राजनीति

जनताको पक्षमा संघर्षशील श्यामवीर

 मेचीनगर । संघर्षका पर्याय श्यामवीर लिम्बू पहिलो पटक संसदीय चुनावी मैदानमा उभिएका संघर्षशील पात्रका रुपमा परिचित छन् । गठबन्धन दलको तर्फबाट झापा क्षेत्र नं. १ (ख) मा साझा उम्मेद्वार बनेर आफूलाई उभ्याएका छन् । बुवा कर्णबहादुर लिम्बू र आमा बुद्धरानीको कोखबाट विसं २०४० सालमा जन्मिएका श्यामवीर बुद्धशान्ति–४, झापाका स्थानीय बासिन्दा हुन् । लामो समय माओवादी […]

पूरा पढ्नुहोस्

गठबन्धनको कोणसभा– चुनावदेखि विरोधी शक्तिहरु डराए

मेचीनगर । लोकतान्त्रिक बाम गठबन्धन दलहरुले झापा क्षेत्र नंं. १ को चुनावी प्रचार शैलीलाई परिवर्तन गरेका छन् । यसअघि मतदाताको घरदैलोमा पुगेका उम्मेद्वारहरुले मंगलबारबाट कोणसभामार्फत प्रचार अभियान सुरु गरेका हुन् । गठबन्धन दलहरुले उम्मेदवार उपस्थित गराएर मंगलबार एकैदिन तीन ठाउँमा कोणसभा गरेका छन् । गठबन्धनमा यसकारण मत दिने कारणसहित कोणसभा आयोजना गरिएको हो । झापा […]

पूरा पढ्नुहोस्

सपना बाँड्ने होइन, काम गर्छाै– शर्मा

मेचीनगर, २८ कात्तिक । झापा क्षेत्र नं. १ का उम्मेद्वार विश्वप्रकाश शर्माले जनताको एकमत पनि खेर नजाने गरी काम गर्ने विश्वास दिलाएका छन् । चुनावी घरदैलो अभियानका क्रममा सोमबार मेचीनगर–७ स्थित गोमनसरीमा आयोजित संक्षिप्त कोणसभालाई सम्बोधन गर्दै शर्माले जनताले ठूलोभन्दा पनि साना कुराको अपेक्षा गरेको बताए । ‘जनताले स–साना कुराहरु खोजिरहेका छन्,’ उनले भने, ‘त्यसैले […]

पूरा पढ्नुहोस्

नयाँ र सबल नेतृत्व गोपाल तामाङ

मेचीनगर । सामाजिक अभियन्ताका रुपमा फराकिलो परिचय स्थापित गरेका युवा गोपाल तामाङ झापा क्षेत्र नं १ ‘क’ प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका छन् । विभिन्न सामाजिक संघसंस्थाको सफल नेतृत्व गरेर यस भेगका नागरिकमाझ उँचो छवि बनाएका तामाङ आगामी मंसिर ४ मा हुन गइरहेको निर्वाचनको आशा र भरोसा गरिएका युवा उम्मेद्वार हुन् । प्रतिनिधि तथा प्रदेश […]

पूरा पढ्नुहोस्

निर्वाचनलाई गठबन्धनले उत्सवको रुपमा लिएको छ–शर्मा

मेचीनगर । झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्माले गठबन्धनको पक्षमा देशभर जनलहर बढीरहेको बताएका छन् । शनिवार मेचीनगर तथा बुद्धशान्तिका बिभिन्न वडामा मतदाता भेटघाटमा शर्माले आफूहरु जितको नजिक पुगेको बताएका हुन् । मेचीनगर ८ स्थित पालिया गंगा टोलमा आयोजित घरदैलो कार्यक्रम पछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै शर्माले निर्वाचनमा प्रतिष्पर्धा हुनु स्वाभाविक […]

पूरा पढ्नुहोस्

‘गठबन्धनको जित नै जनताको जित हो’

झापा, २५ कात्तिक । बाम लोकतान्त्रिक गठबन्धन झापा क्षेत्र नं. १ र क्षेत्र नं. ३ का प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेद्वारले मंसिर ४ गते जनताको जित हुने बताएका छन् । त्यसका लागि सम्पूर्ण जनताले गठबन्धनलाई विजयी गराउन आ–आफ्नो ठाउँबाट तलमाथि नगरी आफ्ना उम्मेद्वारलाई मतदान गर्न अपिल गरेका छन् । शुक्रवार चन्द्रगढीमा आयोजित गठबन्धनको संयुक्त […]

पूरा पढ्नुहोस्

पार्टी प्रवेशको लहरले गठबन्धनका उम्मेद्वार थप उत्साही

काँकरभिट्टा, २२ कात्तिक । झापा क्षेत्र नं. १ मा एमाले पार्टीमा सक्रिय नेता तथा कार्यकर्ता काँग्रेस पार्टीमा प्रवेश गर्ने लहर जारी छ । गठबन्धनका उम्मेद्वारलाई जिताउन एमाले पार्टी परित्याग गरेको उनीहरु बताउँछन् । सोमबार मेचीनगर–२ मा एमालेका सयौँ नेता तथा कार्यकर्ता काँग्रेस पार्टीमा प्रवेश गरेका थिए भने मंगलवार (आज) मेचीनगर–६ काँकरभिट्टामा ५० जना एमालेका सक्रिय […]

पूरा पढ्नुहोस्

जोगी गाउँका स्थानीय भन्छन्– विश्वप्रकाशले पानी दिए, अब भोट दिन्छौं

झापा, २२ कात्तिक । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै जाँदा त्यति नै धेरै उम्मेदवार मतदाताको घर–घरमा पुगेर बुढापाकाको आशिर्वाद तथा युवाको साथ अनि सहयोगसँगै भोट माग्न व्यस्त छन् । झापा क्षेत्र नं १ मा गठबन्धन दलका तर्फबाट उम्मेदवार बनेका विश्वप्रकाश शर्मा र प्रदेश ‘ख’ का उम्मेद्वार श्यामविर […]

पूरा पढ्नुहोस्

उम्मेदवारलाई सुकुमबासीले सोधे – हाम्रो लालपूर्जा कहिले आउँछ ?

मेचीनगर, २१ कात्तिक । मेचीनगर–८ स्थित समावेशी सुकुमबासी टोलका भूमिहिन जनताले उम्मेदवारलाई अहिलेसम्म लालपूर्जा नपाएकोमा गुनासो पोखेका थिए । सोमबार नेकपा एमाले र राप्रपा मेचीनगर–८ ले आयोजना गरेको संयुक्त चुनावी घरदैलो कार्यक्रममा हिडेका उम्मेदवारहरुलाई समावेशी सुकुमबासी टोलका जनताले लालपूर्जा नपाएकोमा गुनासो पोखेका हुन् । झापा–१ का प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार रविन कोइराला र […]

पूरा पढ्नुहोस्

आफ्नो ठाउँको विकासको लागि सबै पार्टी र मतदाताको मत आवश्यकछ : शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशको समृद्धिको खाका आफैले कोरेकोले अव आफ्नो ठाउँको विकासको लागि सबै पार्टी र मतदाताको मत आवश्यक रहेको बताएका छन् । झापा– १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका शर्माले सोमबार मेचीनगर  – २ स्थित दीपज्योति टोलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । पार्टीमा युवाले […]

पूरा पढ्नुहोस्