राजनीति

स्पष्टीकरण सोधेकै भरमा दलका नेताहरूले कोलाहाल मच्चाएर चिच्याउन आवश्यक छैन : आयुक्त भण्डारी

गण्डकी । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता पालना गर्ने र गराउने सम्बन्धमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । गण्डकी प्रदेशस्तरीय मिडिया अभिमूखीकरणको आज पोखरामा उद्घाटन गर्दै आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितव्ययीरूपमा सम्पन्न गर्न मिडियाको सहयोग रहँदै आएकोले आशन्न निर्वाचनमा पनि यो सहयोग रहने विश्वास व्यक्त गर्नुभयो […]

पूरा पढ्नुहोस्

‘कानले सुन्दा आनन्द हुने विकास होइन, हामी आँखाले देख्ने गरीको विकास गरेर देखाउने छौँ ’

मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का उम्मेद्वार विश्वप्रकाश शर्माले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुलाई जिताएर विकासको अनुभूति दिलाउने बताएका छन् । मेचीनगर–७ को इटाभट्टामा शनिबार संयुक्त चुनाव प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्दै शर्माले भने, ‘कानले सुन्दा आनन्द हुने विकास होइन, हामी आँखाले देख्ने गरीको विकास गरेर देखाउने छौँ ।’ नेता […]

पूरा पढ्नुहोस्

देश बचाउन मेरो उम्मेदवारी– मुकुन्द दाहाल

मेचीनगर । नेपालका लागि नेपाली पार्टीका तर्फबाट झापा क्षेत्र नम्बर– १ का प्रतिनिधि सभाका उम्मेदवार मुकुन्द दाहालले देशको राष्ट्रियता बचाउनका निमित्त चुनावी मैदानमा उत्रिएको बताएका छन् । शनिवार धुलाबारीस्थित होटल रोयल निर्भानमा पत्रकार सम्मेलन आयोजना गरेर उनले योजना र कार्यक्षमता नभएका असक्षम पार्टीका नेताहरुबाट मुलुकको रक्षा हुन नसक्ने जिकिर गरे । उनले राज्य सञ्चालन गर्ने […]

पूरा पढ्नुहोस्

विकासका अपूरा योजनाहरु हामी पुरा गर्छौ : गोपाल तामाङ

काँकरभिट्टा । लोकतान्त्रिक–बाम संयुक्त गठबन्धन झापा क्षेत्र नं १ ‘क’ का उम्मेद्वारले शुक्रवार मेचीनगर–८ का मतदातासँग भेटघाट गरेका छन् । सो क्रममा मतदाताले प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङ, समानुपातिक उम्मेद्वार बालजीत राईसमक्ष विकासका अपूरा योजनाहरु बारे जानकारी गराए । दुवै उम्मेद्वारले ती योजनालाई पूरा गर्न आफूहरुलाई जिताएर पठाउन आग्रह गरे । मेचीनगर–८ को नमूना […]

पूरा पढ्नुहोस्

अब राजनीतिक रुपान्तरण जरुरी छ : शर्मा

मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का उम्मेद्वार विश्वप्रकाश शर्माले राजनीतिमा रुपान्तरण जरुरी भएको बताएका छन् । विहीबार मेचीनगर–६ को काँकरभिट्टास्थित भट्टराई चोकमा लोकतान्त्रिक गठबन्धनको संयुक्त सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले राजनीतिक भित्र भएको अन्यायविरुद्ध रुपान्तरण आवश्यक रहेको बताएका हुन् । ‘हिजो व्यवस्था परिवर्तन गर्न पठाएका व्यक्ति पार्टीभित्रै अन्यायमा […]

पूरा पढ्नुहोस्

भोटहाल्ने कुरामा बैमान नगर्न ओली र लिङदेनले कार्यकर्तालाई दिए निर्देशन

मेचीनगर, २ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हलोमा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सूर्य चिन्हमा भोट हाल्न कार्यकर्तालाई निर्देशन दिएका छन् । बुधबार मेचीनगर–१०, धुलाबारी स्थित पासाङ ल्याहमु स्मृति प्रतिष्ठान ९टाउन हल० मा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले आफ्ना कार्यकर्तालाई हलोमा र राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना कार्यकर्तालाई सूर्य चिन्हमा […]

पूरा पढ्नुहोस्

‘एमालेले समृद्धिको नारा मात्र बनायो,’ त्यसलाई हामी कार्यान्वयनमा लैजान्छौँ : शर्मा

मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का उम्मेद्वार विश्वप्रकाश शर्माले यस पटक आफ्नो जित सुनिश्चिित भएको दावी गरेका छन् । आफूलाई जिताउन जनताले दिएको मत र त्यो विश्वासलाई खेर जान नदिने प्रण समेत गरे । ‘एमालेले समृद्धिको नारा मात्र बनायो,’ उनले भने, ‘हामी योजना बनाएर त्यसलाई कार्यान्वयनमा लैजान्छौँ ।’ चुनावी अभियानका […]

पूरा पढ्नुहोस्

घरदैलो अभियानलाई तीब्र पार्दै गठबन्धनका उम्मेद्वार

मेचीनगर । झापा निर्वाचन क्षेत्र नं १ ‘क’ अन्तर्गत संयुक्त गठबन्धनका उम्मेद्वारहरुले घरदैलो अभियानलाई तीब्र बनाउँदै लगेका छन् । सोमबार उम्मेद्वारहरुले साविक बाहुनडाँगी तथा काँकरभिट्टाका विभिन्न टोलमा रहेका मतदातालाई प्रत्यक्ष भेटेका छन् । क्षेत्र १ ‘क’ का प्रदेश सभाका उम्मेद्वार गोपाल तामाङ, समानुपातिक तर्फका उम्मेद्वार बालजीत राईसहितको संयुक्त गठबन्धन टोलीले मतदाताका समस्या र गुनासा घरदैलोमै […]

पूरा पढ्नुहोस्

एमालेविरुद्ध गतिविधि गर्ने सचिवालय सदस्यदेखि पूर्व नगरप्रमुखसम्म कारवाहीमा

विर्तामोड २७ असोज  । आगामी मंसिर ४ मा हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा पार्टीको निर्णय विरुद्घ स्वतन्त्र तथा अन्य दलको चुनाव चिन्हमा उम्मेदवारी घोषणा गरेका एमाले जिल्ला तहका नेता कार्यकर्तालाई पार्टीले कारवाही शुरु गरेको छ । नेकपा एमाले जिल्ला कमिटी झापाले विहीबार विज्ञप्ती जारी गदैं पार्टी विरोधी गतिविधि गर्ने पार्टी निर्णयको पक्षमा दृढताका साथ […]

पूरा पढ्नुहोस्

उम्मेदवार तथा राजनीतिक दलले गरेको खर्च तथा आचारसंहिता पालना भए नभएको अनुगमन प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागले गर्ने

झापा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित बनाउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा थप कडाइ गर्दे लगेको छ । आयोगले उम्मेदवार तथा राजनीतिक दलले गरेको खर्च तथा आचारसंहिता पालना भए नभएको अनुगमन गर्न प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागलाई जिम्मेवारी दिने निर्णय गरेको […]

पूरा पढ्नुहोस्