स्थानीय खबर

त्रिदेव प्राध्यापक संघको सभापतिमा सावित्रा दाहाल

चारआली, २६ माघ । त्रिदेव बहुमुखी क्याम्पसको प्राध्यापक संघ इकाई समितिको सभापतिमा सावित्रा दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ । बुधबार भएको प्राध्यापकहरुको भेलाले नयाँ नेतृत्व चयन गरेको हो । समितिको सचिवमा विवेक उप्रेती, कोषाध्यक्षमा केशव भुर्तेल र सदस्यमा तारा सेडाई, रोहित बरा, रुपा पौडेल र इन्द्र उपाध्याय रहनु भएको छ । सभापतिमा निर्वाचित दाहाल नारी […]

पूरा पढ्नुहोस्

काँकरभिट्टा माविका पूर्व विद्यार्थीहरु संगठित, अध्यक्षमा पराजुली

मेचीनगर, २६माघ । एसएलसी व्याच २०५० केभिटी मावि समितिको अध्यक्षमा पूर्व विद्यार्थी राजकुमार पराजुली सर्वसम्मत चयन भएका छन् । काँकरभिट्टा मावि २०५० सालका एसएलसी व्याचका पूर्व विद्यार्थीहरु मेचीनगरमा संगठित भएका हुन् । बुधबार  पतालगंगा धार्मिक तथा पर्यटकीय स्थलमा आयोजना गरिएको वनभोज कार्यक्रममा काँकरभिट्टा माविको सहयोगी संस्था गठन गरेको हो । विद्यालयको समग्र विकास, अक्षयकोष स्थापना […]

पूरा पढ्नुहोस्

“तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिताको उपाधि धरान भेट्रान फुटबल क्लबलाई

मेचीनगर । झापाको धुलाबारीमा जारी “तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता २०७९” को उपाधि धरान भेट्रान फुटबल क्लब सुनसरीले जितेको छ । बुधबार भएको फाइनल खेलमा धरमपुर भेट्रान फुटबल क्लब झापालाई ३(० गोल अन्तरले पराजित गर्दै धरान भेट्रानले उपाधि चुमेको हो । योसंगै विजेता टिम धरान भेट्रानले नगद ५० हजार प्राप्त गर्दा उपविजेता बनेको धरमपुरले […]

पूरा पढ्नुहोस्

काँकरभिट्टा बहुमुखी क्याम्पसमा निःशुल्क आँखा शिविर, ३११ जनाले लिए सेवा

काँकरभिट्टा । ’आफ्नो आँखाको रक्षा गर’ भन्ने मुल नाराका साथ अनेरास्ववियू काँकरभिट्टा बहुमुखी क्याम्पसले १ दिने निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । काँकरभिट्टा आई केयर सेन्टरको प्राविधिक सहयोगमा आयोजित शिविरमा ३११ जनाले आँखा जाँच गराएका थिए जसमध्ये ३५ जनाको आँखा सम्बन्धी रोगको पहिचान भएको र उक्त बिरामीको शल्यक्रिया गर्नुपर्ने काँकरभिट्टा आई केयर सेन्टरका प्रावधिक […]

पूरा पढ्नुहोस्

“प्रथम भद्रपुर झापा गोल्डकप” फागुन ७ गतेदेखि, मुख्य प्रायोजकमा चौधरी ग्रुपको मुस्ताङ रहने

झापा । करिब दुई दशकपछि झापाको भद्रपुरमा हुन लागेको अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता पहिलो संस्करण “भद्रपुर झापा गोल्डकप”को मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा चौधरी ग्रुप रहने भएको छ । भद्रपुर झापा गोल्डकप २०७९ र चौधरी ग्रुपको उत्पादन मुस्ताङबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता हस्ताक्षर भएको छ । अब ‘मुस्ताङ भद्रपुर झापा […]

पूरा पढ्नुहोस्

रोटरी क्लब अफ मेचीनगरको आयोजनामा दुई दिवशीय छात्र भलिबल प्रतियोगिता सुरू

मेचीनगर । रोटरी क्लब अफ मेचीनगरको आयोजनामा दुई दिवशीय अन्तर मावि छात्र भलिबल प्रतियोगिता (यू(२०) बुधबारदेखि सुरू भएको छ । प्रतियोगिताको उद्घाटन रोटरी क्लब अफ मेचीनगरका संस्थापक अध्यक्ष तथा मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष किशोर क्षेत्री (कपिल) ले गरेका थिए । मेचीनगर–१०  स्थित हिमायन इङ्गलिस एकाडेमीको प्राङ्गणमा सञ्चालन भएको प्रतियोगितामा नगरका १२ वटा विद्यालयका विद्यार्थीहरूको […]

पूरा पढ्नुहोस्

मेचीनगरको बौद्धमोडलाई देशकै कृत्रिम हातखुट्टा वितरणको हब बनाइने

मेचीनगर, २५ माघ । मेचीनगर–२ स्थित ब्रमाण्ड अपांग र महिला बचत तथा ऋण सहकारी संस्थाले गत माघ २१ गते बौद्धमोडमा आयोजित कृत्रिम हातखुट्टा नाप शिविरको आयव्यव विवरण सार्वजनिक गरेको छ । आयोजकले बुधबार सहकारी संस्थाको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरेर आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको हो । सहकारी संस्थाका अध्यक्ष सचिन निरौलाको सभापतित्व तथा […]

पूरा पढ्नुहोस्

‘निर्माण लहर’ आजदेखि बाह्रौं वर्षमा

भद्रपुर, २४ माघ । निर्माण लहर साप्ताहिक आजदेखि १२ औं वर्षमा प्रवेश गरेको छ । २०६८ माघ २४ गतेदेखि भद्रपुरबाट सुरु भएको निर्माणलहर आर्थिक पत्रिका हो । निर्माण लहरका प्रकाशक तथा सम्पादक रोहित काफ्लेले आर्थिक विषयवस्तुलाई प्राथमिकता दिएर अलग धारको पत्रिका निकाल्नु निकै चुनौतिपूर्ण रहेको जनाउँदै यसलाई निरन्तरता दिन सहयोगी भावना राख्नुहुने सम्पूर्ण पाठक, विज्ञापनदाता, […]

पूरा पढ्नुहोस्

मेचे समुदायले मनाए ६६औं बाथौ शिव धरम माघी पूर्णीमा पर्व

झापा । मेचीनगर नगरपालिकामा मेचे समुदायले ६६औं बाथौ शिव धरम माघी पूर्णीमा पर्व पूजा आरधानासहित विविध कार्यक्रम गरी भव्यरूपमा मनाएका छन् । नेपालको लोपोन्मुख जातीको सुचिमा रहेको मेचे जातीले माघी पूर्णीमाको अवसर पारेर शनिबार र आइतबार दुईदिन माघी पूर्णीमा पर्व मनाएको हो । नेपालको ७७ जिल्ला मध्ये झापामा मात्रै बसोबास रहेको लोपोन्मुख जाती मेचे समुदायले […]

पूरा पढ्नुहोस्

मेची उद्योग वाणिज्य संघको अध्यक्षमा खेमराज प्रसाई बिजयी

मेचीनगर । मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धि मोहन निरौलालाई १६४ मतको अन्तरले पराजित गरेका हुन् । प्रसाईले ७३२ मत ल्याउँदा उनका प्रतिस्पर्धि निरौलाले ५६८ मत मात्र प्राप्त गरेका थिए । यसैगरी, वरिष्ठ उपाध्यक्षमा कपिल क्षेत्री (किशोर) निर्वाचित भएका छन् । उनले ५१६ मत ल्याए । […]

पूरा पढ्नुहोस्