मुख्य खबर
काठमाडौं उपत्यकामा पुन १० दिन निषेधाज्ञा थप्ने तयारी
काठमाडौं,१९ जेठ । काठमाडौं उपत्यकामा जेठ २० गतेदेखि पुन १० दिन निषेधाज्ञा थप गर्ने तयारी भएको छ । त्यसका लागि बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा छन् । यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्याइएको छ । जेठ १३ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको छ […]
पूरा पढ्नुहोस्
दरबार हत्याकाण्डको २० औं वर्ष, घटना अझै रहस्य नै
झापा, १९ जेठ । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन । पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार […]
पूरा पढ्नुहोस्
बिर्तामोड नगर अस्पताललाई नेकपा एमालेले दियो ५० थान अक्सिजन सिलिण्डर
बिर्तामोड, १९ जेठ । नेकपा एमालेले विर्तामोड नगर कमिटीले बुधबार बिर्तामोड नगर अस्पताललाई ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । नेकपा एमाले प्रदेश १ का अध्यक्ष देवराव घिमिरेले सो सिलिण्डर बिर्तामोडका मेयर ध्रुब शिवाकोटी र उपमेयर पवित्रा महतरा प्रसाईलाई हस्तान्तरण गरेका हुन् । नेकपा एमाले बिर्तामोडका सचिव सुवास भट्टराईले अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गरिएको […]
पूरा पढ्नुहोस्
मेचीनगरका १६६ जनाले जिते कोरोनालाई
मेचीनगर, १८ जेठ । कोरोना संक्रमण तीब्र बन्दै जाँदा निकोभएर घर फर्कनेको संख्या पनि बढ्दै गएको छ । मेचीनगरमा हाल सम्म कोरोना जितेर घर फर्किनेको संख्या १६६ जना पुगेको छ। मेचीनगर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामनारायण यादवले नगरमा कोरोना भाइरसको संक्रमण निको भएर घर फर्किनेहरुको संख्या १६६ जना पुगेको बताए । धाइजनको आईसोलेसन सेन्टर, मेची […]
पूरा पढ्नुहोस्
चीनबाट अनुदानको खोप काठमाडौं आइपुग्यो
काठमाडौं,१८ जेठ । चीनबाट मंगलबार ८लाख डोज खोप नेपाल आएको छ । चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप काठमाडौं आइपुगेको हो । उक्त खोप नेपाल एयरलाइन्सको विमानबाट ल्याइएको थियो । एक साताअधि राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी जिनपिङ बीच खोपका बिषयमा छलफल भएको थियो । कुराकानीका क्रममा सँग अघिल्लो चीनका राष्ट्रपति सी […]
पूरा पढ्नुहोस्
मेचीनगरमा अव सातामा दुई दिनमात्र स्वाब संकलन गरिने, शुरु गर्यो नगरले एन्टिजेन परीक्षण
मेचीनगर, १८ जेठ÷ मेचीनगरमा कोभिड १९ को संक्रमण दर घट्दै गएपछि हप्तामा पीसीआर परीक्षणका लागि दुईदिनमात्र स्वाब संकलन गरिने भएको छ । यसैगरी, नगरपालिकाले आफ्नो तर्फबाट एन्टिजेन परीक्षणका लागि स्वाब संकलन कार्य शुरु गरेको छ । एन्टिजेन परीक्षणका लागि स्वाब पनि हप्ताको दुईदिन नै स्वाब संकलन गरिने छ । यसअघि दैनिकरुपमा नगरपालिकाकातर्फबाट पीसीआर परीक्षणका लागि […]
पूरा पढ्नुहोस्
नेपालमा ब्ल्याक फङ्गस भेटीयो, १२ जनामा संक्रमण पुष्टि
झापा, १७ जेठ । नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको भएका मानिसहरुमा ‘कालो ढुसी’को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म झन्डै एक दर्जन मानिसमा आँखा बिगार्ने ‘ब्ल्याक फङ्गस’को संक्रमण देखिएको मन्त्रालयले बताएको छ । वीरगञ्ज, नेपालगञ्ज र काठमाण्डौंका अस्पतालबाट कालो ढुसी संक्रमणको विवरण आएको स्वास्थ्य मन्त्रालयको प्रवक्त्ता डा। कृष्णप्रसाद पौडेलले बताए । […]
पूरा पढ्नुहोस्
झापामा २६५ संक्रमित, ६ को मृत्यु
मेचीनगर, १६ जेठ । झापामा आइतबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २६५ जना संक्रमित थपिएका छन् । आज मृत्यु हुनेमा ६ जना छन् । जसमा दमक–८ का ७१ वर्षीय पुरुष, बिर्तामोड–१ का ७७ वर्षीय पुरुष, मेचीनगर–१२ का ४२ वर्षीय पुरुष, बुद्वशान्ति–३ का ७७ वर्षीया महिला, अर्जुनधारा–९ का ५४ वर्षीया महिला र मेचीनगर–६ का ६६ वर्षीय […]
पूरा पढ्नुहोस्
अक्सिजन प्लान्टमा सहयोग गर्न मेची उद्योग वाणिज्य संघको अपिल
धुलाबारी,१६जेठ । आम्दा मेची अक्सिजन प्लान्ट जडान तथा अस्पताल स्तरोन्नति अभियानमा साथ दिन मेची उद्योग वाणिज्य संघले सबैसँग अपिल गरेको छ । संघले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर सबैसँग सहयोगको अपिल गरेको हो । संघले भरपर्दो र व्यवस्थित अस्पताल बनाएर मेचीनगरबासीलाई स्वास्थ्य सेवा प्रवाह गर्ने संकल्प लिएको जनाएको छ । मेचीनगर नगरपालिका, मेची उद्योग वाणिज्य […]
पूरा पढ्नुहोस्
रोट्रयाक क्लबले दियो मेचीनगरक्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री
मेचीनगर, १६जेठ ÷ रोट्रयाक क्लब अफ इटाभट्टा म्यूनिसिपलले नेपाल भारतसीमाक्षेत्रमा कार्यरत नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सुरक्षा सामग्री प्रदान गरेको छ । इलामको रोङ गाउँपालिकादेखि झापाको भद्रपुर नगरपालिकासँग सीमा जोडिएको मेचीनगरक्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरुलाई ती सामाग्री प्रदान गरिएको हो । रोट्रयाक क्लबले मेचीनगर—७ मा रहेको सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट सतिघट्टा, मेचीनगर—१५ मा रहेको […]
पूरा पढ्नुहोस्