मुख्य खबर
युवा संघको मेची महाकाली अभियान सम्पन्न
झापा । युवा संघ नेपालको मेची महाकाली अभियान आज सम्पन्न भएको छ। झापा, मोरङ, र सुनसरीमा भएको अभियानमा खोटाङ युवा ले समेत साथ दिएको थियो ।
पूरा पढ्नुहोस्
उत्कृष्ट विद्यार्थी, पूर्व शिक्षक र कर्मचारीलाई मेचीनगर शिक्षा शाखाको सम्मान
मेचीनगर । ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा मेचीनगर नगरपालिका शिक्षा शाखाले विभिन्न विधाका दर्जनौँ उत्कृष्टलाई सम्मान गरेको छ । धुलाबारीस्थित टाउन हलमा आयोजित कार्यक्रममा नगर शिक्षा शाखाले उत्कृष्ट विद्यार्थी, सेवा निवृत्त शिक्षक, कर्मचारी र उत्कृष्ट विद्यालयलाई सम्मान गरेको हो । मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको सभापतित्व तथा प्रदेश संसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा […]
पूरा पढ्नुहोस्
घोषण पत्र तयारी संयोजकमा महामन्त्री शर्मा
झापा, भदौ २२ । नेपाली काँग्रेसले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि घोषणा पत्र तयारी समितिको संयोजकमा महामन्त्री विश्वप्रकाश शर्मालाई चयन गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री शर्मालाई निर्वाचन घोषणा पत्र तयारी समितिको संयोजकमा आज चयन गर्नु भएको हो । काँग्रेसको विधान अनुसार सभापतिले निर्वाचन घोषण पत्र तयारी […]
पूरा पढ्नुहोस्
झापा १ बाट माओवादीले अघि सार्याे कार्कीलाई
मेचीनगर, २२ भदौ । सत्तारुढ गठबन्धनको घटक नेकपा माओबादी केन्द्रले झापा–१ बाट संघीय संसद्को उम्मेद्वारको रुपमा सुरेन्द्रकुमार कार्की राम कार्कीलाई अघि सारेको छ । पार्टीको १ नं। क्षेत्रीय कमिटीको मंगलबार बसेको बैठकले कार्कीलाई सर्वसम्मत उम्मेद्वार सिफारिस गरेको पार्टीको प्रदेश क समन्वय कमिटीका संयोजक राजु दाहालले जानकारी दिए । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको समेत गृह […]
पूरा पढ्नुहोस्
काँकरभिट्टामा प्रसाद खाँदा फुड पोइजन भएर ३५ जना विरामी, जिल्लाका बिभिन्न अस्पतालमा उपचार हुँदै
मेचीनगर, २१ भदौ । मेचीनगर–६ स्थित एउटा घरमा पूजाको प्रसाद खाँदा करिव ३५ जना स्थानीय विरामी परेका छन् । काँकरभिट्टा खानेपानी कार्यालय नजिकै जनम थापा मगरको घरमा आइतबार श्रीमान भीम मगरको एक वर्षको वर्खान्त सकेर सोमबार पूजा लगाइएको थियो । मगरको घरमा मंगलबार पुजाको प्रसाद खाएका करिव ३५ जना आफन्त र छिमेकीहरु विरामी परेको इलाका […]
पूरा पढ्नुहोस्
कारागार विधेयक राष्ट्रिय सभाबाट पारित
काठमाडौं,२१ भदौ । कारागार विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भएको छ । मंगलबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको कारागार विधेयक, २०७९ पारित गरेको हो । बैठकमा विधेयकमाथि छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले ५० प्रतिशत कैद भुक्तान गरिसकेका र आचरण, व्यवहार सुधारेका कैदीको कैद मिनाहा गर्ने पक्षमा सरकार […]
पूरा पढ्नुहोस्
आजदेखि कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवा गर्न नपाइने
झापा, भदौ २१ । सरकारले आजदेखि कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ । निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो । मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न आजभन्दा १८ […]
पूरा पढ्नुहोस्
प्रतिनिधि सभा निर्वाचन ः झापा १ मा पुनः कोइराला र शर्मा बीच प्रतिष्पर्धा हुने
मेचीनगर । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा झापाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा पुन ः एमालेका रविन कोइराला र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा बीच प्रतिष्पर्धा हुने भएको छ । २०७० सालको प्रतिनिधि सभा निर्वाचनमा यी दुवै उम्मेदवारहरू प्रतिस्पर्धामा हुँदा कोइरालाले शर्मालाई पराजित गरेका थिए । नौ वर्षपछि यी दुवै […]
पूरा पढ्नुहोस्
प्रमुख प्रशासकीय अधिकृत चौलागाई मेचीनगर आउने
मेचीनगर, २० भदौ । मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राज कपुर चौलागाई आउने भएका छन् । सोमबार सरकारले उपसचिव चौलागाईलाई मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउने भएको हो । चौलागाई यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा कार्यरत थिए । मेचीनगर नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहाल उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा […]
पूरा पढ्नुहोस्
महामन्त्री शर्माको पहलमा मेचेडाँगीदेखि पाटापुरसम्मको सडक निर्माणका लागि २५ करोडको टेण्डर आह्वान
झापा, भदौ २० । मदन भण्डारी राजमार्ग अन्तर्गतको मेचीनगरको मेचेडाँगीदेखि पाटापुरसम्मको सडक निर्माणका लागि आज टेण्डर आह्वान भएको छ । अघिल्लो सरकारले मदन भण्डारी राजमार्ग नामाकरण गरेको पुरानो चुरे मार्गको मेचीनगर वडा नं। १ मेचेडाँगीदेखि नेपाल–भारत सिमाना पाटापुरसम्मको करिब ४ किमि बाटो निर्माण प्राथमिकतामा नपरेर र बजेट विहिन भएर चर्को आलोचना हुँदै आएको थियो । […]
पूरा पढ्नुहोस्