मुख्य खबर
नयाँ प्रधानमन्त्रीको दावी गर्न राष्ट्रपतिले गरिन् आह्वान
झापा, ६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्रीको दावी प्रस्तुत गर्न आह्वान गरेकी छन् ।भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गरेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम प्रक्रिया अघि बढाएकी […]
पूरा पढ्नुहोस्
राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित
झापा,६जेठ। राष्ट्रियसभा सदस्यमा डा। खिमलाल देवकोटा विजयी भएका छन् ।निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै देवकोटा विजयी भएका हुन् । मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भए ।देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।
पूरा पढ्नुहोस्
जेठ १४ सम्म निषेधाज्ञा थपियो
झापा ६ जेठ । आगामी जेठ १४ गतेसम्मका लागि झापामा निषेधाज्ञा थपिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा आज भद्रपुरमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । आदेशमा हाल जारी निषेधाज्ञालाई अवधि लम्ब्याउने र अति आवश्यक कामबाहेक सर्वसाधारणलाई घर बाहिर ननिस्कन भनिएको छ । जिल्लामा कोरोना भाइरसको […]
पूरा पढ्नुहोस्निषेधाज्ञाभर कर नबुझाउँदा जरिवाना नलिन सर्वोच्चद्वारा अन्तरिम आदेश
काठमाडौं, ६ जेठ । सर्वोच्च अदालतले निषेधाज्ञा लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना असूल नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले निषेधाज्ञा खुलेपछि बाटाको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सकिने व्यवस्था गर्न सरकारका नाममा आदेश जारी गरेको हो । आदेशमा बाटाको म्यादबाहेक […]
पूरा पढ्नुहोस्
राष्ट्रियसभा सदस्यको उपनिर्वाचन आज हुँदै
काठमाडौं,६ जेठ । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन आज हुँदै छ ।बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने छ । निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता कायम रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । मतदाताको निर्वाचकमण्डलबाट पहिलो हुने […]
पूरा पढ्नुहोस्
झापामा २९६ संक्रमित, ७ को मृत्यु र ३९ जना डिस्चार्ज
मेचीनगर, ५ जेठ । झापामा बुधवार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २९६ जना संक्रमित थपिएका छन् । आज मृत्यु हुनेमा ७ जना छन् । जसमा भद्रपुर–२ का ३८ वर्षीय, ६ का ५८ वर्षीय र भद्रपुरको वडा नखुलेका ८४ वर्षीय पुरुष, दमक–५ का ७८ वर्षीय पुरुष, अर्जुनधारा–९ की ५५ वर्षीया महिला र १० का ६६ वर्षीय […]
पूरा पढ्नुहोस्
आइसोलेसन सेन्टरमा एक्स–रे मेसीन जडानको तयारी , संक्रमितका लागि घर घरमा औषधि पुर्याउदैं जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु
मेचीनगर ५ जेठ ÷ मेचीनगर नगरपालिकाले आफ्नो नगरभित्रका कोभिड १९ संक्रमितहरुलाई मध्यनजर गदैं नगरभित्र एक्स–रे मेसिन सञ्चालनको तयारी गरेको छ । कोरोनाको महामारीका बेला नगरपालिकाले सञ्चालनमा ल्याएको ३० वेड र होम आइसोलेसनमा रहेका संक्रमितमा निमोनिया छ कि छैन भनेर परीक्षण गर्न छातीमा संक्रमणको निदान गर्न एक्स–रे अनिवार्य भए पनि अहिले नगरमा एक्स–रे मेसिन नभएपछि धेरै […]
पूरा पढ्नुहोस्
नगरमा रहेका सञ्चार गृहको अवस्था बुझ्दै मेचीनगर प्रेस क्लब , सञ्चार गृहमै पुगेर मास्क वितरण
मेचीनगर,५जेठ । प्रेस क्लब मेचीनगरले बुधबार नगरभित्रबाट सञ्चालनमा आएका सवै सञ्चार माध्यम र सञ्चार गृहको हालको अवस्थाको बारेमा जानकारी लिएको छ । सञ्चारगृहमै पुगेर सम्पादक प्रकाशकहरुसँग भेटी कोभिड १९ को बखत सञ्चार माध्यम र सञ्चारकर्मीको अवस्थाका बारेमा जानकारी लिएको हो । अहिलेको विषम परिस्थितिमा नगरबाट प्रकाशनरप्रशारण हुने सञ्चारमाध्यमहरुको अवस्था दयनीय रहेकाले स्थानीय सरकार मेचीनगर प्रमुख […]
पूरा पढ्नुहोस्
झापामा आज ३०३ जना संक्रमित, ८ को मृत्यु
मेचीनगर, ४ जेठ । झापामा मंगलबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित ३०३ जना संक्रमित थपिएका छन् ।आज मृत्यु हुनेमा ८ जना छन् । मृत्यु हुनेमा भद्रपुर–४ र ६ का ७३ र ७१ वर्षीय पुरुष, बिर्तामोड–६ का ७९ वर्षीय पुरुष, बुद्वशान्ति–७ का ४३ वर्षीय पुरुष, दमक–५ र ८ का ३५ र ६५ वर्षीया महिला, मेचीनगर–७ का […]
पूरा पढ्नुहोस्
नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लाग्यो
काठमाडौँ,४जेठ । नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी आज प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा ९३४ वटामा० बी १६१७२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी १६१७१ भेरियन्ट पुष्टि भएको छ। परिवर्तित भाइरससहित हालसम्म नेपालमा तीन […]
पूरा पढ्नुहोस्