दुर्व्यसनीबाट आफु पनि बचौँ र अरुलाई पनि बचाउँ’ भन्ने लगायतका नारा लेखिएका प्ले कार्ड तथा व्यानरसहित लागुऔषध दुर्व्यसनी बिरुद्धको सचेतनामुलक र्याली निकालिएको हो ।प्रभातफेरी र्याली कालीखोला, प्यारीभिट्टा हुँदै काँकरभिट्टा बजारमा आएर सम्पन्न भएको थियो […]

पूरा पढ्नुहोस्

अपहरण र चोरी मुद्दामा फरार रहेका उर्लाबारीका लिम्बू पक्राउ

मेचीनगर, २२ माघ । अपहरण र चोरी मुद्दामा फरार रहेका उर्लाबारीका राजेश्वार लिम्बु ९सुसन० पाँच वर्षपछि पक्राउ परेका छन् ।बिर्तामोड नगरपालिका–६ का २७ वर्षीय बिशाल ढुंगेललाई अपहरण र चोरी गर्ने उर्लाबारी–२ मोरङका ३४ वर्षीय लिम्बुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।लिम्बुले ढुंगेललाई २०७२ पुस १४ गते राति ८ बजे बा १३ च ६५९७ नम्बरको गाडीमा […]

पूरा पढ्नुहोस्

प्रहरीसंगको झडपमा नेकपाका नेता यादव घाइते

जनकपुरधाम । प्रहरीसंगको झडपमा परि नेकपाको प्रचण्ड(नेपाल समूहका नेता मातृका यादवको अण्डकोषमा चोट लागेका कारण काठमाडौं रेफर गरिएको छ।प्रचण्ड–नेपाल समूहको नेकपाले आह्वान गरेको आमहड्तालमा जनकपुरमा प्रहरीसँगको झडपमा पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भीर चोट लागेको हो।बिहीबार दिउँसो बन्द सफल पार्न जनकपुरधाम स्थित शिवचोकमा बजार बन्द गराउने क्रममा प्रहरी र पूर्वमन्त्री यादवको समूहबीच झडप हुँदा उनको अण्डकोषमा […]

पूरा पढ्नुहोस्

नवनियुक्त पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौं,२१ माघ । विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । बुधबार पद तथा गोपनीयताको सपथ लिएका संवैधानिक निकायका ३२ जना प्रमुख तथा पदाधिकारीलाई कामकाज गर्न रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् ।‘२०७७ मंसिर ३० गतेको संवैधानिक परिषद्को निर्णय […]

पूरा पढ्नुहोस्

संवैधानिक निकायका ३२ पदाधिकारीले आज लिए सपथ

झापा, २१ माघ । कानुन र राजनीतिक विवादकाबीच संवैधानिक निकायका ३२ जना पदाधिकारीहरुले आज सपथ लिएका छन् ।संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईसहित ३२ जना पदाधिकारीहरुले बुधबार सपथ गराएकी हुन् ।सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संवैधानिक निकायका विभिन्न पदमा गरी ३२ जना पदाधिकारीहरु नियुक्त गरेकी थिइन् ।

पूरा पढ्नुहोस्

भूमि समस्या समाधान आयोग झापाको अध्यक्षमा गिरी

बिर्तामोड,२० माघ ।सरकारले भूमि समस्या समाधान आयोग झापाको अध्यक्षमा प्रेम गिरीलाई नियुक्ति गरेको छ । त्यस्तै सदस्यमा राधा कृष्ण खनाल र मदन अधिकारीलाई नियुक्ति गरेको हो । सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरि भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको छ । भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा १५ गतेको […]

पूरा पढ्नुहोस्

मेचीनगर–५ मा १ करोड ५० लाखको लागतमा एडभान्स मल्टी प्रोडक्सन कम्पनी सञ्चालन,सुपारीको खवटाबाट विभिन्न सामग्रीको उत्पादन सुरु

डम्बर बराल मेचीनगर २० माघ  । प्लाष्टिकका सामग्रीको विकल्प खोजी भइरहेको समयमा मेचीनगर–५ मा सुपारीको खवटाबाट विभिन्न सामग्रीको उत्पादन सुरु गरिएको छ । मेचीनगरका तीनजना र पाँचथर एक युवाले संयुक्त रुपमा एडभान्स मल्टी प्रोडक्सन कम्पनी सञ्चालन गरेर उक्त सामग्रीको उत्पादन सुरु गरेका हुन । उद्योग सञ्चालनको लागि मेचीनगर ६ का याम निरौला, सोही वडाका हेमन्त महत, […]

पूरा पढ्नुहोस्

बीमालेख हराएको सूचना

पूरा पढ्नुहोस्

मोटरसाइकल दुर्घटनामा उप्रेतीको मृत्यु

झापा । झापाको गौरादहमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गौरादह गाउँपालिका(४ मा दुई वटा मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको हो । मे १० प ११६७ र मे ४ प २२७२ नम्बरको मोटरसाइकल आपसमा जुध्दा गम्भीर घाइते भएका गौरादह गाउँपालिका(५ का ३४ वर्षीय होमप्रसाद उप्रेतीको उपचारका क्रममा बी एन्ड सी अस्पतालमा […]

पूरा पढ्नुहोस्

नेकपाको आधिकारिकताको दाबी गर्दै आयोग पुगे दाहाल र नेपाल

काठमाडौं, २० माघ । नेकपा प्रचण्ड माधव समूहका शीर्ष नेताहरु आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगको कार्यालय पुगेका हुन् ।सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो ।राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय […]

पूरा पढ्नुहोस्