स्थानीय खबर
भीम खवासको नबिर्सेका दिनहरु लोकार्पण
मेचीनगर, ८ जेठ । नेकपा एमालेका केन्द्रीय सल्लाहकार एवम् बौद्धिक व्यक्तित्व भीम खवासको संस्मरणात्मक कृति ‘नबिर्सेका दिनहरु’ आज लोकार्पण भएको छ । उनले बाल्यकाल, शिक्षककाल, राजनीतिक संघर्षकाल र अन्य सामाजिक कालखण्डमा भोगेका अनुभूति किताबमा जस्ताको तस्तै अभिब्यक्त गरेका छन् । वरिष्ठ साहित्यकार कोमलप्रसाद खरेलले रोयल निर्वाण लजको सभाकक्षमा आयोजित एक कार्यक्रममा कृतिको लोकर्पण गरे । […]
पूरा पढ्नुहोस्
मेचीनगरका ४, ५, ११ र १२ नम्बर वडामा पनि एमालेको प्यानलै विजयी
मेचीनगर, ७ जेठ । मेचीनगर नगरपालिकाका वडा नम्बर ४, ५, ११ र १२ नम्बर वडामा नेकपा एमाले विजयी बनेको छ । वडा नम्बर ४ मा अत्याधिक मतले अर्जुनकुमार कार्कीको प्यानलै विजयी बनेको हो । वडा सदस्यहरुमा एमालेकै नुरबहादुर कार्की, पवन बराइली, गीता मगर लुडगेली , र धनमाया कोइराला निर्वाचित भएका छन् । मेचीनगर ५ मा […]
पूरा पढ्नुहोस्
ओलीको गृह नगरमा राप्रपाका मेयर र कांग्रेसका उपमेयर निर्वाचित
मेचीनगर, ६ जेठ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर रहेको दमक नगरपालिकामा गठबन्धनका उम्मेद्वार राम थापा निर्वाचित भएका छन् । राप्रपाका थापाले नेकपा एमालेकी केन्द्रिय सदस्य तथा निर्वतमान उपमेयर गीता अधिकारीलाई हराउँदै नगरप्रमुखमा विजय हासिल गरेका हुन् । दमकको मेयरमा निर्वाचित राप्रपाका राम थापा र उपमेयरमा निर्वाचित कांग्रेसकी रेगिना […]
पूरा पढ्नुहोस्
मेचीनगर–१३ मा एमालेको प्यानलै विजयी
मेचीनगर, ६ जेठ । मेचीनगरको वडा नम्बर १३ मा पाँच दलीय गठबन्धनलाई पछि पार्दै वडाको ५ वटै पदमा नेकपा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् । मेचीनगर १३ को वडाध्यक्षमा कृष्णराज सिग्देल, खुला महिला सदस्यमा तुलसा काफ्ले बराल९१३०६०, दलित महिला सदस्यमा रीता परियार९१४०५०, खुला सदस्यतर्फ रविन्द्र न्यौपाने ९१२९४० र ऋषिराज राजबंशी ९११५५० मत ल्याएर निर्वाचित भएका […]
पूरा पढ्नुहोस्
बिर्तामोड नगरपालिकाको प्रमुखमा एमालेका पवित्रा महतारा (प्रसाई) र उप्रमुखमा नगेन्द्र संग्रौला विजयी
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेद्वार विजयी भएका छन् । नगर प्रमुखमा पवित्रा महतारा (प्रसाई) विजयी भएकी छन् । उपमेयरमा एमालेकै नगेन्द्र संग्रौला निर्वाचित भएका हुन् । शुक्रबार सम्पन्न मतगणनामा बिर्तामोडको मेयरमा निर्वाचित महताराले कांग्रेसका भोजराज सिटौलालाई ३ हजार ७ सय ५८ मतान्तरले पराजित गरिन् । प्रसाईले १६ हजार ५ सय […]
पूरा पढ्नुहोस्
बुद्धशान्ति अध्यक्षमा कांग्रेसका प्रसाई र उपाध्यक्षमा एमालेका खतिवडा बिजयी
बुद्धशान्ति, ६ जेठ । बुद्धशान्ति गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मनोज प्रसाई अध्यक्षमा बिजयी भएका छन् । उनले ११,४०३ मत प्राप्त गरेका छन् । अध्यक्षमा नेकपा एमालेकी मीरा भूर्तेल पराजित भएकी छन् । भूर्तेलले ८,३०२ मत ल्याएकी छन् । उपाध्यक्ष पदमा भने नेकपा एमालेले जितेको छ । एमालेका भवानी खतिवडा ८,०७४ मत ल्याएर बिजयी भएका […]
पूरा पढ्नुहोस्
काँकरभिट्टामा सिटी लिग यु–१४ फुटबल प्रतियोगिता हुने
मेचीनगर, ५ जेठ । काँकरभिट्टामा सिटी लिग यु–१४ फुटबल प्रतियोगिता हुने भएको छ । आगामी जेठ १४ गतेदेखि काँकरभिट्टा माविको खेल मैदानमा अक्सन मार्फत पहिलो पटक खेलाडी छनोट गरेर सिटी लिग यु–१४ फुटबल प्रतियोगिता हुने भएको हो । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा हुने सो प्रतियोगितामा ४ वटा टिमले सहभागिता जनाउने बताइएको छ । ‘खेलाडीहरुलाई […]
पूरा पढ्नुहोस्
मेचीनगर १५ मा गठबन्धनका राजन भट्टराई विजयी
मेचीनगर । मेचीनगर १५ मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका गुणराज भट्टराई राजन) अध्यक्षमा विजयी भएका छन् । यस अघि पनि वडाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पुरा गरेका भट्टराईले एमालेका उम्मेद्वार मुरलीधर कोइरालालाई ३५१ मतको फराकिलो अन्तरले पछि पारेका हुन् । भट्टराईले १५३५ मत ल्याएका छन् भने एमालेले ११८४ मत प्राप्त गरेको छ ।
पूरा पढ्नुहोस्
मेचीनगर ३ मा एमालेको प्यानलै विजयी
मेचीनगर, ४ जेठ । मेचीनगरको वडा नम्बर ३ मा पाँच दलीय गठबन्धनलाई पछि पार्दै वडाको ५ वटै पदमा नेकपा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् । मेचीनगर ३ को वडाध्यक्षमा हकृबहादुर वस्नेत, खुला महिला सदस्यमा गीता पोखरेल, दलित महिला सदस्यमा फुलमाया रोक्का, खुला सदस्यतर्फ किशोर भट्टराई र ख्याम सावाँ निर्वाचित भएका हुन् । यसअघि एमालेले मेचीनगर–१ […]
पूरा पढ्नुहोस्
मेचीनगर–२ मा एमाले बिजयी
मेचीनगर, ५ जेठ । मेचीनगरको वडा नं २ को वडा अध्यक्षमा नेकपा एमालेका दिपक बराल बिजयी बनेका छन् । सो वडामा गठबन्धनको तर्फबाट नेकपा माओबादी केन्द्रका गोपीकृष्ण रिजाल निकटतम् प्रतिष्पर्धी भएका छन् । नेकपा एमालेबाट बागी बनेका उम्मेद्वार तिलक न्यौपाने र मंगोल नेसनल अर्गनाइजेसनले समेत यस वडामा उल्लेख्य मत प्राप्त गरेका छन् ।
पूरा पढ्नुहोस्