मुख्य खबर

पार्टीमा बसेर गडबडी गर्ने छुट काङ्ग्रेसका कुनै पनि नेताकार्यकर्तालाई छैनः महामन्त्री शर्मा

मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा बसेर गडबडी गर्ने छुट काङ्ग्रेसका कुनै पनि नेताकार्यकर्तालाई नभएको बताएका छन् । धुलाबारीमा मंगलबार आयोजित अर्जुनदृष्टि अभियान कार्यक्रममा बोल्दै शर्मालेले सो कुरा बताएका हुन् । वैशाख ३० को जस्तो गडबडी मंसिर ४ माकसैले गरे त्यो ठिक नहुने उनले चेतावनीसमेत दिए ।” वैशाख ३० मा गडबडी गरेकै हो, […]

पूरा पढ्नुहोस्

साथीको हत्या गरेको आरोपमा तीन जना फक्राउ

झापा । तास खेलेको विषयमा हार जीत हुँदा आफ्नै साथीको हत्या गरेको आरोपमा झापा प्रहरीले तीन जनालाई पक्राउ गर्दै आज सार्वजनिक गरेको छ । अर्जुनधरा नगरपालिका ११ स्थित नयाँ बसपार्कमा २५ वर्षीय नबिन्द्र गुरुङको हत्या गरेको आरोपमा प्रहरीले महिला सहित तीन जनालाई पक्राउ गर्दै आज सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेका आरोपीहरुमा इलाम –१ […]

पूरा पढ्नुहोस्

झापा क्षेत्र नंं.४ मा दुई महिलासहित ४३ जनाको उम्मेद्वारी मनोनयन

कनकाई  । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा झापाको क्षेत्र नं.४ बाट दुई महिलासहित ४३ जनाको उम्मेद्वारी मनोनयन भएको छ । हालै राप्रपामा प्रवेश गरेकी महिला उम्मेद्वार खुश्वु ओलीले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्रबाट आफ्नो उम्मेद्वारी दर्ता गराएकी छन् । यस अघि देखि नै सोही पदकालागि आकांक्षी बनेकी ओलीलाई पार्टीले […]

पूरा पढ्नुहोस्

झापा–१ मा ३४ जना उम्मेद्वार

मेचीनगर, २३ असोज । झापा क्षेत्र नं। १ मा प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा ३४ जना उम्मेद्वारले मनोनयन पत्र दर्ता गराएका छन् । आइतबार सम्पन्न उम्मेद्वार मनोनयन दर्ता पत्रमा प्रतिनिधि सभा सदस्यमा १६, प्रदेश सभा सदस्य ‘क’ मा ६ जना र प्रदेश सभा सदस्य ‘ख’ मा १२ जना गरी जम्मा ३४ जनाले उम्मेद्वारी दर्ता गराएका […]

पूरा पढ्नुहोस्

निर्वाचनमा ७५ हजार सेना परिचालन हुने

काठमाडौं । आगामी मंसिर ४ मा हुने चुनावमा करिब ७५ हजार नेपाली सेना परिचालन हुने भएका छन्। निर्वाचनको एकीकृत सुरक्षा योजना अनुसार करिब ७५ हजार नेपाली सेना परिचालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। चुनावको मतपत्र छपाई भइरहेको जनाक शिक्षा सामग्री केन्द्रमा १४३ जना सैनिकको टोली खटिएको छ। मतपत्र ढुवानी लगायतका काममा नेपाली सेना परिचालन […]

पूरा पढ्नुहोस्

झापा १ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका खरेलले गरे उम्मेद्वारी दर्ता

मेचीनगर । एमाले स्थायी कमिटी सदस्य अग्नी खरेलले झापा निर्वाचन क्षेत्र नम्वर १ वाट उम्मेदवार मनोनयन दर्ता गराएका छन् । राप्रपासँग चुनावी गठबन्धन गरेको नेकपा एमालेले झापा  १ बाट प्रतिनिधि सभा सदस्यमा अग्नी गरेललाई  अघि सारेसँगै खरेलले आज उम्मेद्वारी दर्ता गराएका हुन् ।झापा १ बाट यस अघि रविन कोइरालाको नाम सर्वसम्मत रुपमा सिफारिस भएको थियो […]

पूरा पढ्नुहोस्

झापा १ मा महामन्त्री विश्वप्रकाशले गरे उम्मेद्वारी दर्ता

मेचीनगर । झापा क्षेत्र नं–१ मा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका महामन्त्री एवं युवा नेता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका छन् । नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेको प्रस्ताव र क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीको समर्थनमा शर्माले उम्मेद्वारी दर्ता गराएका हुन् । झापा १ मा तेस्रोपटक उम्मेदवार बनेका शर्माको प्रतिस्पर्धा एमाले उम्मेदवार अग्नि खरेलसँग […]

पूरा पढ्नुहोस्

आज कोजाग्रत पूर्णिमा, जागै बस्ने रात

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ। आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ। आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका […]

पूरा पढ्नुहोस्

भूसालले त्यागे एमाले, रुपन्देही १बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी

काठमाडौं, २२ असोज। नेकपा एमाले परित्याग गरेका घनश्याम भूसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । एमालेले प्रतिनिधिसभाको टिकट नदिएपछि भूसालले शनिबार दिउँसो पार्टी परित्यागको घोषणा गरेका हुन् । निकटवर्तीहरुका अनुसार भूसालले अब रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने छन् । सत्ता गठबन्धनका नेताहरुले भुसाललाई आफूहरुसँग मिलेर चुनाव लड्न प्रस्ताव गरेका छन् […]

पूरा पढ्नुहोस्

कनकाईमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

कनकाई,२१ असोज÷ झापाको कनकाईमा क्षेत्र नं.४ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कनकाई नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कनकाई नगरपालिकामा झापा क्षेत्र नं.४ को निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकोमा खुशी व्यक्त गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले […]

पूरा पढ्नुहोस्