मुख्य खबर

मेचीनगरले ५७ दशमलव ७ किलो मिटरमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्ने

लक्ष्मी उप्रेती मेचीनगर,९ भदौ । जंगली हत्तीले उपदो मचाउन थालेपछि मेचीनगर नगरपालिकाले जंगली हात्तीको उपद्रो नियन्त्रणका लागि ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्ने भएको छ । नगरपालिकाले मेचीनगरस्थित चारआली वन खण्डदेखि मागुरमाडी वन मुल खण्डसम्म ५७ दशमलव ७ किलोमिटर क्षेत्र ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्न लागेको हो । । हाललाई नगरभित्रका अधिकाँश सामुदायिक वनलाई […]

पूरा पढ्नुहोस्

नेपाली काँग्रेसको सदस्यता विवाद टुङ्गियो

झापा, ८ भदौै ।नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्गिएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाइएको छ । प्रधानमन्त्री एवं सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा क्रियाशील सदस्यताको बाँकी विवाद समाधानका लागि जिम्मेवारी तोकिएका नेताहरुका तर्फबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले […]

पूरा पढ्नुहोस्

पूर्वी नाकाबाट हुने नेपाली जडीबुटीको निर्यात घट्यो

लक्ष्मी उप्रेती काँँकरभिट्टा ८ भदौ । नेपाली जडीबुटीको पूर्वी काँकरभिट्टा नाकाबाट हुने निर्यात चारवर्षयतादेखि कम हुदैं गएको छ । क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४÷२०७५ देखि गत आर्थिक वर्ष २०७७÷२०७८ सम्मको अवधिमा हरेक वर्ष जडीबुटी निर्यात क्रमस ओरालो लाग्दैं गएको छ । नेपालका पूर्वी पहाडी जिल्लामा उत्पादित जडीबुटीहरुको माग पछिल्लो समय भारत र […]

पूरा पढ्नुहोस्

पत्रकार प्रसाईद्वारा आमाको स्मृतिमा पत्रकार उपचार कोषलाई सहयोग

बिर्तामोड,८ भदौै । नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति कोषाध्यक्ष रञ्जित प्रसाईले आफ्नी आमाको स्मृतिमा पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । प्रसाईंले आमा दमन्तादेवीको ११ औं वार्षिक पुण्य तिथिका दिन मंगलबार पत्रकार उपचार कोषका लागि महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीसहितको टोलीलाई उक्त रकम प्रदान गरेका हुन् […]

पूरा पढ्नुहोस्

नेपाली क्रिकेट टोली ओमान प्रस्थान

काठमाडौं,८ भदौ । आईसीसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गत त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी ९पीएनजी० सँग एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडिआई० खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान प्रस्थान गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय टोलीसँगै पदाधिकारीसहित २२ जना सलानम एअरबाट ओमान प्रस्थान गरेका हुन् । अहिले कोभिडले गर्दा टोलीमा केही खेलाडी बढाएर लगिएको […]

पूरा पढ्नुहोस्

अल्ट्रा म्याराथुन विश्व च्याम्पियन मिरा राई सम्मानित

कनकाई ÷ अल्ट्रा म्याराथुन विश्व च्याम्पियन मिरा राईलाई झापाको सुरुङ्गामा सम्मान गरिएको छ । भmापाको कनकाईका क्रियाशिल सामाजिक संघसंस्थाहरुले अल्ट्रा म्याराथुन विश्व च्याम्पियन मिरा राईलाई सुरुङ्गामा सम्मान गरेका हुन् । कनकाई खेलकुद प्रतिष्ठानको संयोजनमा सम्पन्न सम्मान कार्यक्रममा खेलकुद प्रतिष्ठानसहित कनकाई नगर खेलकुद विकास समिति, रोटरी क्लव अफ सुरुङ्गा, लायन्स क्लव अफ कनकाई सुरुङ्गा, सुरुङ्गा जेसीज, […]

पूरा पढ्नुहोस्

आज जनैपूर्णिमा र रक्षाबन्धन मनाइँदै 

काठमाडौं,६ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा ९ऋषि तर्पणी० पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो ९रक्षासूत्र० धारण गरेमा नकारात्मक […]

पूरा पढ्नुहोस्

चार लाख बराबरको रुद्राक्षका माला बरामद

धनगढी,४ भदौ । सशस्त्र प्रहरीले चार लाख बराबरको रुद्राक्षको माला कञ्चनपुरबाट बरामद गरेको छ । भन्सार छली गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट डोकेबजारले माला बरामद गरेको हो । दुई किलो बराबरका एक हजार आठ सय ६० वटा माला बरामद गरेर आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीलाई बुझाइएको सशस्त्र प्रहरी […]

पूरा पढ्नुहोस्

स्वतन्त्र पत्रकार संघ झापाको अध्यक्षमा ढकाल

बिर्तामोड ४ भदौ । स्वतन्त्र पत्रकार संघ झापाको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा नरेन्द्र ढकाल सर्वसम्मत चयन भएका छन् । समितिको उपाध्यक्षमा पुष्पा लिम्बू, सचिवमा चन्द्र बस्नेत र कोषाध्यक्षमा आयुष निरौला चयन भएका छन् । त्यस्तै सदस्यहरुमा तिर्थ तिम्सिना, सुरेश आले, कुमार थापा र गोपाल अधिकारी छन् ।थप सदस्यहरु समितिको आगामी बैठकले टुंगो लगाउने निर्णय भएको […]

पूरा पढ्नुहोस्

रेल्वे कम्पनीको महाप्रवन्धकमा निरन्जन झा नियुक्त

जनकपुरधाम,४ भदौ । शेरबहादुर देउवा नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलेको माधव नेपाल पक्षले धमाधम राजनीतिक नियुक्ति पाउन थालेको छ । नेपाल नेतृत्वको एमाले समाजवादीले बागमती प्रदेश प्रमुख पाएकै दिन नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पद पनि पाएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले समाजवादीका नेता निरञ्जन झालाई नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा […]

पूरा पढ्नुहोस्