अर्थ

नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट ४ गतेदेखि वितरण गर्ने

काठमाडौं,२८ भदौ, । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले ४ असोजदेखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जानकारी दिए । ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको उनले […]

पूरा पढ्नुहोस्

पत्रकार प्रसाईद्वारा आमाको स्मृतिमा पत्रकार उपचार कोषलाई सहयोग

बिर्तामोड,८ भदौै । नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति कोषाध्यक्ष रञ्जित प्रसाईले आफ्नी आमाको स्मृतिमा पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । प्रसाईंले आमा दमन्तादेवीको ११ औं वार्षिक पुण्य तिथिका दिन मंगलबार पत्रकार उपचार कोषका लागि महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीसहितको टोलीलाई उक्त रकम प्रदान गरेका हुन् […]

पूरा पढ्नुहोस्

चार लाख बराबरको रुद्राक्षका माला बरामद

धनगढी,४ भदौ । सशस्त्र प्रहरीले चार लाख बराबरको रुद्राक्षको माला कञ्चनपुरबाट बरामद गरेको छ । भन्सार छली गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट डोकेबजारले माला बरामद गरेको हो । दुई किलो बराबरका एक हजार आठ सय ६० वटा माला बरामद गरेर आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीलाई बुझाइएको सशस्त्र प्रहरी […]

पूरा पढ्नुहोस्

मेचीनगर द्वारा कृषकहरुलाई आधुनिक कृषियन्त्र हस्तान्तरण

मेचीनगर, १७ साउन ÷कृषकहरुलाई व्यवसायिक कृषि उत्पादनमा लाग्न प्रेरीत गर्ने उदेश्यले मेचीनगर नगरगाउँपालिकाले विभिन्न कृषियन्त्र तथा उपकरण वितरण गरेको छ ।नगरपालिकाले आइतबार एक कार्यक्रम गरेर विभिन्न कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीहरुलाई कृषियन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेको हो । नगरप्रमुख विमल आचार्यले कृषि क्षेत्रमा अब परम्परागत तरिकाले भन्दा पनि आधुनिक कृषि यान्त्रिकरणको प्रयोगले मात्र […]

पूरा पढ्नुहोस्

नेकपाका संस्थापक सदस्य कर्माचार्यको स्मृतिमा खाद्य सामाग्री वितरण

कनकाई ÷ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवसका अवसरमा झापामा विविध कार्यक्रम सम्पन्न भएको छ । नेता कर्माचार्यले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको सम्मानमा उहाँको व्यक्तित्व र आदर्शलाई आत्मसाथ गर्दै झापाको विर्तामोडमा स्थापना गरिएको नरवहादुर कर्माचार्य स्मृत्ति प्रतिष्ठान मार्फत सामाजिक क्षेत्रमा महत्वपूर्ण काम हुँदै आएको बताइएको छ । यसै क्रममा प्रतिष्ठानले […]

पूरा पढ्नुहोस्

मेची अभियानले गर्याे हिसाब सार्वजनिक

काँकरभिट्टा,१ साउन । मेची अभियानले विभिन्न क्षेत्रमा गरेको सहयोगको हिसाब बिहीबार सार्वजनिक गरिएको छ । कोरोनाको दोस्रो लहरको समयमा मेची अभियानले सञ्चालन गरेको सहयोग कार्यक्रमको असार मसान्तसम्मको सम्पूर्ण खर्च बिवरण सार्वजनिक गरिएको अभियानका संयोजक विजय डालमियाले बताए । अभियानका सदस्य तथा मेचीनगर प्रमुख विमल आचार्यसमेतको विशेष उपस्थितिमा अभियानका तर्फबाट संयोजक डालमियाले आयब्यय सार्वजनिक गरेका थिए […]

पूरा पढ्नुहोस्

होटल व्यवसायी संघ मेचीनगरद्वारा डस्वीन वितरण

काँकरभिट्टा, २६ असार । होटल व्यवसायी संघ मेचीनगरले फलामको स्टेनसहितको २२ वटा डस्वीन वितरण गरेको छ । शनिवार एक कार्यक्रमको आयोजना गरेर काँकरभिट्टाका होटलहरुलाई उक्त डस्वीन वितरण गरेको हो । होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङलाई उक्त डस्वीन हस्तान्तरण गरेका थिए । उक्त डस्वीन […]

पूरा पढ्नुहोस्

कोरोना संक्रमित पत्रकारलाई प्रतिष्ठानद्वारा सहयोग

झापा, २६ असार । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा शनिवार बिर्तामोडमा प्रादेशिक सञ्चार प्रतिष्ठान, सञ्चारकर्मीबीच सञ्चार क्षेत्रका समस्याबारे छलफल र सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश नं। १ का कार्यकारी निर्देशक यज्ञ शर्माले सञ्चार क्षेत्रको विकास र प्रवद्र्धनमा […]

पूरा पढ्नुहोस्

सुकेनिन्दा खोलामा फड्के पुल निर्माण हुने

मेचीनगर । मेचीनगर(३ स्थित पहलेधाप र हिन्दुगढ बीचको सुकेनिन्दा खोलामा फड्के पुलनिर्माण हुने भएको छ । पुल निर्माणको लागि निर्माणका लागि प्रदेश सांसद श्रीप्रसाद मैनालीले ५० हजार रुपैयाँ सहयोग गर्ने भएपछि स्थानीयले पुल निर्माण गर्ने भएका हुन् । सांसद् मैनालीले मेचीनगर(३ स्थित तेलपानी खोलाको पैनी, सेँलेङ्टार, बौद्धमोड पश्चिमको पैनीसँगै त्यस क्षेत्रको समस्या र तत्काल गर्नसक्ने […]

पूरा पढ्नुहोस्

गोर्खा फाउण्डेसन द्वारा मेचीनगरलाई ३० थान अक्सिजन सिलिण्डर प्रदान

मेचीनगर, १८ असार । गोर्खा मेमोरियल फाउण्डेसन युकेले मेचीनगर नगरपालिकालाई अक्सिजन सिलिण्डरसहित विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । शुक्रबार गोर्खा मेमोरियल फाउण्डेसन यूकेले छ लाख ४ हजार रुपैयाँ बराबरको ३० वटा असिक्जन सिलिण्डरसहित मास्क र सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री नगरपालिकालाई हस्तान्तरण गरेको हो । फाउन्डेसन नेपाल शाखाका अध्यक्ष नगेन्द्रकुमार गुरूङले नगरप्रमुख विमल आचार्यलाई सो […]

पूरा पढ्नुहोस्