मुख्य खबर

सामुदायिक पोष्ट हार्भेष्टले गर्याे सार्वजनिक सुनुवाई

मेचीनगर । मेचीनगर–५ स्थित सामुदायिक पोष्ट हार्भेष्ट सेवाकेन्द्रले बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । पोष्ट हार्भेष्ले हालै निर्माण सम्पन्न गरेको गोदामको सार्वजनिक सुनुवाई गरेको हो । बिउविजन क्षेत्रमा कामगर्दै आएको सामुदायिक पोष्ट हार्भेष्टले बिउविजन तथा खाध्य सुरक्षाको लागि २९ लाख ८३ हजार ८८८ रुपैयाँको लागतमा ३७ फिट चौडाई र ७० फिट लम्बाईको गोदाम […]

पूरा पढ्नुहोस्

जनप्रिय सहकारी संस्थाका व्यवस्थापक सुन्दर बहादुर मगरलाई पितृशोक

मेचीनगर । मेचीनगर –१० स्थित जनप्रिय बचत तथा ऋण सहकारी संस्थाका संस्थापक सचिव एवम् व्यवस्थापक सुन्दर बहादुर मगरलाई पितृशोक परेको छ । उनका ९५ वर्षीय बुबा बखत बहादुर मगरको मंगलबार राति १.३० बजे मेचीनगर ८ स्थित घरैमा निधन भएको हो । १९८३ असार १५ गते ईलामको जितपुर गाविस वडानम्बर –१ मा जम्मनु भएका बखत बहादुर […]

पूरा पढ्नुहोस्

नगरपालिकाद्वारा दुःख व्यक्त , स्थानीय सरकारलाई विपद् व्यवस्थापन सम्बन्धि ठोस कानुन बनाएर कार्यान्वयनमा अघि बढ्न सुझाँव

मेचीनगर, २५ माघ । मेचीनगरको दुई अलग–अलग स्थानमा भएको आगलागी घटनाबाट भएको धनजनको क्षतिका विषयमा मेचीनगर नगरपालिकाले दुःख व्यक्त गरेको छ । नगर स्तरीय विपद् व्यवस्थापन समितिकोआज बसेको बैठकमा घटनाप्रति दुःख व्यक्त गदैं आगलागीमा परी ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्घाञ्जली, शोकाकुल परिवारजनप्रति समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । विपद् जोखिम न्युनिकरण तथा […]

पूरा पढ्नुहोस्

समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा अनिलदेव राई

झापा, २५ माघ । नेकपा समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठनको आज झापा जिल्ला कमिटी गठन भएको छ । बिर्तामोड स्थित पार्टी कार्यालय भवनमा आयोजित एक कार्यक्रमका वीच समाजवादी प्रेस संगठनको झापा कमिटी गठन भएको हो । पत्रकार अनिलदेव राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा दिलिप थापा र सचिवमा […]

पूरा पढ्नुहोस्

राप्रपाबाट अलग भएको पूर्वअध्यक्ष थापाको घोषणा

झापा, २५ माघ । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । आफ्नो गृह जिल्ला हेटौडामा पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । आफ्नो माग नेतृत्वले सम्बोधन नगरेकाले नचाहँदा नचाहँदै पार्टीबाट अलग हुने निर्णय गर्न बाध्य भएको थापाले बताएका छन् । थापाले पार्टीको चुनावको क्रममा निर्मल निवासबाट भएको […]

पूरा पढ्नुहोस्

स्थानीय तहको चुनाव वैशाख ३० गते हुने

झापा, २४ माघ । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ वैशाख ३० गते चुनाव गर्ने निर्णय गरेको हो । ‘आउँदो वैशाख ३० मा स्थानीय चुनाव गर्ने निर्णय भएको छ,’ एक मन्त्रीले भने, ‘एकैचरणमा निर्वाचन हुन्छ ।’ यसअघि २०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन […]

पूरा पढ्नुहोस्

मेचीनगर प्रमुख विमल आचार्य द्वारा काँकरभिट्टा क्याम्पसको अक्षयकोषलाई ५ लाख

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले काँकरभिट्टा बहुमुखी क्याम्पसको अक्षयकोषका लागि ५ लाख रुपैयाँ प्रदान गरेका छन् । क्याम्पसले आइतबार आयोजना गरेको सञ्चालक सदस्यहरु र प्राध्यापक ९कर्मचारी०हरुको स्वागत तथा बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले सो रकम बराबरको चेक प्रदान गरेका हुन् । मेयर आचार्यले सो चेक क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापालाई […]

पूरा पढ्नुहोस्

बालकल्याण माविले गर्योे ४८ औं स्थापना दिवसको अवसरमा शिक्षक तथा अभिभावकलाई सम्मान

सुरेन्द्रनगर । मेचीनगर –५ स्थित बालकल्याण माध्यमिक विद्यालयले ४८ औं स्थापना दिवस तथा सरस्वती पूजाको अवसर पारेर सम्मान कार्यक्रम आयोजना गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कनक बहादुर कार्कीको सभापतित्व तथा मेचीनगर – ५का वडाध्यक्ष योगेन्द्र थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यालयले २०७७ सालको वर्ष उत्कृष्ट शिक्षकको रुपमा विद्यालयका सहायक प्रधानाध्यापक धनराज पौडेल र […]

पूरा पढ्नुहोस्

 एसएस फुटवेयरमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा

मेचीनगर । मेचीनगर ६ स्थित काँकरभिट्टाको जुत्ता उद्योग एसएस फुटवेयरमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको छ । आज विहान १.३० वजे देखि लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको हो । मेचीनगर–६ का श्याम पिन्टुको जुत्ता उद्योगमा विद्युतसर्ट भई लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी सुनिलसिंह दाहालले बताए ।‘उद्योगभित्र […]

पूरा पढ्नुहोस्

गुराँस लाइफ इन्स्योरेन्सले दियो, राई परिवारलाई ६ लाख १७ हजार

पथरी १९ माघ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मंगलवार मृत्यु दावी भुक्तानीको रकम प्रदान गरेको छ । २०७८ साल कात्तिक ४ गते धरान नगरपालिका वडानम्बर १३ मा गएको पहिरोमा परी जीवन गुमाएका दुई बालकको परिवारलाई  कम्पनीले मृत्यु दावी भुक्तानीको रमक प्रदान गरेको हो । घरमा राती सुतिरहेको बेला आएको पहिरोले घरको आधाभाग बगउँदा दुवै बालकको […]

पूरा पढ्नुहोस्