मुख्य खबर

मेची मासु सहकारीको साधारण सभामा जेष्ठ सदस्य सहित चरा अभियान्ता खरेल सम्मानित

काँकरभिट्टा,२६ पुस । मेची मासु उत्पादक सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको सभाहलमा आयोजत कार्यक्रमको उद्घाटन् राष्ट्रिय सहकारी बैंक लेखा सुपरिवेक्षण समिति संयोजक लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए । प्रमुख अतिथि उप्रेतीले सदस्यहरुको जीवन स्तर उकास्न सहकारी उत्पादनसँग जोडिनुको विकल्प नभएको बताए । सदस्यहरुको जीवन […]

पूरा पढ्नुहोस्

सरकारले २७ पुसमा सार्वजनिक बिदा दिने

काठमाडौं, २५ । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो । सत्ता साझेदार दलहरुको […]

पूरा पढ्नुहोस्

इतिहास रच्दै झापा नेशनल, जिल्ला स्तरीय सांस्कृतिक नृत्यमा उपाधी चुम्यो

मेचीनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन)को आइतबार सम्पन्न जिल्ला स्तरीय नृत्य प्रतियोगितामा मेचीनगरको झापा नेशनल स्कूलले उपाधी हात पारेको छ । सांस्कृतिक नृत्य तर्फ सहभागि १४ विद्यालयलाई पछि पार्दै मेचीनगरको झापा नेशनल स्कुल प्रथम भएको हो । भद्रपुरको खेल मैदानमा आयोजित कार्यक्रमको उद्घाटन् जिल्ला प्रशासन कार्यालय झापाका साहयक प्रमुख जिल्ला अधिकारी रुद्र […]

पूरा पढ्नुहोस्

हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

झापा, नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेश नम्वर १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनी झापाबाट प्रदेशसभामा निर्वाचित सांसद हुन।् । प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा कार्की […]

पूरा पढ्नुहोस्

घटायो इन्धनको मूल्य

काठमाडौं,२४ पुस । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ । यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर […]

पूरा पढ्नुहोस्

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन)को जिल्ला स्तरीय गायत तथा नृत्य प्रतियोगिता सुरु

झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याव्सन)को आयोजनामा आजबाट दुईदिने जिल्ला स्तरीय सांस्कृतिक कार्यक्रम सुरु भएको छ । भद्रपुरको खेल मैदानमा आयोजित कार्यक्रमको उद्घाटन् जिल्ला प्रशासन कार्यालय झापाका साहयक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने गरेका थिए । कार्यक्रमको उद्घाटन् गर्दै प्रमुख अतिथि न्यौपानेले संगीत, खेल तथा संस्कृतिक कार्यक्रमले व्यक्तिको अन्तरनिहित प्रतिभा प्रस्फुटन हुने भएकोले […]

पूरा पढ्नुहोस्

बालबालिकालाई न्यानो कपडा(स्विटर) वितरण गर्दै रोटरी क्लव सुरुङ्गा

कनकाई,२४ पौष ÷ शितलहरसँगै बढ्दै गएको जाडोमा थोरै भएपनि राहत पुगोस् भन्ने उद्येश्यले रोटरी क्लव अफ सुरुङ्गाले ग्रामिण क्षेत्रमा रहेको एक विद्यालयमा न्यानो कपडा (सुइटर) वितरण गरेको छ । झापाको कनकाई नगरमा क्रियाशिल सामाजिक अभियन्ताहरुले नेतृत्व गरेको अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरी क्लवले कनकाईको वडा नं.५ चप्रामारीमा रहेको भगवती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीकालागि […]

पूरा पढ्नुहोस्

नगरप्रमुख बुढाथोकीद्वारा नगर क्षेत्रमा सञ्चालित विभिन्न विकास निर्माणका योजनाहरूको स्थलगत अनुगमन

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर क्षेत्रभित्र सञ्चालन भइरहेका विभिन्न विकास निर्माणका योजनाहरूको स्थलगत अनुगमनलाई तीब्रता दिएका छन् । यसै क्रममा आज नगर प्रमुख बुढाथोकीले मेचीनगर १ स्थित मेची नदिको डिल्ली गौडा दक्षिण आर्थिक बर्ष २०७९/०८० को करिब दुई करोड बढीको लागतमा ३५० मिटर निर्माण कार्य अगाडि बढाइएको जनताको तटबन्ध कार्यक्रमको स्थलगत अनुगमन […]

पूरा पढ्नुहोस्

काँकरभिट्टा खानेपानीको २७ औं साधारण सभामा सम्मान

डम्बर बराल काँकरभिट्टा । काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको २७ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । संस्थाको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले आम मेचीनगर वासीलाई स्वच्छ र शुद्व खानेपानी पुर्याउने अभियानमा मेचीनगरपालिका खानेपानी उपभोक्ता समितिसँग हातेमालो गर्दै अघिबढीरहेको बताए । मेचीनगरमा […]

पूरा पढ्नुहोस्

खेलाडी, प्रशिक्षक, पूर्व अध्यक्ष र कर्मचारी सम्मानित

झापा । गण्डकी प्रदेशको पोखरामा हालै सन्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बिभिन्न विद्यामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षकलाई बिहीबार झापामा सम्मान गरिएको छ । पोखरामा भएको प्रतियोगितामा झापाले २ स्वर्ण, ९ रजत र ६ कास्य पदक जितेको थियो । पुरस्कृत हुने खेलाडीहरुमा बक्सिङकी स्वर्णधारी त्रिसा जवेगू र आइटिएफ तक्वान्दोका रोशन मगर छन् ।त्यस्तै, रजत पदक […]

पूरा पढ्नुहोस्